logo

नेपाललाई खेलकुदले मात्र चिनाएको छ : सदस्य सचिव विष्ट

खोटाङ, वैशाख ४
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताएका छन् । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उनले भने, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ । खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ ।”
खोटाङको दिक्तेलमा सोमबार आयोजित दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अभावै अभावका बीचमा पनि नेपाली खेलाडीले शक्तिशाली भनिएका देशलाई हराएर नेपाली खेलकुदको सम्भावनालाई फराकिलो बनाएको बताए । दिक्तेलस्थित माटीकोरे खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई उपेक्षा गरेसम्म देशको विकास सम्भव नहुने दाबी गरे । “खेलकुदबाट युवा अनुशासित बन्छ, स्वस्थ बन्छ, सभ्य बन्छ, कुलतबाट टाढा रहन्छ,” उनले भने, “खेलकुद अहिलेसम्म उपेक्षामा परेको क्षेत्र हो । खेलकुदलाई यसरी उपेक्षा गरेर विकास सम्भव छैन ।”
सचिव विष्टले नेपाललाई विश्वमा सगरमाथा र गौतमबुद्धको नामबाट मात्र नभै अब खेलकुदको माध्यमबाट चिनाउनु पर्नेमा जोड दिए । “सगरमाथा निर्माण हामीले गरेका हैनौँ । बुद्ध पनि धेरै पहिले जन्मिएका हुन् ।” उनले भने, “अब हाम्रो पसिना र मेहनतले नेपाललाई विश्वसामु चिनाउनुपर्छ । त्यो खेलकुदबाट मात्र सम्भव छ ।”
“अहिलेको सरकार खेलकुदमैत्री छ,” उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हाल रहेका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने निर्णय गरिएको छ । यो अहिलेसम्मको कुनै पनि सरकारले गरेको थिएन । हामीले सरकारको निर्णयको स्वागत गरेका छौँ ।” रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एसियाली खेलकूदमा नेपालको सहभागिता

एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’ अफर

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला अफर सम्पन्न भएको छ । यहि जुन १४ देखि सञ्चालन भएको हिमस्टार...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै