logo

भूकम्पपीडितको नाममा सरकार र आईएजनीओ र एनजीओको मस्ती

रोशन कार्की
भूकम्प गएको तीन वर्ष पूरा भयो । यस अवधिमा धेरै सरकार परिवर्तन भए । तीन वटा निर्वाचन पनि सकिए । तर, भूकम्पले क्षति पु¥याएको घर र मानवीय क्षति भएका जनताको पक्षमा न सरकारले केही गर्न सकेको छ न पीडितहरुले घर बनाउन नै सकेका छन् । तर, सरकार भने मस्तीमा छ जसले गर्दा अझै पनि भूकम्पपीडितहरु पीडामा छन् । भूकम्पपछि अधिकांश मानिस पाल टाँगेर र छाप्रोमै बस्दै आएका छन् ।
अधिकांशले सरकारले उपलब्ध गराएको पुनर्निर्माणको पहिलो किस्ता ५० हजार रुपैयाँ पाए पनि घर बनाउन सकेका छनैनन् । कारण सो ५० हजार रुपैयाँ न सामान किन्न पुग्छ न ज्याला दिन । जिल्लाका अधिकांश घरपरिवार थातथलो छोडेर हिँड्नुपर्ने अवस्थामा रहेका छन् । तर, सरकार भने पुनर्निर्माण प्राधिकरणमा आप्mना मान्छेलाई जागिर खुवाउने र विदेश भ्रमण लैजानेबाहेक केही गर्न सकेको छैन ।
भूकम्प गएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई दसँै नै आएको छ । पीडितहरुको अनुहार र भत्केको घरको फोटोलाई दातासमक्ष देखाएर करोडांै रुपैयाँ सङ्कलन गर्न सके । तर, पीडितलाई उही एक पोका चाउचाउ जुन गुणस्तहीन खाद्य वस्तु र केही कपडामै करोडांै रुपैयाँको सहयोग गरेको प्रतिवेदन दिएर । भूकम्पको नाममा अहिले पनि गैरसरकारी संस्थाहरुले माग्ने क्रम रोकिएको छैन ।
२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र अर्थात् भूकम्प सायद यो पुस्ताले जीन्दगी नबिर्सने घटना हो । हुन त राजनीतिका यो भन्दा ठूला भुइँचालो भोगेको युगका मानिस हौँ हामी । यसै त लामो समयदेखि रोकिएको विकास कार्य त्यसैमाथि झन यो भूकम्प । राणाकालमा निर्माण भई जिर्ण बनेका संरचनाहरु एक धक्का पनि सहन नसक्दै सबै धुलोमा परिणत भए । कान्तिपुर नगरीको सान धरहरा, भगवान्का मन्दिर, मस्जिद, पुरातत्व संरचना, बौद्ध स्तुपा, राज्यको संरचना, व्यापारिक केन्द्र जनताका घर–गोठ केही सग्लो रहेनन् ।
भूकम्पमा १४ जिल्ला पुरै ध्वस्त भएको अवस्थामा पुग्दा हजारांै मानिस मृत्यु वरण गर्नुपरेको थियो । खानलाई खाना छैन, बस्नलाई बास छैन, न त ओत लाग्ने छत नै छ यस्तो पीडाको अवस्थामा रहँदा धेरै नेताहरु आए आश्वासन दिए तीन वर्षको दुःखत अवधिमा दुई–तीन पटक प्रधानमन्त्री फेरिए । धेरै मन्त्रीहरु भए, धेरै कर्मचारी परिर्वतन भए । नेताको विदेश भ्रमण रोकिएन, पाँचतारे होटेलका मिटिङ रोकिएन, रोकियो त धरहरा उठ्न रोकियो, पीडितको घर उठ्न रोकियो, विद्यालय, अस्पताल र बाटो आदि उठ्न सकेनन् । जाडोले कठ्यांग्रेर ज्यान गुमाउनेको, सुत्केरी व्यथामा औषधि उपचार नपाएर छट्पटाइरहेको मान्छेको, घर टहराले च्यापिएर छट्पटाइको बेलाको अभावमा बस्दा देखेको सपना कहिल्यै उठेन ।
पुनर्निर्माणको कार्य गर्नका लागि बनाएको संयन्त्रको गति ४० वर्षे पुरानो गाडीको जस्तो रहेको छ । देशको नेतृत्व लिने सम्माननीय व्यक्ति प्रधानमन्त्री बन्न भूकम्पपीडितलाई हेलिकप्टरबाट भए पनि राहत पु¥याउँछु । एक–दुई किस्ता गरेर हैन एकमुष्ट रकम बाँड्नुपर्छ भनेर सरकार र सत्ता लिन र सत्ता लम्बाउनबाहेक केही गर्न तयार छैनन् । सरकार लम्ब्याउन राजनैतिक गैरसरकारमा लागेर सबै गर्नुपर्ने काम जति छायामा पारिरहेको छ सरकार । न पीडितले पुनस्र्थापनाको अवसर पाए न भूकम्पको पीडा मेट्न पाए । भूम्पको तेस्रो वार्षिकी मनाउँदा फेरि कति सपना र आस्वासन जनताले पाउने हुन थाहा छैन । राज्यले दिएको आर्थिक सहयोग होस् वा अन्य दाताले दिएको सहयोग होस् आफ्ना परिवार, नाता र कार्यकर्तालाई चुनावी नारा बनाउनबाहेक न केही गरे न नौलो काम केही गरे ।
भूकम्पपीडितको वास्तविक पीडा नदेख्ने र आफ्नो परिवार, नाता र कार्यकर्ताको पीडा मात्र देख्ने नेतृत्वले दाताको सहयोगको अगाडि आफू बसेर फोटो खिज्दै कोट र टाइ टल्काउने कार्यबाहेक केही गर्न सकेन । थोरै नेतृत्वमा रहेका मान्छेले समुदायप्रति बफादार रही काम गर्दा उल्टो नकारात्मक टिप्पणी मात्र भोग्नु प¥यो । जसले गर्दा पीडितको दुःखलाई आफ्नो राजनैतिक भ¥याङको रुपमा प्रयोग गर्दै नेता बन्ने परिपाटीको सुरुवात गर्नेको सख्ंयाको वृद्धि भयो । राज्यले दिएको अस्थायी आवास र न्यानोका लागि होस वा अन्य दाता संस्थाले विभिन्न प्रयोजनका लागि गरेका सहयोग नातावाद र कार्यकर्तावादमा विकसित बन्न सहयोग ग¥यो ।
२०७५ को सुरुवात र वैशाख १२ गतेअघि र पछि कोही पुस्तक निकालेर व्यापारको माध्यम बनाए । कोहीले पुराण लगाए भने कतै बत्ती बाले । तर, पीडितको घर बनाउने कार्यामा न सरकार गम्भीर भयो न गैरसरकारी संस्थामा दयाको भाव नै आयो । आयो त मात्र रकम सङ्कलन गर्ने र आफ्नालाई जागिर खुवाउने र विदशे भ्रमण लैजाने ।
सरकारी पक्षले गर्नुपर्ने काम अहिलेसम्म भएन । दाताले जे भने त्यही गरे मात्र गोष्टी र सेमिनार त्यो पनि पाँचतारे होटलमा । पछिल्लो पटकमा फेरि सुरु भएको छ प्रदेशमा भूकम्पपीडितको नाममा हुने नौटकी । हेटांैडामा भूकम्पपीडितको नाममा कार्यक्रम गोष्टी सेमिनार र कार्यक्रम सकिँदा भत्ताको खाम बुझेर अब सवै भूकम्पपीडितको घर बन्ने छ भन्दै हुँकार सुरु भएको छ । सरकार प्राधिकरणको प्रमुखमा जागिर लगाउने काममा मात्र लागेको छ ।
यसैक्रममा, भूकम्पपीडितलाई घर बनाइदिने भन्दै विश्वको धनीको सूचीमा रहेका भारतीय मूलका नागरिक विनोद चौधरीले अर्बौं रुपैयाँ ठगी गर्न भ्याएका छन् । नेपाल सरकारले चौधरीको अवैध कारोबार गर्दै लामो समयदेखि कर राजस्व छली गर्दै धनी बनेको समाचार प्रकाशन भए पनि सरकारले कारबाही नगर्दा जनताको नाममा समेत उठाएको रकमसमेत आफ्नै खातामा जम्मा गरेर ठगी गरे ।
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि घरबारविहीन भएका भूकम्पपीडितहरुको नाममा चौधरी ग्रुपले ब्रह्मलुट नै मञ्चायो । आफूलाई विश्वकै धनी उद्योगपतिको रुपमा परिचय दिँदै आएको सो समूहका अध्यक्ष चौधरीकै योजनामा ठगी कार्य गरे । भूकम्पहरुलाई अत्याधुनिक घर बनाइदिने बहानामा अर्बौं रुपैयाँ अपचलन गर्न सफल भए । सो समूहका अध्यक्ष चौधरीको योजनामा पीडितको नाममा गुणस्तरहीन सामान्य रुपको घर बनाई सो घरमा चौधरी ग्रुपको लोगो झुण्डाउन मात्र २५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरे ।
सो ग्रुपले जुनजुन स्थानमा घर बनाएर हस्तान्तरण गरेको छ । त्यो कमसल बाँसको प्रयोग गर्न लगाई हावापानीसमेत छेक्न हम्बेहम्बे पर्ने घर निमार्ण गरेर पक्की घर बनाएको कागज पत्रमा हस्ताक्षर गर्न लगाए । चौधरी फाउण्डेसनको नाम दिएर सिन्धुपाल्चोक जिल्लाको भीमटार, काभ्रेको केही गाउँमा बनाएर हस्तान्तरण गरेको सो घरहरु बस्न योग्यसमेत छैन । सिन्धुपाल्चोक जिल्लाको भीमटार गाविस (साविकको गाविस) को दनुवार बस्तीमा बनाएको एकसय १८ भूकम्पपीडित परिवारलाई हस्तान्तरण गरेको घर गुणस्तरहीन रहेको छ । जुन घर पालमुनि बसेकोभन्दा फरक नभएको स्थानीय बासिन्दाहरुको अनुभव रहेको छ ।
सो समूहले भूकम्पबाट घर गुमाएका मध्ये १० हजार परिवारका लागि घर बनाइदिने प्रतिबद्धताअनुरुप फाउण्डेसनले माझी तथा दनुवार समुदायको बाहुल्य रहेको भीमटारका पीडित परिवारलाई घर प्रदान गरेको थियो । तर, सो ग्रुपको गोप्य प्रतिवेदनमा पक्की सुविधासम्पन्न घर निर्माण गरेको उल्लेख ग¥यो । जुन रिपोर्टमा चौधरी ग्रुपले एक घर निर्माणमा ९० लाख रुपैयाँ लागत लागेको उल्लेख गरेको छ । गुणस्तरहीन घर बनाउँदै आफ्नो लोगो राख्न काभ्रेको दोलालघाट, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगुमा पक्की घर बनाएको नक्कली रिपोर्ट बनाई एक अर्ब ४५ करोड ६७ लाख ५३ हजार रुपैयाँ ठगी ग¥यो चौधरी समूहले सिन्धुपाल्चोकको भीमटार, काभ्रेको दोलालघाट, दोलाखाको नाम्दु, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगु, ललितपुरको बुरुङचुली र लोकुण्डोलका भूकम्पपीडितको घर बनाएको भन्दै अर्बौं रुपैयाँ अनियमिकता गर्न सफल भए चौधरी । सो ग्रुपले भूकम्पपीडितको घर बनाउन २५ करोड रुपैयाँ खर्चभएको भाषण गरे । भने सो घर स्कुल निमार्ण गर्ने भन्दै विदेशी संस्थासँग रकम सङ्कलन गरेका थिए । ग्रुपका अध्यक्ष चौधरीले भूकम्पपीडितका लागि एक हजार घर आफैँ बनाइदिने र बाँकी नौ हजार घर दातृ निकायको सहयोगमा बनादिएको घोषणा गरे । तर, सबै विदेशी सहयोगमा सामान्य टहरो बनाएर चौधरीको खर्चमा कहीँ कतै घर बनेको रेकडै छैन मात्र बनाएका गुणस्तहीन घरमा चौधरी ग्रुपको लोगो मात्र झुण्डाएको छ ।
चौधरीले प्राइस वाटर हाउस कुपर्स पीडब्लुसी भारत र सिड्सको सहयोगमा घर बनाएको भन्दै रकम हिनामिना गरेका हुन् । काठमाडौंको चन्द्रागिरीस्थित मच्छेगाउँमा चौधरी समूहले भूकम्पपीडितहरुलाई एउटा घरको नमुना देखाएर झारो टार्ने काम गरेको भेटिएको छ । बाँसबाट बनाइएका यी टहराहरु भत्किसकेका छन् । मच्छेगाउँकी देवकी रानामगरले अस्थायी टहराले तत्कालका लागि केही राहत दिएता पनि सो बाँसको टहरो खासै काममा नआएको बताएकी छिन् ।
घर बनाउन प्रयोग भएको बाँस किराले खाएर कमजोर भइसकेको छ । किरा, सर्पहरु टहरामा बसेर दुःख दिने गरेको पीडितहरुको गुनासो रहेको छ । चौधरी ग्रुपका जनरल म्यानेजर मधुुुसुदन पौडेलले आफूहरुले भनेजस्तै घर बनाइदिएको दाबी गर्छन् । सो सम्बन्धमा पछिल्लो पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । ग्रुपले बनाएको घर भूकम्पपीडिले मर्मत नगर्न चाँडै भत्किएको समेत दाबी गरेको छ । सो घर न्यूनतम पाँच वर्षसम्म टिक्ने दाबी चौधरीले गरेका थिए । तर सो घरहरु एक वर्षमै बस्न नहुने गरी भत्किएका छन् ।
औसतमा सात सय अमेरिकी डलर खर्च गरेर बनाएको घर अहिले कुन अवस्थामा रहेको छ भनेर खोज्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय संस्था प्राइस वाटर्स हाउस कुपर्स (पिडब्लुसी) इण्डिया फाउन्डेसन र सोसल इन्भाइरोमेन्ट एण्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियासँग सहयोग रकम सङ्कलन गरेर अन्त्यमा पक्की घर बनाएर हस्तान्तरण गरेको रिपोर्ट बुझाई रकम हिनामिना गरेको अरोप लागेको हो । सो सम्बन्धमा पटकपटक ग्रुपका अध्यक्ष विनोद चौधरीसँग सम्पर्क आएनन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्थमन्त्रीज्यू, तपार्इंकै अगाडि भ्रष्टाचार हुँदा किन चुप ?

जब सरकार परिवर्तन हुन्छ, त्यसको फाइदा भ्रष्टाचार र तस्करहरुलाई हुने गरेको छ । आम उपभोक्ता र जनतालाई सास्ती...

भूकम्पपीडितको नाममा सरकार र आईएजनीओ र एनजीओको मस्ती

भूकम्प गएको तीन वर्ष पूरा भयो । यस अवधिमा धेरै सरकार परिवर्तन भए । तीन वटा निर्वाचन पनि सकिए । तर, भूकम्पले क्षति...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै