logo

अर्थमन्त्रीज्यू, तपार्इंकै अगाडि भ्रष्टाचार हुँदा किन चुप ?

रोशन कार्की
जब सरकार परिवर्तन हुन्छ, त्यसको फाइदा भ्रष्टाचार र तस्करहरुलाई हुने गरेको छ । आम उपभोक्ता र जनतालाई सास्ती भोग्दै आएको छ । सत्तामा पुग्ने जो कोहीले पनि कुर्सीमा बस्ने बित्तिकै भन्ने गर्दछन् अब देशमा आर्थिक क्रान्तिको विकल्प छैन । विद्यमान ऐन कानुनविपरीत कार्य गर्नेलाई तत्काल कारबाही गरिनेछ र राजस्व चुहावट छली र ठगी कार्यलाई नियन्त्रण गरिनेछ । तर यो मात्र व्यवसायी व्यापारीसँग रकम असुली गर्ने अस्त्र मात्र रहेको पछिल्ला घटनाबाट प्रस्ट भएको छ ।
बजारमा प्रत्यक्ष जनतासँग सरोकार राख्नेदेखि बिलासिता वस्तुको बिक्रीमा ५० गुणाभन्दा बढी नाफा खाएर बिक्री वितरण भएको बारे पटक–पटक समाचार प्रकाशित गर्दासमेत सम्बन्धित निकायका प्रमुखको कानमा न यस विषयमा जानकारी भयो न पत्रिकामा छापिएको समाचारले कुनै असर ग¥यो नै । उल्टो सोही समाचार देखाएर अर्थमन्त्रालय, आपूर्ति मन्त्रालयदेखि अन्यलाई रकमको बार्गेनिङका लागि माध्यम भयो ।
हात्तीका दुई वटा दाँत भनेझंै सरकार सञ्चालकका पनि दुई वटा दाँत रहेको पाइएको छ । सत्तामा पुग्नासाथ अर्थमन्त्री डा. युवराज खतिवडाको हुँकार थियो, ‘अब भ्रष्टाचारी, कालाबजारी, तस्करलाई कारबाही गरिन्छ, उपभोक्ताहरुले सहज रुपमा सामानको खरिद गर्न पाउने छन् ।’ तर, सो भनेको भोलि पल्टदेखि कालाबजारी र भ्रष्टाचारका साथै ठगीमा वृद्धि हुँदै गयो । तर, पनि कारबाही गर्ने आँट अर्थमन्त्री डा. खतिवडासँग छैन । तर, पनि भाषणमा भने गर्दैछन् भ्रष्टाचारी, ठगी, तस्करी र तस्करमाथि कारबाही गरिन्छ । अर्थमन्त्रीज्यू भाषणले कारबाही हुन्छ ? यदि कारबाही गर्ने भए खोइ त विश्वका धनी चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कारबाही गरेको ? गाडीमा ५० प्रतिशत नाफा खाई उपभोक्ता ठगी गर्ने कम्पनीमाथि किन कारबाही नभएको ? अनि गुणस्तरहीन वाइवाइ चाउचाउमाथि किन कारबाही हँुदैन ? यस्ता प्रश्न अहिले आम जनताले गर्न थालेका छन् । तर, सरकार उनीहरुसँगै कमिसनको थैली च्यापेर चिर निद्रामा रहेको छ र उठेपछि भाषण गर्दछन् कालाबजारी, भ्रष्टाचारी र तस्करमाथि ठाउँको ठाउँ कारबाही गरिन्छ ।
सरकारकै सहयोगमा विभिन्न तेस्रो मुलुक र भारतबाट आयातीत विलासी वस्तुको बिक्रीमा अत्यधिक मूल्य राखी बिक्री गरेको पुष्टि हुँदा पनि सरकारले गाडी व्यापारीलाई कारबाही गर्ने आँट गर्न नसकेको उदाहरण धेरै रहेका छन् । एकातर्फ कम मूल्यमा नेपाल भित्र्याएका अधिकांश सवारीसाधानको न्यूनतम भन्सार मूल्यांकन गरी कर छली गर्दै आएका छन् भने अर्काेतर्फ अत्यधिक आफूखुसी मूल्य राखी उपभोक्तालाई ठगी गर्ने जीओ अटोमोबाइल्सलाई सम्बन्धित सरकारी निकायबाट उन्मुक्ति दिँदै आएको पाइएको छ । गाडी बिक्री गर्दा ठगी गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढ्ने तयारी गरेको सरकारी निकायपछि एकाएक निष्क्रिय भएर कारबाही प्रक्रियासमेत अवरुद्ध बनाएको छ । नेपालमा फोर्ड गाडी आयात गरी बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई ठगी गरेको भन्दै उजुरी परेको महिनौँ बितिसक्दासमेत सरकारले कारबाहीका लागि कुनै प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत साताको बुधबार कम्पनीले ठगी गरेको निष्कर्ष निकाल्दै ठगी मुद्दामा कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । विभागकै विवरणअनुसार उक्त कम्पनीले ५० प्रतिशतभन्दा बढी नाफा खाएर गाडी बेच्दै आएको प्रमाणित गर्दै कारबाही गर्न प्रहरीलाई पत्राचार गर्दा सो पत्रका बारे प्रहरी प्रशासनले नै केही भन्न सकेको छैन । विभागले कम्पनीका मेनेजर तेजकरण जैनलाई विभागमा बोलाएर कागज पत्रसहित बयान लिएको थियो । उनले पेस गरेको कागज पत्र र बयानकै आधारमा जीओ अटोमोबाइल्स प्रालिमाथि ठगी मुद्दामा कारबाही गर्न विभागले महानगरीय प्रहरीपरिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।
विद्यमान भन्सार ऐनअनुसार २० प्रतिशतभन्दा धेरै नाफा लिएर कुनै सामान बेचेको पाइएमा त्यसलाई कालोबजारीअन्तर्गत कारबाही हुने प्रावधान भए पनि सरकारी कर्मचारीकै मिलेमतोमा सो ऐनसमेत अहिले निष्क्रिय बनाइएको छ । विभागले सो कम्पनीले गाडीको बिक्रीमा ग्राहकलाई ठगी गरेको निष्कर्ष निकाल्दै कम्पनीमाथि कारबाही गर्न पत्राचार गरिएको जनाएको छ ।
फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभागले नै खुट्टा कमाएको आरोपसमेत लागेको छ । अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनको बिक्रीमा उपभोक्तालाई लाखौं रुपैयाँ ठगी भइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गर्नसकेको छैन । विभागले एक महिनाअघि फोर्ड ब्रान्डको थापाथलीस्थित बिक्रेता जीओ अटोमोबाइल्समा अनुगमन गरेको थियो । विभागले बयान सकेर दुई साताअघि मुद्दा दायर गर्ने दाबी गरे पनि उपभोक्ता ठग्ने जीओ अटोमोबाइल्सलाई हालसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
उपभोक्तावादी संघ÷संस्थाले आपूर्ति मन्त्रालयका तत्कालीन मन्त्री जयन्तबहादुर चन्दसहित अर्थ मन्त्रालयसम्म दोषी भनेकामा जीओ अटोमोबाइल्सले रकमको भागबण्डा गरेकाले कारबाही गर्न नसकिएको आरोप छ । कारबाहीबाट जोगिन व्यापारीले लाखौं रुपैयाँ विभिन्न शक्तिकेन्द्रमा वितरण गरेकै कारण उपभोक्ता ठगी गर्ने सो कम्पनीमाथि कुनै करबाही गर्न विभागले आँट नगरेको हो । त्यही भएर अनुगमन गरिएका कुनै पनि दोषीमाथि आपूर्ति विभागले कारबाही गर्नसकेको छैन । विभागकै कर्मचारीका अनुसार बार्गेनिङ नमिल्दा अनुगमन गर्ने, त्यसपछि फेरि बार्गेनिङ गरी कारबाही रोक्ने प्रवृत्ति आपूर्ति विभागमा देखिएको छ ।
सो कम्पनीका व्यापारीको राजनीतिक दलका उच्च नेतासम्म पहुँच भएकाले रकम लेनदेनका आधारमा कारबाहीबाट जोगिँदै आएको छ । आपूर्ति विभागले भने सम्पूर्ण प्रक्रिया पूरा नभएकाले मुद्दा दायर गर्न नसकिएको बताउँछ । मुख्य कुरा कमिसनकै कारण सो मुद्दालाई निष्क्रिय बनाउँदै खुलेआम उपभोक्ता ठगी गर्ने लाइसेन्स सरकारले दिँदै आएको छ । विभागका अनुसार फोर्ड बिक्रेता जीओ अटोमोबाइल्समाथि जसरी पनि कारबाही गराएर छाड्ने जनाएको भए पनि महिनौँ दिन बितिसक्दा समेत मुद्दासमेत दर्ता गर्न विभागले सकेको छैन । जीओ अटोमाबाइल्स कारबाहीबाट जोगिन विभिन्न शक्तिकेन्द्रमा समेत धाउँदै आएको छ ।
विभागको अनुसन्धानबाट कानुनी रूपमा जीओ अटोमोबाइल्स ठूलो दोषीका रूपमा भेटिएको जनाएको छ । ५० प्रतिशतभन्दा बढी मुनाफा असुल गरी कानुनी राज्यको उपहास गर्ने फोर्डसहित अन्य सवारी बिक्रेतालाई माथि कारबाही गर्न मन्त्रालयबाटै रोकावट आएको छ । मुद्दा दायर गर्नुअघि सरकारी वकिल कार्यालयसँग रायरसुझाव लिनुपर्ने व्यवस्था भएअनुसार गत साता सरकारी वकिल कार्यालयबाटै कमिसनको बारेमा गोप्य छलफल भइरहेको छ ।
सरकारी वकिल कार्यालयले फाइल अध्ययन गरी केही थप कुरा बुझ्न भनेर रायरसुझाव दिएकाले विभागले आन्तरिक राजस्व विभागमा जीओसहित अन्य सवारी बिक्रेताको सक्कल विस्तृत जानकारी माग गरी आन्तरिक विभागबाट गत साताको आइतबारसम्म कुनै जानकारी प्राप्त नएकाले मुद्दाका लागि अगाडि बढ्न नसकिएको बतायो विभागको दाबी रहेको छ । सो कम्पनीमाथि ठगीको आरोपमा कारबाही हुने भएपछि करोडौंको थैली बोकेर गाडी सञ्चालक आपूर्ति मन्त्रालय गएको थियो । आपूपर्तिमन्त्री मातृकाप्रसाद यादवकै गोप्य निर्देशनमा आन्तरिक राजस्व विभागबाट दिनुपर्ने विवरण नदिई रोकियो । क्रान्तिकारी भाषण गर्दै कालोबजारी र भ्रष्टाचारीमाथि कारबाही गर्ने हुँकार गर्दै आएका मन्त्री यादव बाहिर–बाहिर जति कराए पनि भित्रभित्र भने रकम सङ्कलनमै लागेको प्रस्ट भएको छ । यता आन्तरिक राजस्व विभागबाट माग गरिएको जानकारी आएपछि फेरि सरकारी वकिल कार्यालयमा पठाइने र त्यसपछि सरकारी वकिल कार्यालयको सुझावअनुसार अदालतमै मुद्दा दायर गर्ने तयारीमा विभाग रहेको भए पनि मुद्दाको कागज यता र उता गर्दै बसेर कारबाही नगर्ने रणनीति सरकारको रहेको छ । सरकारले अनुगमन गर्ने जिम्मेवारी दिएको तर कानुन व्यवसायीको हितमा बनाएर नियमनकारी निकायलाई अपांग बनाएका कारण कारबाही गर्न कठिन भएको छ । जीओ अटोमोबाइल्सले ठूलो परिमाणमा करसमेत छली गरेको अनुसन्धानमा फेला परेको छ । विभागका अनुसार जीओ अटोमोबाइल्सले गाडी बिक्री गर्दा एक जना उपभोक्ता खरिदकर्ताबाट विज्ञापनबापत ९६ हजार, प्रशासनिक खर्चबापत ३६ हजार, गाडी होल्डिङ गर्दा १० हजार, सडक करबापत एक लाख र बजारीकरण गरेबापत ७६ हजार रुपैयाँसहित छ लाख अतिरिक्त रकम असुल गर्दै आएको विभागले पुष्टि गरेको छ ।
करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको ‘इको स्पोर्ट’ चार पांग्रे सवारीसाधनमा छुटका नाममा जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडले पाँच लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मूल्य २८ लाख २२ हजार सात सय आठ रुपैयाँ असुली गरी ठगी गरेको छ । प्रतिसवारीसाधन बिक्री गर्दा उपभोक्ताबाट प्रशासनिक खर्च भनेर ९१ हजार पाँच सय ५९ रुपैयाँ अतिरिक्त खर्च असुल गरेको भेटिएको छ । यसैगरी, बिक्री, वितरण र विज्ञापन शीर्षकमा प्रतिगाडी उपभोक्ताबाट ६४ हजार चार सय ३३ रुपैयाँ र बैंकको ब्याजदर भनेर ३७ हजार थप रकम असुल गरी बिक्री गर्दैै आएको विवरणसहित कारबाहीका लागि पत्राचार हुँदासमेत अहिलेसम्म कुनै कारबाही गरिएको छैन ।
जीओ अटोमोबाइल्स गोल्छा समूहको हो । गोल्छा समूहले विभाग र मन्त्रालयका कर्मचारी र मन्त्रीलाई नै बसमा लिएर अवैध रुपमा गाडीसमेत बिक्री वितरण गर्दै आएको छ । जीओ अटोमोबाइल्स कम्पनीका तर्फबाट लोकमान्य गोल्छाले गाडीको मूल्यमा थपघट नगर्ने र स्वाभाविक मूल्यमा नै गाडी बिक्री गर्ने आएको बताए । उनले बयानका क्रममा सो कुरा बताएसँगै अत्यधिक मात्रामा मूल्य तोकी रकम असुली गर्दै आएको घुमाउरो पारामा स्वीकारी सक्दासमेत कुनै कारबाही सरकारले गर्न सकेको छैन । यसैगरी, जीओ अटोमोबाइल्सले बिक्री गर्ने अर्काे मोडल फिगोमा एस्पाएर ट्रेन्ड गाडीको बिक्रीमा ४३ प्रतिशतसम्म मूल्य असुल गरी उपभोक्ता ठगी गर्दै आएको अनुसन्धानका क्रममा फेला पारेको छ । फिगो एस्पाएर गाडीमा नौ लाख रुपैयाँ कुल नाफा राखेर उपभोक्तालाई बिक्री गरेको भेटिएको छ । कुल बिक्री मूल्य २० लाख ९५ हजार नौै सय २८ रुपैयाँ रहेको उक्त मोडेलको गाडीमा कम्पनीले आठ लाख ९४ हजार ७२ रुपैयाँ अतिरिक्त शुल्क थप गरी २९ लाख ९० हजारमा बिक्री गर्दै आएको छ ।
वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा जैनले पाँच लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मूल्य २८ लाख २२ हजार सात सय आठ रुपैयाँ कायम गरेको छ । यसरी २८ लाख २२ हजार बिक्री मूल्यबाट जैनले तीन लाख ३६ हजार दुई सय ८३ छुट दिएर २४ लाख ८६ हजारमा १५ लिटर पेट्रोल मोडेलको एचआर ६४६०० इन्जिन नम्बर भएको इको स्पोर्ट मोडेलको गाडी सोमबार बिक्री गरेको बिल नम्बर ७५७ बाट फेला परेको हो ।
जीओ अटोमोबाइल्सले उपभोक्तासँग छुटको नाममा ठगी गरेको यसबाट प्रस्ट भएको छ । यता जीओ अटोमोबाइल्सका कार्यकारी निर्देशक आकाश गोल्छाले कुनै वस्तु तथा सेवाको खरिद र बिक्री मूल्यमा देखिने मार्जिन (ग्रस प्रोफिट) मा अलग–अलग खर्च समावेश हुने गरेको तथा सो शुल्कसमेत जोडेर गाडी बिक्री गर्दा आएको नाफा (नेट प्रोफिट) मात्र कम्पनीले लिने गरेको दाबी गरेका छन् । कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठह¥याइने उल्लेख गरेको छ । तर, सो कम्पनीले भने विज्ञापन खर्च, प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिएको पाइएको विभागले जानकारी दिएको छ । ऐनअनुसार माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद छ र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...

प्रज्ञाका कुलपति उप्रेतीले आप्mनै ९८५१२२१२.... नम्बर मेरो होइन भनेपछि.....

एउटा सरकारी निकायअन्तर्गतकै संस्थानका जिम्मेवार कर्मचारीबाट गलत कार्य गरेपछि कतिसम्म गिर्न सक्छन् भन्ने...

शिक्षामा बढ्दो व्यापारीकरण

नेपालको शिक्षा प्रणालीमा पछिल्लो चरणमा दिनप्रतिदिन व्यापारीकरण भइरहेको छ । शिक्षालाई अहिले सेवामुखि नभई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै