logo

बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी

तुलसीपुर, दाङ, वैशाख ३०
कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजारौं किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका हुन् । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सयौं किसानले व्यक्तिगत रुपमा र अन्यले २०० वटा समूह बनाएर अहिले बगरमा सामूहिक तरकारीखेती गरिरहेका छन् ।
राप्ती नदी आसपासका एक नगरपालिका र दुई वटा गाउँपालिकामा रहेका दुई हजार किसानले बगरखेतीबाटै एक मौसममा एकजनाले रु ८० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्न सफल भएको बगरमा तरकारीखेती गरिरहेकी लमही नगरपालिका बलरामपुरकी प्रमिला चौधरीले बताइन् । उनका अनुसार नदीले कटान गरेर बगर बनाएको एक सय हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यतिबेला राम्रो कमाइ गरिरहेका छन् ।विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको छ ।
किसान नन्दु चौधरीले आठ वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, फर्सी, करेला, परवर, गाजर, खरभुजाको व्यावसायिकखेती गरेको जानकारी दिए । उनका अनुसार अहिले एक दिनमै प्रतिकिसानले ७० देखि ८० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्न गरेका छन् । अहिले यहाँ उत्पादन भएको तरकारी जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ नारायणपुरलगायतका बजारका साथै बुटवल, नेपालगञ्जमा समेत पुग्ने गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै