logo

‘पिपुल्स च्वाइस’का लागि किरण अर्का दाबेदार

काठमाण्डौं, वैशाख २६
पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधामा पर्न सफल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ वर्ष २०७४ का सबैभन्दा सफल फुटबलरका रुपमा प्रमुख दाबेदार रहने अपेक्षा गरिएको छ । राष्ट्रिय टोलीले खेलेको एसियन कप २०१९ छनोटको सबै पाँच खेलमा पहिलो रोजाइमा परेका किरणलाई दुई विदेशी लिगले चर्चाको शिखरमा पु¥याएको हो । २०७३ को अन्त्यतिर माल्दिभ्सको टिसि स्पोर्टसका लागि अनुबन्धन भएका चेम्जोङ्गले दिबेही प्रिमियर लिगको लगभग सबै खेलमा टिमको पोस्ट सम्हाले । किरणकै उत्कृष्ट गोलरक्षणका कारण टिसि स्पोर्टस प्रिमियर लिगमा दोस्रो स्थान ओगट्न सफल भयो भने पे्रसिडेन्ट्स कपका लागि पनि छानियो । किरणले लगातार राम्रो प्रदर्शन गर्दा टिसि स्पोर्टस प्रेसिडेन्ट्स कप र एफए कपको उपविजेता समेत भयो ।
माल्दिभ्समा राम्रो प्रदर्शन दिए लगत्तै सिजनको अन्त्यतिर आई लिग – भारतको पहिलो श्रेणीको फुटबलका लागि मिनर्वा पञ्जाबका लागि अनुबन्धित भए । नौ खेल बाँकी रहँदा अंक तालिकाको पहिलो स्थानमै रहेको मिनर्वाका लागि पनि किरणले शानदार प्रदर्शन गरेका थिए । उनी आफुले खेलका आठमध्ये सात खेलमा पहिलो रोजाइमा परेका थिए । किरणले उत्कृष्ट खेल पस्कदा मिनर्वाले अंक तालिकामा आफ्नो अग्रतालाई कायम राख्दै उपाधि जित्न सफल भयो । थोरै खेलमात्र खेल्न पाए पनि किरणले आई लिगमा आफ्नो राम्रो प्रभाव छाड्न सफल भएका छन् । उनको प्रदर्शनले अन्य नेपाली फुटबलरहरुलाई पनि आई लिग र आई लिग जस्तै अन्य थुप्रै विदेशी प्रतियोगिताहरुमा खेल्नका लागि ढोका खोल्न मद्दत पुगेको छ । किरणको राष्ट्रिय टोलीका लागि खेलिएका एसियन कपका खेलहरुमा प्रदर्शन चित्त बुझ्दो नै रह्यो । येमनविरुद्धको खेलिएको घरेलु खेलमा राम्रो प्रदर्शन गर्दै उनी म्यान अफ द म्याच समेत भएका थिए ।
यद्दपी भोटिङ्गका आधारमा विजेता निर्धारण हुने पिपुल्स च्वाइसको पुरस्कार जित्न भने किरणलाई त्यति सजिलो हुने भने छैन । किरणसंगै युवा क्रिकेटर सन्दिप लामिछाने, टेबल टेनिस खेलाडी स्यान्टुु श्रेष्ठ, भलिबलका मान बहादुर तामाङ्ग र गल्फकी प्रतिमा शेर्पा मनोनयनमा परेका छन् । यसअघि एसएमएस भोटिङ्ग मार्फत मात्र विजेता निर्धारण हुदैं आएको पिपुल्स च्वाइस अवार्डका लागि भने यसपटक केही परिवर्तन ल्याइएको छ । यसपटक एसएमएस भोटिङ्गले कुल ५० प्रतिशत मतको बजन राख्नेछ भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरुको मतले २५ प्रतिशत र बिभिन्न खेलकुदका प्रशिक्षकहरुको मतले २५ प्रतिशत । यद्दपी एसएमएस भोटिङ्ग नै यस विधाको विजेताको टुङ्गो लगाउन निर्णायक हुन सक्छ । एसएमएसका लागि टिएचटी लाइभ ३७७२२ अफिसियल भोटिङ्ग पार्टनर रहेको छ । यस विधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै