logo

युवा स्यान्टुको चौतर्फी चर्चा

काठमाडौं, वैशाख ३०
नेपाली टेबल टेनिसका उदाउँदा नक्षत्र हुन् स्यान्टु श्रेष्ठ । १८ वर्षको कलिलो उमेरमै उनले टेबल टेनिसमा एकल वर्चस्व बनाएका छन् । राष्ट्रियस्तरको प्रतियोगितामा उनले गत वर्ष प्रभावशाली प्रदर्शन गरे । उनले सहभागिता जनाएको चार प्रतिस्पर्धामध्ये तीनमा उपाधि जिते । गत वर्ष उनले खेलेका झण्डै तीन दर्जन खेलमा एउटा फाइनलमात्र हारे । राष्ट्रिय टिम छनोट प्रतियोगितामा अपराजित रहेका स्यान्टुले ३९औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण जिते । त्यसअघि उनले ठमेल ओपन च्याम्पियनसिपमा पुरुष सिंगल्स र टिम स्पर्धामा पहिलो स्थान हात पारेका थिए । उनको एकमात्र पराजय नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसको फाइनलमा थियो । नेपाल पुलिस क्लबका लागि खेल्दै आएका स्यान्टुले घरेलु टेबल टेनिसमा पाएको सफलताले चौतर्फी चर्चा बटुलिरहेका छन् ।
लगातार उत्कृष्ट नतिजा ल्याइरहेका स्यान्टुले लगातार प्रदर्शनमा सुधार ल्याइरहेका छन् । चौतर्फी चर्चाका बीच स्यान्टु पल्सर स्पोट्र्स अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । पिपुल्स च्वाइस विधामा टेबल टेनिसकै नविता श्रेष्ठले सन् २०७२ मा अवार्ड जितेकी थिइन् । घरेलु क्षेत्रमा लोकप्रियता मापन गर्ने माध्ययम बनेको यस अवार्ड विधामा स्यान्टु आफुलाई सिद्ध पार्ने जमर्को गर्दै छन् ।
स्यान्टुसँगै क्रिकेटका सन्दिप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र फुटबलर किरण चेमजोङ्ग पनि अवार्डको लागि प्रतिस्पर्धा गर्दै छन् । यसअघि आम जनताको भोटिङमार्फत मात्र विजेताको छिनोफानो हुँदै आएको पिपुल्स च्वाइस अवार्डका लागि भने यसपटक प्रक्रिया केही परिवर्तन गरिएको छ । यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरुको मतभार २५ प्रतिशत र विभिन्न खेलकुदका प्रशिक्षकहरुको मत २५ प्रतिशत हुनेछ । दर्शकहरुको एसएमएस र फेसबुक लाइकको मतभार ५० प्रतिशत हुनेछ । चार फेसबुक लाइक बराबर एक एसएमएस गन्ति हुनेछ । एसएमएस भोटिङका लागि टिएचटी लाइभ ३७७२२ अफिसियल भोटिङ पार्टनर रहेको छ । पिपुल्स च्वाइस विधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सर्वाधिक धन राशिको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’

विश्वकप २०१८ नजिकिएसँगै सर्वत्र फुटबलको चर्चा सुरु भएको छ । सबै साथीभाइ र परिवार बसेर विश्वकप फुटबललाई...

२०१८ विश्वकप फुटबलको लागि ‘कोका–कोला एन्थम’ सार्वजनिक

फिफा विश्वकप २०१८को लागि कोका–कोलाले आफ्नो कोका–कोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै