logo

‘पिपल्स च्वाइस’ अवार्डको मनोनयनमा परेकी युवा गल्फर प्रतिमा

काठमाण्डौं, वैशाख २७
नेपालकी नं. १ महिला गल्फर प्रतिमा शेर्पा गत वर्ष चर्चाको शिखरमा पुगिन् । गोकर्ण गल्फ क्लबको होल नं तीनमा रहेको एउटा सानो छाप्रो सुरु भएको १८ वर्षीया युवा खेलाडी प्रतिमाको गल्फको कथा अमेरिकासम्म पुग्न सफल रह्यो । एकातिर घरेलु गल्फ प्रतियोगिताहरुमा दिँदै आएको राम्रो प्रदर्शन र अर्कोतर्फको विश्वव्यापी रुपमा फलो हुँदा प्रतिमा वर्षभरि चर्चामा रहिन् ।
प्रतिमाका लागि वर्षको सुरुवात अमेरिकाबाट उनले पाएको विश्वव्यापी चर्चाबाटै सुरु भयो । विश्वप्रसिद्ध स्याटेलाइट खेलकुद च्यानल ईएसपीएनले प्रतिमाको छाप्रोदेखि गल्फको प्रोफेसनल खेलाडीसम्म भन्दै उनको विषयमा आफ्नो च्यानलमा राम्रो स्थान दियो । लगत्तै विश्वका अन्य मिडियाहरुले पनि प्रतिमालाई पछ्यायो । गल्फप्रति आफ्नो लगन र मिहिनेतले अब्बल खेलाडी बन्ने लक्षण देखाएकी प्रतिमा व्यावसायिक गल्फ सूर्य नेपाल गल्फ टुरको छनोट खेल्ने पहिलो महिला बन्न सफल भइन् । उनको प्रयासले गल्फमा उनीजस्तै सामान्य जीवनमा हुर्किएकी नेपाली महिलाले यस खेलमा पनि आफ्नो नाम राख्न सक्छन् भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको छ । २०७४ मै प्रतिमाले फाल्डो सिरिज नेपालमा सहभागिता जनाइन् । पूर्वबेलायती गल्फर निक फाल्डोले गल्फका उदाउँदा खेलाडीहरुलाई राम्रो एक्सपोजर दिने अभिप्रायका साथ विश्वका विभिन्न राष्ट्रहरुमा आयोजना गर्ने गरेको फाल्डो सिरिजको नेपाल क्वालिफायरमा प्रतिमा विजयी हुन सफल भइन् । यस सफलताले प्रतिमालाई फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलका लागि भियतनामसम्म पु¥यायो । प्रतिस्पर्धात्मक ग्रान्ड फाइनलमा प्रतिमा उपाधिविहीन रहे पनि प्रतियोगिताबाट उनले प्रशस्त अनुभव बटुल्न सफल भइन् । लगत्तै प्रतिमा दोस्रोपटक अमेरिका पुगिन् र ईएसपीएनले उनको विषयमा एउटा डकुमेन्ट्री तयार पा¥यो । दोस्रो पटकको अमेरिका भ्रमण प्रतिमाका लागि निकै लाभदायक रह्यो । प्रतिमाले अमेरिकी गल्फ लिजेन्ड टाइगर उड्ससँग फ्लोरिडाको मेडलिस्ट गल्फ क्लबमा आधा घण्टा व्यक्तिगत प्रशिक्षण लिन समेत सफल भइन् । प्रतिमाको गल्फप्रतिको लगनलाई लिएर उड्सले उनको प्रशंसा नगरी बस्न सकेन ।
पल्सर स्पोर्ट्स अवार्ड पिपल्स चोइस अवार्डमा मनोनीत भएकी प्रतिमाको विश्वव्यापी लोकप्रियताको परीक्षा अब नेपालकै उत्कृष्ट खेलकुद पुरस्कार समारोहमा हुनेछ । यस विधामा उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, टेबल टेनिस खेलाडी स्यान्टुु श्रेष्ठ, भलिबलका मान बहादुर तामाङ्ग र फुटबलर किरण चेमजोङ्ग मनोनीत भएका छन् । यसअघि एसएमएस भोटिङ्गमार्फत मात्र विजेता निर्धारण हुँदै आएको पिपुल्स च्वाइस अवार्डका लागि भने यसपटक केही परिवर्तन ल्याइएको छ । यसपटक एसएमएस भोटिङ्गले कुल ५० प्रतिशत मतको वजन राख्नेछ भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरुको मतले २५ प्रतिशत र विभिन्न खेलकुदका प्रशिक्षकहरुको मतले २५ प्रतिशत । एसएमएसका लागि टीएचटी लाइभ ३७७२२ अफिसियल भोटिङ्ग पार्टनर रहेको छ । यस विधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै