logo

गायनसँगै लोकबाजाको अन्वेषण गरिरहेको छु :गायक तथा अन्वेषक दीपेन्द्र गुरुङ

नेपाली लोकसंगीतको बारेमा कुरा गर्ने हो भने अहिले नेपाली लोकसंगीत बाह्य धरातलीय स्वरुपमा अडिएको छर्लङ्गै छ । यसको धरातलीय स्वरुप कच्चा हुनुकोमुख्य कारण भनेको यसको गहन रुपमा अध्ययन,अनुसन्धानको अभावका साथै यसलाई व्यावसायिक रुपमा हामीले लैजान नसक्नु पनि एउटा प्रमुख कारणको रुपमा आउँछ ।
अहिले नेपाली लोक तथा दोहोरी गीतको धरातललाई अध्ययन तथा अनुसन्धानका रुपमा हेरियो भने यसलाई वर्तमान नेपाली सर्जक तथा गायकले त्यति यस क्षेत्रलाई गहन विषय वस्तुका रुपमा नलिएर केवल बाह्य सतहका रुपमा अथवा यस क्षेत्रलाई रमाइलोको माध्यमका रुमा लिने गरेकाले पनि अहिले यो क्षेत्रलेयो अवस्था भोग्नु परेको हो । यस क्षेत्रलाई व्यावसायिक बनाउनका लागि त यस क्षेत्रलाई अध्ययन अनुसन्धान गरेर यस क्षेत्रको राम्रो जानकारी लिएर यस क्षेत्रमा लाग्न सकेमा यो क्षेत्र बल्ल परिपक्क र व्यावसायिक बन्न जान्छ । अहिले पछिल्लो समयमा आएर नेपाली लोकगीत र लोक बाजामा आधारित रहेर अध्ययन,अन्वेषण तथा अनुसन्धान हुन थालेका छन् ।यसै क्रममा विगत लामो समयदेखि नेपाली गायन , सिर्जना र वाद्यवादनका साथै लोक बाजाको अन्वेषण गर्दै गाएका गायक, वाद्यवादक तथा अन्वेषक हुन् –दीपेन्द्र गुरुङ ।
लमजुङको तत्कालीन नेटा गाविसको नेटमा पिता अमरध्वज गुरुङ र माता रुपा गुरुङका तीन सन्तानमा जेठो सन्तानको रुपमा जन्मेर विगत लामो समयदेखि काठमाडांैलाई आफ्नो सांगीतिक कर्मथलो बनाउँदै आएका बहुुआयामिक, प्रतिभाका धनी गायक, वाद्यवादक तथा अन्वेषक दीपेन्द्रसँग यस जनमञ्च साप्ताहिकका रंगमञ्च स्तम्भकार रामप्रसाद पाठकले कलाकार गुरुङको जीवनमा आइपरेका सागीतिक आरोह र अवरोहका बारेमा गरेको संक्षिप्त भलाकुसारी–


–अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म विगतदेखि नै अँगाल्दै आएको गायन, वाद्यवादन, एरेन्ज तथा लोक बाजासम्बन्धी अध्ययन तथा अन्वेषण कार्यमा व्यस्त रहेको छु भनौं ।
–अलिकति तपाईंको गायनका बारेमा कोट्याऊँ है त , तपाईंले कति र कुनकुन गीत गाउनुभयो ?
संख्याको हिसाब गर्ने हो भने त मैले त्यति धेरै गीत गाएको छैन । त्यस्तै पच्चीस,तीस वटा जति गाएँ हुँला । मैले गाएका गीतमध्ये स्व.युक्त गुरुङ दाइ र मैले ०५४ मा गाएको बेंसी बेलघारी, सरर आऊ माया रुखको छेल पारी गीतले अति नै चर्चा कमाउन सफल भयो र अहिले पनि विभिन्न लोकदोहोरी प्रतियोगिता र दोहोरी साँझमा समेत यो गीत बज्ने गर्दछ । यस्तै वरको पातमा, हो माया झ¥यो गैरी खेतलगायत छन् ।
–कति गीतमा एरेन्ज गर्नुभयो ?
सबै खालका गरेर लगभग एक हजार पुगे होलान् ।
–तपाईं रेडियो नेपालमा धेरै वर्ष वाद्यवादकको रुपमा पनि क्रियाशील रहनु भयो, रेडियो नेपालमा कहिलेदेखि जागिर गर्नुभयो ?
०५२सालदेखि वाद्यवादकको रुपमा प्रवेश गरेर केही वर्षअघि मात्र जागिर छाडेर एरेन्जर तथा लोकबाजाको अन्वेषण कार्यमा क्रियाशील रहँदै आएको छु ।
–तपाईं एउटा कुशल वाद्यवादकको रुपमा हुनुहुन्छ , कुनकुन बाजामा तपाईको निपुर्णता छ ?
म विशेष गरेर म्यान्डोलियन वादक हुँ । यसका अलावा मैले हार्मोनियम,गीतार पनि बजाउने गर्छु ।
–तपाईंको अलिकति बाजा अन्वेषणको बारेमा जानकारी दिनुहोस् न ? अहिलेसम्म कुन कुन बाजामा अन्वेषण गर्नुभयो ?
म गायन, वादन, एरेन्जका साथै लोकबाजाको अन्वेषण गर्ने गरेको छु । यसै क्रममा ०६५ मा सारङ्गीको अन्वेषण सम्पनन गरेको छु । यसै सिलसिलामा ०७०मा नेपाल संगीत तथा नाट्यप्रज्ञा प्रतिष्ठानको सहकार्यमा गोष्ठीसमेत सम्पन्न गरेको छु ।
–अहिले कुन बाजाको बारेमा अन्वेषण गरिरहनु भएको छ ?
अहिले खैंजडी र मादलको बारेमा अन्वेषण पनि सम्पन्न गरिसकेको छु । अब यसको सम्पादन कार्य भइरहेको छ । यसपछि लगत्तै तामाङ समुदायमा बजाउने डम्फु र टुङ्नामा अन्वेषण गर्ने क्रममा छु जुन कार्यको थालनीसमेत गरिसकेको छु ।
–तपाईको यो बाजामा आधारित अन्वेषणबाट के कुरा पत्ता लगाउनुभयो ?
मैले अहिलेसम्म अनुसन्धान गरेका बाजाहरुको अध्ययन तथा अन्वेषणबाट मैले धेरैकुराको ज्ञान पाएको छु । बाजाबाट निष्कने आवाज दुई किसिमका हुन्छन्, एउटा सुन्दा मधुर आवाज आउने श्रुति माधुर्य र अर्को सुन्दा नराम्रो आवाज निस्कने श्रुति अमाधुर्य । मैले बाजाबाट निस्कने यिनै आवाजका बारेमा आधारित रहेर अन्वेषणगरिहेको छु । यस्तै यसैसँग आधारित नाद र आनादको बारेमा पनि अन्वेषण गरिहेको छु, यसको कार्य जारी नै रहेको छु ।
–वर्तमान नेपाली लोकसंगीतलाई कसरी हेरिरहनु भएको छ ?
अहिले नेपाली लोकसंगीतको बारेमा कुरा गर्नुपर्दा अहिले नेपाली लोक संगीतको व्यापकता त भएको देखिन्छ । तर,यसको गुणात्मक क्षमता भने घट्दै गइरहेको छ । कुन नोक गीत , कुन आधुकि गीत, कुन तीजको गीत, कुन रत्यौली , कुन खेली , कुन सालै जो गीत , कुन कौरा एकमेसै गीत सिर्जनागर्ने र गाउने गर्दा यसको पहिचान लोप हने अवस्थामा रहेको छ यसको कारण भनेको सम्बन्धित क्षेत्रको अध्ययन वा जानकारीको अभाव । त्यसैलेगर्दा पनि मैले अन्वेषण तथा अनुसन्धान गर्न थालेको हुँ । यस किसिमको ज्ञान सबै सर्जक तथा गायकमा हुनु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा दुई दर्जन बढी कलाकार एकै मञ्चमा

रग्बी वर्ल्ड कप टुर नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्युजिक कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन...

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ”

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै