logo

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

पाँचथर, वैशाख २८
अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् । फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताउछन् । आधुनिक भट्टीमा सुकाइएको अलैँचीको मूल्यसमेत बढी हुने उनको भनाइ छ ।
परम्परागत भट्टीमा सुकाइएको अलैँची कालो रङको हुने भएकाले व्यापारीले समेत प्राकृतिक रङ भएकै अलैँची खोज्ने गरेका छन् । कम समयमा सुक्ने भएकाले यसको तौल समेत बढ्छ । सिंहवाहिनी इन्जिनियरिङ बक्स एण्ड इनर्जी प्रालि सुनसरीको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा उन्नत अलैँची भट्टी प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानले ड्रम भट्टीलाई त्याग्न थालेका छन् । प्रालिले पूर्वका सात जिल्लामा उन्नत अलैँची भट्टी प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ । कृषक यस प्रकारका भट्टी बजारमा पाएपछि परम्परागत भट्टी छाडेर आधुनिक भट्टीतर्फ लागेका हुन् । पाँचथरसहित तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, इलाम र ताप्लेजुङमा गतवर्षदेखि परियोजना सञ्चालनमा छ ।
परियोजना सञ्चालन भएपछि आधुनिक भट्टीको माग बढेको प्रालिका प्रबन्धक गोपाल खड्काले बताए । ‘उड कम्बस्टर भट्टी’ भट्टीको प्रयोगतर्फ कृषक आकर्षित हुँदै गएका छन् । उड कम्बस्टर भट्टीको मूल्य रु ३० हजारदेखि रु एक लाखसम्म पर्छ । सो भट्टीमा २०० देखि ४०० किलोसम्म काँचो अलैँची सुकाउन सकिन्छ । दश घण्टामा डेढ मन काँचो अलैँची सुकाउन सकिने सो भट्टीमा सुकाउँदा अलैँचीको प्राकृतिक रङ र मौलिक बासना कायम हुने, दाउराको खपत कम हुने, अलैँची फुट्ने तथा धुवाँ कम निस्कने खड्काले बताए । अलैँची जोन पाँचथरका कृषि अधिकृत प्रकाश विश्वकर्माले जिल्लामा ५७ वटा आधुनिक अलैँची भट्टी सञ्चालनमा आएको बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै