logo

व्यापारघाटाले थलिएको अर्थतन्त्र

नन्दलाल खरेल
प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्र सम्म आइपुग्दा पनि हाम्रो अर्थतन्त्र व्यापार घाटाले थलिएको छ । व्यापारघाटा हाम्रो अर्थतन्त्रको गम्भीर चुनौतीको रुपमा देखापरेको छ । मुुलुक समृद्धि हुन नसक्नुको पछाडि को कारण व्यापारघाटा प्रमुख रुपमा आएको छ । हाम्रा अर्थमन्त्रीले हालै सार्वजनिक गरेको श्वेतपत्रमा मुलुकको व्यापारघाटा २५ वर्षमा ४२ गुणाले बढेको सार्वजनिक गर्दा यसप्रति जानकारी राख्ने हरेक नेपालीको आङ सिरिङ्ग भएको छ । आर्थिक वर्ष २०४९/५० मा व्यापारघाटा २२ अर्ब थियो भने गत आर्थिक वर्ष २०७३/०७४ मा नौ खर्ब नौ अर्ब कुल व्यापारघाटा भएको छ । यो कुल ग्राहस्थ्य उत्पादनको ३४ दशमलव चार प्रतिशत हो ।
व्यापारघाटा कसरी हुन्छ ? व्यापारघाटाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? किन हाम्रो व्यापारघाटाको पारो हरेक वर्ष उच्च विन्दुले बढिरहेको छ ? के वैदेशिक नीति ठीक नभएर यसो भएको हो ? कि नेपाल भारतबीचको व्यापार नीति ठीक नभएर व्यापारघाटा बढेको त होइन ? कतै स्वाधिन अर्थतन्त्र नभएको कारणले यसो भएको त होइन ? यसको जवाफ हाम्रा अर्थमन्त्री तथा वाणिज्य मन्त्रीसँग छ ? यी सबै प्रश्न सामान्य लागे पनि उत्तर सहज छैन । तै पनि यी सबै प्रश्नको उत्तर खोज्नु हरेक नेपालीको कर्तव्य हो ।
आयतको वृद्धिदर उच्च हुनु र निर्यातको वृद्धि दर न्यून हुनु नै व्यापारघाटाको अवस्था हो । हामी उत्पादन नगर्ने खपत मात्रै गर्ने भएपछि व्यापारघाटा नभएर के हुन्छ ? यसलाई सामान्य ढंगबाट हेर्ने हो भने कि त उत्पादन बढाउनुप-यो कि त खपत घटाउनुप-यो । तर, हाम्रो अवस्था न हामी खपत घटाउन सक्छौं न हामी उत्पादन बढाउन सक्छौं । मुलुकभित्र उत्पादन र उत्पादकतत्व नबढेको तर विशेष गरी रेमिट्यान्सले उपभोग बढेको कारण गत आर्थिक वर्ष व्यापारघाटा नौ खर्ब नौ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा यो २९ प्रतिशत वृद्धि हो । नेपालको वैदेशिक व्यापारको स्थिति अत्यन्तै संकटपूर्ण र नाजुक छ । दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीका वस्तुहरु प्रायः सबै आयात व्यापारमा निर्भर रहनु परेको छ । हरेक वर्ष आयातको व्यापार बढ्दो छ । तर, निर्यात व्यापारको अंश क्रमशः हरेक वर्ष ओरालो लाग्दो अवस्थामा छ ।
मुलुकको आर्थिक वर्ष २०७१/०७२ मा ७ खर्ब ७५ अर्ब रकम बराबरको आयात भयो भने आव ०७२/७३ मा ७ खर्ब ७४ अर्ब भयो । आव ०७३/७४ को आयात मात्र नौ खर्ब ८४ अर्ब पुगको छ । गत आर्थिक वर्ष सबैभन्दा बढी व्यापारघाटा छिमेकी मुलुक भारतसँग भएको छ । तथ्याङ्कअनुसार भारतबाट मात्रै छ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँको सामान आयात भयो निर्यात भने ४१ अर्ब ६० करोड रुपैयामा सीमित भयो जसले गर्दा भारतसँगको व्यापारघाटा मात्रै पाँच खर्ब ९९ अर्ब ५७ करोड पुगको छ । त्यस्तै खर्बभन्दा बढी घाटा भएको अर्को देश चीन हो । आयातमा वृद्धिको तुलनामा निर्यात भने घट्दो छ अर्थात् २७ प्रतिशतले आयात वृद्धि भएको मा निर्यात भने छ प्रतिशतले मात्रै वृद्धि भएको छ । । अहिले आयात निर्यातको अनुपात एक दशमलव १३ प्रतिशतभन्दा बढी पुगिसकेको छ । जुन भोलिका दिनमा यस्तो आयातन अझ डर लाग्र्दो नहोला भन्न सकिन्न । मुलुक समृद्धितर्फ नजानुको कारण हाम्रो निकासी व्यापार कमजोर हुनु हो । हामी दर्जनौँ सामान निकासी गर्छौँ  । तर, धुवाँ भएर उड्ने वस्तु पेट्रोललियम पदार्थको समेत आयात खर्च धान्न सक्दैनौं । हाम्रो शासकहरु पनि दुई/तीन वटा सवारी साधन चलाउँदा हुने ठाउँमा दर्जनौं सवारी साधन चलाई आफूलाई सुरक्षा दिइराखेका छन् । के यिनीहरुलाई व्यापारघाटाको बारेमा थाहा नभएको होला त ? हाम्रा प्रधानमन्त्री, अर्थमन्त्री, वाणिज्य मन्त्री आफूलाई प्रयोग गर्ने साधन कहाँबाट ल्याएका छन् ? स्वदेश मै उत्पादन हुने साधन र सामग्री किन यिनीहरुले प्रयोग गर्दैनन् ? व्यापारघाटा घटाउनुपर्छ भनेर मात्र भाषण गरेर पुग्ला त ? कार्यान्वयन आफैंबाटै गर्नुपर्ने होइन ?
आज भन्दा ४४ वर्षअघि मुलुक कृषिप्रधान देश थियो अर्थात् आर्थिक वर्ष २०३१/०३२ मा कृषिको योगदान जीडिपीमा ७० प्रतिशत थियो । २०४१/०४२ को आर्थिक वर्षमा ५१ प्रतिशतमा झ-यो । त्यसको एक दशकपछि ४१ प्रतिशत अझ २०६१/०६२ मा आइपुग्दा ३५ प्रतिशत २०७१/०७२ मा आइपुग्दा ३३ प्रतिशत र ०७४/०७५ मा आइपुग्दा त ३१ प्रतिशत मात्र रहेको छ । मुलुकबाट युवाहरुको विदेश पलायन नरोकिने हो भने यो प्रतिशत अझ धेरै घट्ने देखिन्छ । जनसंख्याको हिसाबले नेपालको दुई तिहाइ जनसख्या कृषि पेसामा आश्रित छन् । तर, हामी कृषिमा सबैभन्दा धेरै दोस्रो निर्भरता रहेको छ । चालू आर्थिक वर्षको सात महिनामा कृषिजन्य वस्तुमा मात्रै ७५ अर्ब आयात भएको छ । जसमध्ये २६ अर्ब ४४ करोड त खाद्यान्न मात्रै आयात भएको छ । यो परिदृश्यले मुलुक अब कृषि प्रधान देश भन्नु लाज मर्दो कुरा भएको छ ।
हालै अर्थमन्त्रीको श्वेत पत्रद्वारा व्यापारघाटाको डरलाग्दो तस्बिर सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षको सात महिनामा छ खर्ब १४ अर्ब व्यापारघाटा देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी आयात इन्धनमा मात्रै ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात देखिएको छ । त्यस्तै गरेर मेसिनरी उपकरणसँग सम्बन्धित पाटपुर्जामा ७० अर्ब सात करोड रुपैयाँ छ भने ५० अर्ब बराबरको सवारी साधन भित्रिएका छन् । भारतसँग मात्र व्यापार घाटा ६६ प्रतिशत छ ।
हाम्रा शासकहरु, उच्च पदस्थ कर्मचारी , धनाढ्य तथा मध्यम वर्गले खाने, लगाउने र दैनिक जीवनमा उपयोगमा आउने अत्यावश्यक वस्तुदेखि सुविधाका हरेक साधनहरु स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनबाट निर्यात गरिएका सामानहरुमा आकर्षित हुने हाम्रो मानसिकताले पनि व्यापारघाटा बढेको छ । त्यसकारण हाम्रा शासकहरुबाटै स्वदेशमा उत्पादित सामानको प्रयोग गर्ने बानीको सुरुवात गर्न जरुरी छ । राज्यले आफूसँग भएको स्रोतसाधन उपयोग गर्दै अधिकतम जनशक्तिलाई स्वदेशकै रोजगारी दिने र उत्पादन वृद्धि गर्ने कार्यलाई प्रभावकारी रुपमा अघि बढाउने हो भने मात्रै निर्यात बढ्छ । जबसम्म हामीले निर्यात बढाउन सक्दैनौं तबसम्म व्यापारघाटा अनवरत बढी रहन्छ ।
व्यापारघाटा बढ्नुको एउटा प्रमुख कारण खुला तथा बजारमुखी अर्थतन्त्र र आर्थिक उदारीकरणको नीति पनि प्रमुख हो । नेपाल मात्र होइन यो नीति अँगालेका हरेक मुलुकको समस्या अर्थात् व्यापारघाटा विश्वभरि नै व्यापक भइरहेको छ । अमेरिका जस्तो ठूलो अर्थतन्त्र भएको समृद्धशाली मुलुक पनि यसबाट अछुतो रहन सकेन भने अर्काे ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा पनि यही समस्या छ । आगामी दशक सम्मको अवधिमा अमेरिकी घाटा १० दशमलव एक प्रतिशत ट्रिलियनको पूर्वानुमानबाट ११दशमलव सात प्रतिशत ट्रिलियन डलर पुग्ने अपेक्षा गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले भने वैदेशिक व्यापारबाट नाफा आर्जन गर्दै आएको छ । किनकि चीन खुला र आर्थिक उदारीकरणको नीतिभन्दा पनि राज्य नियन्त्रित अर्थव्यवस्था छ । उसले आफ्नो उद्योगहरुलाई भौतिक पूर्वाधारमा राज्यले लगानी गर्ने र सरकारी संरक्षणका विभिन्न नीतिहरुले वैदेशिक व्यापारमा ऊ अगाडि छ ।
व्यापारघाटा बढ्यो भन्ने राष्ट्रिय चिन्ताले मात्रै समस्या समाधान हुँदैन । आज सहरीकरणले गर्दा खेतीयोग्य जमिन क्रमशः घट्दै गएको , युवाशक्ति रोजगारीको खोजीमा विदेश पलायन भएको, खेती गर्ने कृषकहरु नै अर्को पेसा व्यवसाय गर्न थालेको, सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरेको, साम्राज्यवादीहरुको नीति कृषि क्षेत्रमा सरकारले लागू गरेको कारणले आन्तरिक उत्पादन हुन सकेन । नेपाली बजार भारतको समान बेच्ने ठाउँ भएकोले पनि मुलुकको व्यापारघाटा बढेको हो ।
हाम्रो निकासी व्यापार कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्द हो । मुलुक समृद्धशाली नहुनुको मुख्य कारण हाम्रो निकासी व्यापार कमजोर हुनु हो । नेपाल व्यापार एकीकृत रणनीतिले निर्यात योग्य वस्तुको सूचीमा राखेका धेरै जसो कृषि वस्तुहरु नै छन् । तर, निर्यात योग्य वस्तु भइकन पनि ती वस्तुहरु पर्याप्त उत्पादनमा भने सरकारको ध्यान जान सकेको छैन । अर्को कुरा विशेष गरी भारतीय बजार हुँदै तेस्रो मुलुकसम्म जाने वस्तुहरु भारतको अर्घैल्याइका कारण पनि कतिपय निर्यात योग्य वस्तुमा अवरोध आएको छ । यसले गर्दा उत्पादकहरु निरन्तर निरुत्साहित हुँदै गएका छन् । तर, हाम्रा शासकहरु यस्ता विषयहरु छिमेकी देशसँग उठाउनुभन्दा चुपचाप उसले दिएको लालीपप चाटेर बस्ने गर्छन् । यस्तो अवस्थाबाट मुलुक कहिले उँभो लाग्ला ?
अन्त्यमा, हाम्रो व्यापारघाटा दिन प्रतिदिन चुलिनुको मुख्य कारण स्वाधीन अर्थतन्त्र नभएरै हो । यसो हुनुको रहस्य यहाँका शासक वर्गले केही अपवादलाई छोडेर विगतदेखि अहिलेसम्म भारतीय शासक वर्गलाई खुसी तुल्याएसम्म र उसको रणनीतिअनुसार नहिँडेसम्म सत्तामा पुग्न सकिँदैन भन्ने मनोविज्ञानले काम गरेको छ । नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भए पनि राजनीतिक दृष्टिले भारतसँग आश्रित तथा आर्थिक दृष्टिले पराधीन देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । यसका लागि हाम्रा नीति र प्राथमिकता फेरिनुपर्छ । त्यसको लागि सबैभन्दा पहिला हाम्रो संरचना नै परिवर्तन गर्नुपर्दछ । त्यसको लागि हामीले पराधीन मानिसकता त्याग्न सक्नुपर्छ । जबसम्म हामी यी कुराहरु गर्न सक्दैनौं तब न हामी सम्पन्न रहन्छौं न त स्वाधीन हुन्छौं ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

बीमाका फाइदा र बढ्दो आकर्षण

मान्छेले जीवन सुरक्षित रहोस् वा कुनै दुर्घटना र भवितव्य परे केही राहत पाइयोस् भनेर जीवनबीमा गर्ने गरेका छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै