logo

व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

वीरगञ्ज, वैशाख ४
पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी आइसिपी सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक बनेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढेपनि जितपुर बजारवासीले सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचना भत्काउन मानेका छैनन् । बारम्बार सूचना जारी गरे पनि जितपुर सिमरा उपमहानगरपालिका– ७ जितपुर बजारका बासिन्दाले २५ मिटरभित्रको संरचना हटाउन अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माणमा ढिलाइ भएको हो ।
स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर ती संरचना भत्काइने भएको छ । केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर सडक विस्तार गर्दा जितपुर बजार क्षेत्रमा ठूला साना गरी २०९ वटा घर भत्काउनु पर्ने योजना प्रमुख रवीन्द्र लाल दास बताउछन् । पथलैया वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको थियो । सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि जितपुर बजारवासीका कारण काम प्रभावित भएको दासले बताए ।
सरकारको रु तीन अर्ब ५३ करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्गमा रु एक अर्बको लागतमा तीनवटा पुल निर्माण हुने इन्जिनियर अशोक यादवले बताए । पहिलो चरणमा छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीबिर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौँस्थित आइसिपीमा जोडिएको छ । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले सडक विस्तारको काम अगाडि बढाउन पहल गरिने बताए ।  रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै