logo

गाईपालनबाट एक लाख आम्दानी

बाजुरा, वैशाख २८
बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहे । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थालेका छन् । “आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उनले भने । रोजगारी गर्न व्यवसाय गर्नुभन्दा विदेश जाने प्रवृत्तिको अन्त्य गर्नका लागि गाईपालन व्यवसाय थालेको उनको भनाइ छ । बडुवाल गाईपालन व्यवसायबाट चार महिनामा रु एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
“राजनीतिमा लागे पनि व्यवसाय नगरी समाज परिवर्तन सम्भव छैन,” उनले भने, “गाईपालनबाट मासिक रु ३० हजार आम्दानी गरिरहेको छु ।” गाईपालन गर्नकै लागि उनले उन्नत जातका दुईवटा गाई चितवनबाट खरिद गरेर बाजुरा ल्याएको बताए । अहिले उनीसँग उन्नत जातका दुईवटा जर्सी गाई र दुईवटा बाच्छा रहेका छन् । “एक दिनमा २८ लिटर दूध उत्पादन हुन्छ,” उनले भने । उनले दुग्धजन्य पदार्थ नजिकैको बजारमा बिक्री गर्दै आएका छन् । बजार नजिकै भएकाले उनलाई दूध बिक्री गर्न समस्या छैन । गाईपालन शुरु गरेपछि उनको दैनिकी नै बदलिएको छ । राजनीतिमा लागेर घरव्यवहार चलाउन निकै समस्या झेलेका बडुवालले अहिले राम्रै आम्दानी गर्न थालेका छन् ।
“व्यावसायिक रुपमा गाईपालन व्यवसायलाई अगाडी बढाउने योजना छ,” उनले भने । गाईपालनसँगै दिनभरको फुर्सदको समयलाई उनले सदुपयोग गर्न ‘समृद्ध बडीमालिका डेरी’ सञ्चालन गरेका छन् । जिल्लामा विभिन्न व्यवसाय गर्दैआएका किसानका लागि सहयोग गर्दै आएको जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख शंंकर सिहंले बताए । बेरोजगार युवालाई स्थानीय तहले गाउँमै व्यवसायतर्फ उन्मुख गराउन कार्यालयले सहयोग गर्दैआएको छ । बाख्रापाललन, भैसीपालन, कुखुरापालनलगायतका लागि आवेदन माग गरेको उनले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको बीउ बिक्री भएन

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन...

नियमन अभावले कृषि सुविधाको व्यापक दुरुपयोग

राज्यले कृषि क्षेत्रको विकासको लागि ट्रयाक्टरमा दिने सेवा, सुविधाको उद्योगी व्यवसायीबाट व्यापक रुपमा दुरुपयोग...

बाइस हजार बिरूवा वितरण

स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै