logo

नयाँ सरकारलाई खेलकर्मीको प्रश्न

काठमाडौ बैशाख ३०
बढ्दो बजेट, राजनीतिक नेतृत्वको चासो र बढ्दो ग्ल्यामरका कारण नेपाली खेलकुद पछिल्ला केही वर्ष चर्चामा छ । सामान्य अखबारी समाचारलाई आधार मान्ने र यस क्षेत्रका अन्तर्निहित विषयबारे जानकारी नभएकाका लागि यो क्षेत्रमा प्रगति भइरहेको भ्रम पनि त्यत्तिकै छ । तर, वास्तविकता नेपाली खेलकुद क्षेत्रको पछिल्लो आधा दशकको समय सबैभन्दा विकृतिजन्य र घिनलाग्दो रह्यो । यसको तात्पर्य यसअघि नेपाली खेलकुद स्वच्छ थियो भन्ने होइन । मतलब यो हो कि नेपाली खेलकुद सबै क्षेत्रमा गिर्दो अवस्थामा थियो । तर, पछिल्लो समय नेपाली खेलकुदका केही घटना मात्र आधार मान्ने हो भने आम नेपालीै आत्मग्लानीको अवस्थामा पुग्ने स्थिति छ । खेलकुदको त्यसै घिनलाग्दो अवस्था रहिरहेको समयमा नेपाली राजनीतिले अब भने नयाँ मोड लिएको छ । यसबाट नेपाली खेलकुद क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ ।
दुई वामपन्थी दलले उठाएको राजनीतिक स्थायित्व र समृद्धिको नारालाई गत आम निर्वाचनमा नेपालीले स्वीकार गरे । धेरै नेपाली समृद्धिको कुरामा आशावादी रहे पनि यी दुई दलीय गठबन्धनले देशलाई समृद्धितर्फ डोहो¥याउने आधार भने देखिएको छैन । हुन सक्छ, केही राजनीतिक विश्लेषकले भनेझैं कार्यकर्ताका लागि राज्यको सम्पत्तिको दोहन गर्न सबैभन्दा उपयुक्त अवसर यो नै नहोस् ।
आर्थिकरूपले कुनै पनि देश या समाज समृद्ध हुने या गरिब हुने मुख्य मापदण्ड हुन्छ नै । कमाउनेभन्दा खर्च गर्नेको सक्रियता जहाँ हुन्छ, त्यहाँ गरिबी स्वाभाविक कुरा हो । काम नगरीकनै वा उत्पादनमा कुनै भूमिका नभई जिवीकोपार्जन गर्नेहरू समाजका सबैभन्दा ठूला समस्या हुन् । कुनै सीप नभएका, कुनै विषयको जानकारी नभएका, श्रम गर्नलाई कठिन मान्ने र राजनीतिको नाममा जीवनयापन मात्र होइन, विलासिताका सबै कुराको उपयोग गर्ने एउटा ठूलो समूह नेपाली समाजमा छ । माने पनि नमानेपछि यो समूहको लगभग ९० प्रतिशतभन्दा बढीको हिस्सा नेपाली कांग्रेस या एमालेको राजनीतिक कार्यकर्ताको रूपमा जिन्दगी बिताउने कै छ ।
नेपाली खेलकुदमा समय उल्लेखनीय देखियो । कुनै विषयको जानकारी नभएको, केही शिक्षा पुर्जा भएर आफूलाई बौद्धिक भन्न रुचाउने, कोही त्यो पनि नभएका, कुनै श्रम गर्न नचाहनेको जमात खेलकुदमा देखियो । राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय संघको संख्या दुई सयको हाराहारीमा पुगेको छ । अर्कोतर्फ परिषद्ले वर्षभरिको बजेट सार्वजनिक गर्ने हिम्मत गर्दैन । त्यो हिम्मत नहुनुको कारण प्रस्ट छ, यो वितरण प्रणाली आम नेपालीले स्वीकार्न सक्ने अवस्था नै छैन । खेलकुदको केन्द्र त्रिपुरेश्वरमा या सातदोबाटोमा दुवै स्थानमा यस खाले राजनीतिक कार्यकर्ताको बेजोड उपस्थिति देखिन्छ । जुन समूहको चाहना जे भए पनि खेलकुदबाहेक अन्यत्र प्राविधिक क्षेत्रमा हस्तक्षेप त्यो समूहका लागि सहज छैन । स्वास्थ्यमन्त्री आफ्नो दलको भएको बाहनामा अस्पतालमा पुगेर चिकित्सकको मानमर्दन गर्ने हिम्मत आजसम्म त्यो समूहको छैन । कन्स्ट्रक्सन साइटमा पुगेर इन्जिनियरलाई मानमर्दन गर्ने साहस पनि त्यो समूहको छैन । बरू के चाहिँ हो भने कुलमान घिसिङको कार्यकाल अघिसम्म दक्ष प्राविधिक भनिने पनि त्यसै प्रवृत्तिका राजनीतिक कार्यकर्ताझैं भ्रष्ट थिए । यिनै भ्रष्टका कारण हामी वर्षांै विनाकरण अँध्यारोमा जकडियांै । त्यो अँध्यारोका कारण राजनीतिक नियुक्ति पाएर दोहन गर्ने एकखाले चरित्र हो भन्ने भनिरहनु पर्दैन ।
प्रसंग के हो भने विद्युत् प्राधिकरणमा गएर दोहन त भयो तर, घिसिङ कार्यकाल अगाडिको त्यो लुट र दोहन पनि एउटा निश्चित योग्यता पुगेकाहरूले गरेका थिए । तर, कुनै पनि प्राविधिक ज्ञान नभएकाले वर्षौं राज्यको दोहन गर्ने क्षेत्र भने खेलकुद परिषद् नै बन्यो । त्यसैको शृंखला माथिल्लो उचाइमा पुगेको छ । दुई सय हाराहारीको संघ यसैका उदाहरण हुन् । परिषद् बोर्डमा कसले कति खेलकुद विकासमा सक्रिय रह््योभन्दा पनि बढी कसले कत्ति लाभ लियो भन्ने होडबाजी चलेको छ । गत एसियाडमा जुन खेलका खेलाडी विदेश भागेका थिए, त्यसै खेलका मेनेजर सदस्य सचिव बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यले नै विदेश मान्छे पठाउने भनेर ठगी गरेको घटना सार्वजनिक भइसकेको छ । परिषद् त प्रशासन जान्नेले चलाउने हो, खेलकुद जान्नेले होइन भन्ने कुतर्क राज्यको दोहन गरेरै जीवनयापन गर्न पल्केका राजनीतिक कार्यकर्ताले बारम्बार गरेको सुनियो ।
यसबीचमा नेपाली राजनीतिले नयाँ मोड लिएको छ । सामान्य अनुमान हो, हालका दुई दल माओवादी केन्द्र र एमाले अब एकजुट हँुदैछन् । यिनीहरूको शासन पनि लामो समय रहनेछ । त्यो शासन लामो समय रहनेछ । यसकारण यी दुई राजनीतिक नेतृत्व समझदार नभएमा हालको दुरवस्था अझ दर्दनाक हुने निश्चित नै छ । यसकारण रंगशाला परिसरबाटै दाहाल–ओलीका सामु केही प्रश्न जरूरी छ ? यसको जवाफ तत्काल खोज्नुको विकल्प पनि छैन ।
राष्ट्रिय एकताको प्रतीक मानिने खेलकुद क्षेत्र एउटा पार्टीको राज्य दोहनको विषय बनाउन खोजिएको हो कि होइन ? नयाँ बानेश्वरको कुनै होटलमा बस्ने कुनै एक राजनीतिक दलको एउटा गुटको भेलाले सिंगो खेलकुद चलाउने प्रवृत्ति अन्त्य हुन्छ कि हँुदैन ? खेलकुद जानकार व्यक्ति प्रशासनमा रहने कि यस सवालमा कुनै जानकारी नभएकाले यसको शासन चलाइरहने ? एमालेले खेलकुद महासंघको गठन गर्दा खेलकुदका कुनै जानकारी नभएकाको प्रभाव रह््यो । त्यस्तै खालका व्यक्तिहरूले राज्यको निकायमा निरन्तर अवसर पाइरहे । के यो शृंखला यथावत् रहने हो ? होइन भने यसको अन्त्य हुनु आवश्यक छ ।
खेलकर्मीका आँखाले वर्तमान राज्यशक्तिसामु गर्नेपर्ने थुप्रै प्रश्न छन् । राज्यको सम्पत्तिमा भ्रमण आदेश भरेर कत्ति रकम छुट्याइन्छ र यसको उपलब्धि के हो ? यसको हिसाब नेतृत्वले माग्ने हिम्मत गर्छ कि गर्दैन ? माग्दैन भने यसरी बुझ्नुपर्छ, यसको कमिसन माथिल्लो राजनीतिक नेतृत्वसम्म पुगेकै छ । सबैले बुझेको तथ्य हो, वर्तमान नेपाली खेलकुद एउटा दलको एउटा गुटगत समूहले चलाएको छ । विगतमा इन्टरनेटबाट बत्ती बेच्ने जस्तो हावादारी कुरा गर्ने नेताको गुटले शासन गरेको क्षेत्रमा प्राविधिक व्यक्तिको महत्तपुर्ण हुन्छ भनेर विश्वास गर्नु पनि बेकार हो ।
राजनीतिक नेतृत्वमाथिको अर्को प्रश्न छ । मिल्न आँटेका दुई दलको भ्रातृसंगठनमा एउटामा खेलकर्मीको बाहुल्य छ भने अर्कोमा केही खेलकर्मी र धेरैजसो गैरखेल क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति छ । यदि शासनमा सुधार र राज्यको सम्पत्तिमाथि दोहनको अन्त्य अबको गठबन्धन नेतृत्वले चाहेकै हो भने यिनीहरूको भ्रातृसंगठनको स्वरुपबाट प्रस्ट हुन्छ । यो खेलकर्मीको संगठन बन्नेछ या जसरी विगतमा एमालेको बुटवल महाधिवेशनमा हार्ने र युवा संघको लहान महाधिवेशनमा हार्नेका लागि खेलकुद महासंघको रूपमा डम्पिङ साइट बनाइए जस्तो मात्र हुने हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै