logo

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

नवलपरासी, वैशाख ४
पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन् । पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध छैन ।
गुइँठाबाट निस्किने धुँवा स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । लामो समयसम्म गुइँठाको प्रयोग गरी खाना पकाउँदा धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने चिसापानी अस्पतालका डा मोहम्मद नुरुल होदा बताउछन्। “धुवाँले आँखा र श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउँछ,” उनले भने । अस्पतालमा उपचारका लागि अधिकांश गृहिणी महिला आउने गरेका छन् ।
गोबरलाई गुइँठा बनाएर खाना पकाउने काममा प्रयोग गर्दा मलको अभाव हुने गरेको छ । मलको अभावले खाद्यान्न संकटको खतरा निम्तिने डर छ । गोबरले माटोको उर्वरा शक्तिलाई स्थायित्व दिन्छ । ग्रामीण भेगका किसानका घरमा गोबरलाई मलका रुपमा प्रयोग गर्ने चलन गुइँठाकै कारण कम भएको छ । सरकारले सुधारिएको चुलो, गोबरग्यास र अनुदानमा ग्यास वितरणजस्ता कार्यक्रम ल्याए मात्र गुइँठाको प्रयोग रोकिने अवस्था छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्मार्टडोको ‘डोको झमझम अफर’

मनसुनको आगमनसँगै स्मार्टडोकोले सौन्दर्य सामग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामग्रीहरुमा ५०...

आरन पेसामा आत्मनिर्भर बनाउनका लागि निःशुल्क औजार

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले लोप हुँदै गएको आरन व्यवसायलाई स्थापित गर्न फलाम पिटेर जीविकोपार्जन...

भक्तपुरका अधिकांश पसल गैरकानुनी

भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानुनीरुपमा सञ्चालन भएको पाएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै