logo

सैनामैनाद्वारा १९ वाट कानुन प्रधानमन्त्रीलाई हस्तान्तरण

सुलसुले
बुटवल, बैशाख ५


रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीय कानुनको संगालो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १९ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिको जानकारी नगरपालिकाले नेपाल सरकारलाई गराएको हो ।


स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी सहितको टोलीले स्थानीय कानुनको एक प्रति प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो ।


स्थानीय कानुनको संगालो हस्तान्तरण गर्ने क्रममा प्रमुख कार्की सहित प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रविज्ञ राजन भट्टराई लगायतको उपस्थिति रहेको थियो । सोहीक्रममा प्रधानमन्त्रीले लोकतन्त्र र मानवअधिकारको मर्मलाई कहिल्यै भुल्न नहुनेमा जोड दिए ।


नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा ९१० बमोजिम सैनामैना नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरेको थियो । राजपत्रमा प्रकाशित भएपछि मात्र स्थानीय कानुन कार्यान्वयमा आउनेछन् ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

तीन समितिको सभापति निर्विरोध

राष्ट्रियसभाअन्तर्गतका चार समितिमध्ये तीन समितिको सभापतिका लागि एक÷एक जनाको उम्मेदवारी परेको छ...

लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै विपक्षी दलले सरकारलाई तानाशाहीको...

न्याय माग्न कहाँ जाने ? देउवा

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै