logo

बिहे गर्ने उमेरमा दुई सन्तानकी आमा

जाजरकोट, वैशाख ४
जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् । गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो । त्यतिखेर बिहेबारे आफूलाई राम्रो ज्ञान नै थिएन तर बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनले गुनासो गरिन् ।
“सोह्र वर्षको हुँदा पहिलो सन्तानका रूपमा छोरा जन्माएँ । कलिलै उमेर भएकाले सुत्केरी हुन निकै कठिन भयो”, उनले अतीत सम्झँदै भनिन्, “तीन वर्षपछि दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएँ । श्रीमान्ले ८ कक्षासम्म पढेर छोडे । मेरो ६ कक्षामै पढाइ छुट्यो । अहिले न हातमा सीप छ न योग्यता नै । घरको आर्थिक अवस्था निकै नाजुक छ तर दुवैजना बेरोजगार हुँदा कसरी जिन्दगी बिताउने भन्ने चिन्ताले सताउन थालेको छ ।”
उनले सानैमा बिहे गरेकामा अहिले उनलाई पछुतो लागेको छ । कलिलै उमेरमा बिहे गरेर बच्चा जन्माउनु पर्दा आफ्नो र बच्चाको स्वास्थ्य कमजोर छ । बच्चालाई कुपोषणले सताएको छ । आफ्नै बारीमा लगाएको अन्नले गुजारा नचलेपछि घर खर्च चलाउनका लागि श्रीमान् पाँच महिनाअघि कामको खोजीमा भारतको कालापहाड गएका छन् । घरमा सासू ससुरा, देवर, नन्द, छोरा, छोरी र म छौँ बिहान बेलुकाको छाक टार्न पनि निकै मुस्किल पर्छ, उनले भनिन् ।
सोही ठाउँकी पदमी बुढाको उमेर अहिले भर्खर १८ वर्षको भयो । उनको पनि तीन वर्षअघि नै बिहे भएको हो । उनको काखमा दुई वर्षकी छोरी छ । श्रीमान् रामबहादुर बुढा वैदेशिक कामको सिलसिलामा एक वर्षदेखि भारतमा छन् । आठ कक्षामा पढ्दै गर्दा उनको उमेर १५ वर्षको थियो । त्यतिखेरै पदमी र रामबहादुरका परिवारबीच कुराकानी चलेपछि परिवारले उनीहरूको बिहे गराइदिए । बिहेसँगै बुहारीका रूपमा घरायसी काम गर्नुपर्ने बाध्यताले उनको पढाइ छुट्यो बिहेपछि सुन्दर भविष्यको कल्पना गर्ने पवित्राका जीवन अहिले बोझिलो लागेको उनको गुनासो छ ।
“बिहे के हो ? र बिहे किन गनुपर्छ केही थाहा थिएन । बा आमाको आदेशले बिहे गरेँ । पढ्न पनि पाइनँ ।” गुनासो गर्दै उनले भनिन्, “उमेर नपुगी बिहे गर्नु र गराउनु दुवै बेठिक रहेछ । मैले गरे पनि मेरा सन्तानलाई उमेर नपुगी बिहे गराउँदिन । केटाकेटीलाई राम्रोसँग पढाउँछु । शिक्षा नै ठूलो कुरा रहेछ ।”
विनिता र पदमीमात्र होइन गाउँमा १५ वर्ष नपुग्दै बिहे गरेका तीन दर्जनभन्दा बढी आमा छन् । यो गाउँमा मात्र होइन जिल्लाका अधिकांश ग्रामीण भेगमा उमेर नपुग्दै बिहे गर्न परिवारले नै प्रोत्साहन दिने गरेका छन् । केटीको उमेर नपुगे पनि केटा पक्षले कुरा चलाए आमाबाबुले नै बिहे गरिदिने गरेको पाइन्छ । यो चलन संस्कारकै रूपमा चल्दै आएको छ । केही शिक्षित परिवारले छोराछोरीको पठनपाठनमा ध्यान दिने गरे पनि अन्यले छोरीलाई बिहे नगरी राख्यो भने बिग्रन्छन् । छिट्टै बिहे गरे पुण्य कमाइन्छ भन्ने रूढीवादी सोचले गर्दा पनि यहाँका किशोरीको उमेर नपुग्दै बिहे हुने गरेको हो ।
गरीब, दलित र निम्न आयस्तर भएका परिवारमा आमाबाबुले नै कलिलै उमेरमा बिहे गर्ने प्रवृत्ति बढ्दो भएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । अलि पढेलेखेका र हुनेखाने घरका केटाकेटी पनि बढ्दो प्रविधिको प्रयोग र देखासिकीले गर्दा पढ्दापढ्दै बिहे गर्ने चलन धेरै रहेको स्थानीय शिक्षक कालीबहादुर भण्डारी बताउछन् । बढ्दो बालविवाह अहिले चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।
कलिलै उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । उमेर नपुग्दै गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर हुनाका साथै त्यस्ता अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिने गरेको छ । उमेर नपुग्दै गरिने विवाहका कारण सम्बन्धविच्छेदका घटना पनि बढ्दै गएका छन् । सानैमा बिहे गर्ने केही वर्षपछि श्रीमान्ले सौता हाल्ने र त्यसपछि सम्बन्धविच्छेद हुने गरेको पाइएको छ । रासस

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रदेश समितिका लागि आज पनि मनोनयन

नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार...

एमाले–माओवादी संयुक्त कार्यक्रममा लफडा

एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रममा लफडा भएको छ । लफडापछि...

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै