logo

फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

काठमाडौँ, वैशाख २३
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै समूह ‘इ’ कै विशाल गुरुङले दुई तथा रोशन दवाडीले एक गोल गरे । यता समूह ‘सी’ का लागि भने टीकाराम भट्टराईले दुई तथा किशोर तखाछे र जागृत घिमिरेले एक एक गोल गरे ।
आजै भएको अर्को महिलातर्फको फाइनल भिडन्तमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘डी’ले सोही कम्पनीको समूह ‘ए’ लाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो स्थान हात पा-यो । प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि विशाल गुरुङले पाए भने उत्कृष्ट गोलरक्षकमा कृष्ण प्रधान चुनिए । त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि भने नरेश थापाले पाए । उनले प्रतियोगिता अवधिभर १७ गोल गरेका थिए ।
त्यसैगरी महिलातर्फ उत्कृष्ट खेलाडी वन्दना ढुंगाना, उत्कृष्ट गोलरक्षक शान्ति शर्मा तथा सर्वाधिक गोलकर्ता उषा श्रेष्ठ चुनिए । यही वैशाख १८ गतेदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलामा चार टोलीले प्रतिष्पर्धा गरेका थिए । विजेतालाई आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक विवेक झा एवं युनियनका अध्यक्ष बलराम खत्रीलगायतले पुरस्कार प्रदान गरे । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कभर्ड हल भत्कियो

डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ । अमरगढी नगरपालिका...

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु

कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको...

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै