logo

एन्फा अध्यक्षमा शेर्पा

काठमाडौ बैशाख २३
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षसहित कार्यसमितिका चयन भएको छ । उच्च अदालत पाटनले रोकेको निर्वाचनमा भक्तपुर र मकवानपुर जिल्लाको निर्वाचन भएपछि एन्फाले निर्वाचन गर्न लागेको थियो । तर, जिल्ला अदालत काठमाडौंमा २२ वैशाखमा हुन लागेको निर्वाचन विधान सम्मत नभएको भन्दै गत बुधबार परेको मुद्दामा निर्वाचन रोक्नुपर्ने कुनै कारण नभएको भन्दै रिट खारेज गरेको थियो ।
अदालतको फैसलापछि एन्फाको १६ औं साधारणसभाबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । दुई वर्ष अगाडि एन्फामा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पद रिक्त भएपछि भएको निर्वाचनमा पराजित भएका शेर्पाले यसपटक भने त्यतिबेला वरिष्ठ उपाध्यक्षमा जितेका मणि कुँवरले निर्वाचनबाट विजयी भएका छन् । विधानसम्मत नभएको एन्फा निर्वाचन भन्दै निर्वाचनबाट अगल भएको शुक्रबारको घोषणापछि शेर्पालाई निर्वाचन भए पनि निर्विरोध जस्तै गरी विजयी भएका छन् । फिफाले गणेश थापालाई भ्रष्टाचारको आरोपमा दश वर्ष प्रतिबन्ध गरेपछि एन्फामा अध्यक्ष पदमा गत निर्वाचनमा नरेन्द्र श्रेष्ठ विजयी भएका थिए । एन्फाको बाँकी कार्यकाल एक वर्षको लागि निर्वाचन भए पनि दुई वर्ष पछाडि मात्रै निर्वाचन भएको हो । नरेन्द्र श्रेष्ठका कार्यावधि ०७४ को कात्तिकसम्म रहने भने पनि २२ वैशाख २०७५ मा आएर निर्वाचन भएको छ । यस पटक पनि फिफा र एसियन फुटबल काउन्सिल (एएफसी) ले एन्फा निर्वाचन गर्न निर्देशन दिएपछि नयाँ निर्वाचन भएको हो । फिफा र एएफसीका प्रतिनिधि नेपालमा आई एन्फाको नयाँ निर्वाचन गरिएको हो । यदि यसभन्दा पछाडि निर्वाचन गएको भए नेपाल प्रतिबन्धमा पर्ने निश्चित प्रायः थियो । फिफा र एएफसीले एन्फालाई तत्कालै निर्वाचन गर्न आदेश दिएका थिए । एन्फामा पञ्चायत व्यवस्था रहिन्जेलसम्म राज गरेका कमल थापा र बहुदलीय व्यवस्था आएपछि गणेश थापाले गरेको राज शेर्पा निर्वाचित भएसँगै सकिएको छ । एन्फामा परिवर्तन गर्छु भनेर विजयी भएका शेर्पाको आगामी कदम कस्तो हुनेछ त्यो प्रतिक्षाको विषय बनेको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने थियो । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले प्रतिबन्ध लगाएका पूर्व एन्फाका अध्यक्ष गणेश थापाको अध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा कोठे सक्रियता बढाएका थिए । थापाका उम्मेदवारका रूपमा आफ्ना साला कुँवर अध्यक्ष पदका लागि चुनावी मैदानमा थिए । यसरी उनले प्रतिबन्धका समयमा पनि आफ्नै बोलबाला हुने गरी एन्फाको नेतृत्व हात पार्न खोजेका थिए । उनले अहिले मतदाताहरूलाई आफै सक्रिय रहेर भोट मागिरहेका अदृश्य रुपमा थिए ।
अध्यक्ष पदका उम्मेदवार शेर्पा गत निर्वाचनमा पराजित हुन् । उनी कांग्रेस निकट हुन् । उनले लामो समय एन्फामा अनियमितता भएको गणेश थापाले एन्फालाई निजी कम्पनीसरह सञ्चालन गरेको भन्दै शुद्धीकरणको आन्दोलन गरेका थिए । जसका बलमा फिफाले छानबिन गरी थापा दोषी रहेको ठहर गरी कारबाही गरेको हो । लेखा समितिले थापालाई छानविन गरी कारबाहीका लागि युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो । एन्फाको विधानअनुसार एक जिल्लाबाट एक मतअधिकार प्राप्त प्रतिनिधि अन्य दुई प्रतिनिधि गरी तीनजनाको सहभागिता रहन्छ ।
झण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयाङ्क जरिबानाको निर्णय गरेको थियो । ‘इथिक्स कमिटी’को त्यस निर्णयमाथि थापाले गरेको अपिल पनि फिफाले खारेज गरेको थियो । त्यसपछि फिफाले रिक्त रहेको अध्यक्ष पदमा निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको हो । थापा प्रतिबन्धमा परेपछि नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष हुँदै निर्वाचित अध्यक्ष भएका थिए ।
फिफाले यस अगाडिको निर्वाचन भन्दा पहिले निलम्बनमा परेका तीनजना उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाली गर्न निर्देशनसमेत दिएको थियो । एन्फाले कार्यसमिति बैठकमा लगातार चार पटक अनुपस्थित रहेको भन्दै एन्फा उपाध्यक्षत्रय शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकजविक्रम नेम्वाङलाई निलम्बन गरेको थियो ।
एन्फा नेतृत्वविरुद्ध आन्दोलनरत तत्कालीन उपाध्यक्षत्रय शेर्पा, मानन्धर र राई तथा सदस्य नेम्वाङलाई कार्यसमितिले असोजमा साधारणसभासम्म निलम्बन गरेको थियो । शेर्पाको नेतृत्वको फुटबलकर्मीहरूको समूहले हाल फिफाबाट भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्ध भोगिरहेका एन्फा अध्यक्ष गणेश थापा तथा एन्फाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । एन्फाले फुटबलको विषयलाई अदालत लगेको, लगातार तीन कार्यसमिति बैठकमा अनुपस्थित भएको कारण देखाउँदै चार पदाधिकारीलाई साधारणसभा नभएसम्म भन्दै निलम्बन गरेको थियो ।


को को मतदाता
एन्फा निर्वाचनमा ७७ मतदाता छन् । निर्वाचनमा एन्फामा आबद्ध ४५ जिल्ला, ए डिभिजन क्लबबाट १४, बी डिभिजनबाट नौ तथा सी डिभिजनबाट पाँचजनाले मतदान गर्न पाउँछन् । यसैगरी, प्रशिक्षक, खेलाडी, रेफ्री र महिला समितिबाट एक–एकजनाले मतदान गर्नेछन् ।
बाग्लुङ जिल्ला फुटबल संघबाट रामराज गुरुङ, बाँकेबाट भोजराज शाही, बाराबाट महमद समिउल्लाह, बर्दियाबाट अजित राजभण्डारी, भक्तपुरबाट गौतम सुजखु, चितवनबाट श्रीकृष्ण कार्की, दाङबाट सुशील श्रेष्ठ मताधिकार प्राप्त प्रतिनिधि हुन् ।
धनकुटाबाट गोविन्द राई, दोलखाबाट बाबुकाजी बस्नेत, गोरखाबाट दीपेन्द्र श्रेष्ठ, इलामबाट निरोज खड्गी, झापाबाट पंकजविक्रम नेम्वाङ, कैलालीबाट अनिल मल्ल, कन्चनपुरबाट गणेशबहादुर चन्द, कास्कीबाट मिलन गुरुङ छन् ।
काठमाडौंबाट परेश सापकोटा, काभ्रेबाट रवीन्द्रनाथ श्रेष्ठ, ललितपुरबाट पुरुषोत्तम थापा, लमजुङबाट लोकेन्द्र गुरुङ, महोत्तरीबाट प्रल्हाद साह, मकवानपुरबाट राजेन्द्रकुमार श्रेष्ठ, मोरङबाट दीपेन्द्र धिमाल, नवलपरासीबाट प्रकाश प्रगेनी, नुवाकोटबाट पूर्णमान चित्रकार छन् ।
पाल्पाबाट भीमसेन कार्की, पाँचथरबाट सुरेश साह, पर्साबाट मानदेव हजारा, रौतहटबाट नेपाल कार्की, रूपन्देहीबाट दीर्घबहादुर केसी, सप्तरीबाट देवेन्द्रमान सिंह बस्नेत, सर्लाहीबाट ठाकुरबहादुर सुस्लिङ, स्याङ्जाबाट लालबहादुर ज्वारचन, सिन्धुपाल्चोबाट वीरबहादुर खड्का, सिराहबाट प्रविणकुमार यादव, सुनसरीबाट केशव कार्की, सुर्खेतबाट जनकबहादुर रावत, तनहुँबाट रत्नकुमार श्रेष्ठ, उदयपुरबाट किरण राई, धादिङबाट दीपक खतिवडा छन् ।
धनुषाबाट दीपक खाती, सिन्धुलीबाट लक्षु देवकोटा, संखुवासभाबाट भरतकुमार घिमिरे, जुम्लाबाट भरतबहादुर बुढथापा, भोजपुरबाट प्रविणकुमार सुवाल, ताप्लेजुङबाट बालकुमार साँवा छन् ।
त्यसैगरी ए डिभिजन क्लबहरूमध्ये मनाङ मस्र्याङ्दी क्लबाट विजय घले, मछिन्द्र क्लबबाट प्रवोधवीरसिं कंसाकार, थ्रीस्टारबाट अरुणमान जोशी, नेपाल पुलिस क्लबबाट भरतबहादुर शाह, संकटाबाट इन्द्रमान तुलाधर, नेपाल एपीएफबाट राघवसिंह थापा, हिमालयन शेर्पा क्लबबाट कर्मा छिरिङ शेर्पा, सरस्वती युवा क्लबाट शिक्षित पराजुली, फ्रेन्डस क्लबाट राजिवराज पौड्याल, त्रिभुवन आर्मी क्लबाट प्रकाशराज थापा, जावलाखेल युथ क्लबाट ठूलोभाई केसी, ब्रिगेड ब्वाइज क्लबबाट राजु हायजु, च्यासल युवा क्लबाट दिनेश व्यन्जनकार, एनआरटीबाट दीपकहर्ष बज्राचार्य रहेका छन् ।
त्यसैगरी, बी डिभिजन क्लबबाट मध्यपुर युथ एसोसिएसनबाट अष्टकुमार कवे, नयाँवस्ती, युवा क्लबबाट सुभाष पुडासैनी, टुसाल युवा क्लबाट विजय लामा, पुल्चोक स्पोर्टस् क्लबाट रविन्द्र जोशी, बाँसबारी क्लबबाट मधुसूदन उपाध्याय, ब्वाइज युनियन क्लबबाट निरजबहादुर राउत क्षेत्री, अन्नपूर्ण (आरसीटी) क्लबबाट कुमार राजभण्डारी, भगवती क्लबबाट मनिष जोशी, कुमारी क्लबबाट मोहनकुमार बस्नेत रहेका छन् ।
त्यस्तै, सी डिभिजन क्लबबाट सानो गौचरण युथ क्लबबाट शरदकुमार आले, समाजकल्याण खेलकुद केन्द्रबाट नवीन महर्जन, ओसिस क्लबबाट विष्णु श्रेष्ठ, प्लानिङ व्याइज युनाटेडबाट दावा लामा, खालीबारी युवा फुटबल क्लबबाट महेश श्रेष्ठ रहेका छन् । त्यसैगरी, प्रशिक्षक संघबाट विनोद लामा, रेफ्री संघबाट लव खत्री, महिला संघबाट पेमा डोल्मा लामा र खेलाडी संघबाट राजेश मानन्धर रहेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सर्वाधिक धन राशिको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’

विश्वकप २०१८ नजिकिएसँगै सर्वत्र फुटबलको चर्चा सुरु भएको छ । सबै साथीभाइ र परिवार बसेर विश्वकप फुटबललाई...

२०१८ विश्वकप फुटबलको लागि ‘कोका–कोला एन्थम’ सार्वजनिक

फिफा विश्वकप २०१८को लागि कोका–कोलाले आफ्नो कोका–कोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै