logo

पल्सर स्पोट्र्स अवार्डको लागि डिसहोमसँग सम्झौता नवीकरण

काठमाण्डौं, वैशाख ३०
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोट्र्स अवार्डका लागि डिसहोम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ । मञ्चले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिसहोमसँग सात लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिसहोमले अवार्डको लागि चार लाख ७० हजार नगद र दुई लाख ३० हजारबराबरको डिसहोमको सामग्री उपलब्ध गराउनेछ । डिसहोम विगत आठ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ । सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदिप आचार्यले हस्ताक्षर गरे । सम्झौतासँगै अवार्डको नामअनुसार डिसहोमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एसोसिएसन विथ डिसहोम एक्सन स्पोट्र्स’ हुनेछ ।
सम्झौतापछि डिसहोमका सीईओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुसीको कुरा रहेको बताए । यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङको लक्की पाँच विजेता गरी ३३ जनाले डिसहोमको सेटअप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निःशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले दुई हजारको रिचार्ज कार्ड र सेटअप बक्स प्रखान गरिनेछ । यस वर्षको अवार्ड आगामी बिहीबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्ष पनि विभिन्न आठ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य चार विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ ।
विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपालि पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ योजना

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित भएकाहरुका लागि मोबाइलको रक्षा ‘मेरो सुरक्षा’...

ग्रिल व्यवसायी संघ विशालनगर अध्यक्षमा हाकु श्रेष्ठ

ग्रिल तथा स्टिल व्यवसायी संघ विशालनगरको अधिवेशनबाट हाकुबहादुर श्रेष्ठकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको...

चितवनको नारायणी नमूना विद्यालयलाई वृज सिमेन्टको खेल सामग्री

वृज सिमेन्टले चितवनको नारायणी नमूना विद्यालयमा फुटबल सामग्री वितरण गरेको छ । सिमेन्टले नेपालको नमूना...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै