logo

पल्सर अवार्डलाई सहप्रायोजक घोराही सिमेन्टको दुई लाख सहयोग

काठमाण्डौं, वैशाख ३१
नेपाल खेलकूद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको चर्चित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई यो वर्ष घोराही सिमेन्ट इन्डस्ट्री प्रालिले सहप्रायोजन गर्ने भएको छ । मञ्चले कम्पनीको उत्पादन सगरमाथा सिमेन्टसँग सहप्रायोजनको लागि आइतबार सम्झौता भएको हो । यो सम्झौता एक वर्षको लागि हुने मञ्चले जनाएको छ । सम्झौताअनुसार कम्पनीले मञ्चलाई दुई लाख रुपैयाँ दिनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७५ जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिनेछ । २०७४ मा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई यो अवार्डका विभिन्न विधामा पुरस्कृत गरिने मञ्चले जनाएको छ ।
यो वर्ष पनि विभिन्न आठ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि पाँच खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालबाट अवार्ड सुरु गरेको थियो । महाभूकम्पको कारण २०७२ सालमा खेल क्षेत्रका उत्कृष्टहरूलाई सम्मान गर्न सम्भव नभए पनि अन्य वर्ष निरन्तर चलिरहेको छ । यसअघि नै पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रुपमा मञ्चले हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग आठौं वर्ष सहकार्य गरिसकेको छ । त्यस्तै अन्य प्रायोजकहरूमा डिस मिडिया नेटवर्क लिमिटेड, सूर्य नेपाल प्रालि, आईएमएसई प्रालि, आईएमएसई हाउजिङ, रुस्लान, टीएचटी लाइभ, घोराही सिमेन्ट इन्डष्ट्री, साहस स्पोर्ट्स, एभिन्युज टेलिभिजन, राष्ट्रिय खेलकूद परिषद, नेपाल ओलम्पिक कमिटी रहेका छन् । मञ्चले सह–प्रायोजक र सहयोगीका रुपमा आबद्ध हुने सबै संस्थाप्रति आभार व्यक्त गरेको जनाएको छ । यसबर्षको पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा खेलाडी, प्रशिक्षकसहित समग्र रुपमा नेपाली खेलकुदलाई नै सम्मानित गरिने जनाइएको छ ।
विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित अन्य उपहार दिइनेछ । मञ्चको खेलाडी छनोट समितिले केही दिनमा अन्य चार विधामा मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्नेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सर्वाधिक धन राशिको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’

विश्वकप २०१८ नजिकिएसँगै सर्वत्र फुटबलको चर्चा सुरु भएको छ । सबै साथीभाइ र परिवार बसेर विश्वकप फुटबललाई...

२०१८ विश्वकप फुटबलको लागि ‘कोका–कोला एन्थम’ सार्वजनिक

फिफा विश्वकप २०१८को लागि कोका–कोलाले आफ्नो कोका–कोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै