logo

ऋण दुरुपयोग आरोपमा वेल्स फार्गोलाई एक अर्ब डलर जरिवाना

वासिड.टन, वैशाख ४
दुई अमेरिकी नियामकहरुले वेल्स फार्गो कम्पनीलाई एक अर्ब अमेरिकी डलरबराबरको जरिवानाको लागि प्रस्ताव गरेका छन् । अमेरिकाको तेस्रो सबैभन्दा ठुलो बैंकको रुपमा रहेको कम्पनीमा भएको आर्थिक अनियमितताको कारण कम्पनीलाई जरिवाना लगाउने निर्णयमा नियामकहरु पुगेका हुन् । यस वर्षको सुरुवाती तीन महिनाको आर्थिक विवरणले बैंकमा चरम आर्थिक अनियमितता भएको खुलेको हो ।
अमेरिकाको सन्फ्रान्सिस्कोमा रहेको कम्पनीले यस वर्षको तीन महिनाको अवधिमा केही आर्थिक नाफाको नतिजा हासिल भएको बताएको थियो । यद्यपि यो विवरणको विषयमा पूर्ण पाठ भने आउन बाँकी रहेको बताइएको थियो । विश्लेषकहरुले अहिले देखिएको आर्थिक समस्या समाधानको लागि एक अर्ब अमेरिकी डलरबराबरको जरिवाना उपयुक्त रहेको बताइएको छ । यसले बैंकको लोकप्रियतामा पनि उल्लेख्य कमी आउने र कम्पनीको बदनाम हुने पनि विश्लेषकहरुको भनाइ छ ।
यो विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयरमा पनि तीन दशमलव ४ प्रतिशतको गिरावट आएको देखिएको छ । यससँगै उसको सेयर मूल्य ५० दशमलव ८९ अमेरिकी डलरमा पुगेको देखिएको छ । कार्यगत हिसाबमा कम्पनीले आफ्नो अवस्थामा सुधार गर्नसक्ने देखिए पनि अहिले लगाइएको जरिवानाको मूल्य भने उसले कसरी असुलउपर गर्ने हो भन्ने कुरा भने आगामी दिनमा समयले नै बताउनेछ । अहिलेको भन्दा जटिल अवस्थाबाट सुधार गर्दै अहिलेको अवस्थामा आएको कारण पनि कम्पनीको लागि अहिले लगाइएको जरिवानाले खासै ठुलो असर नपार्ने विश्क्लेषकहरुको भनाइ रहेको छ । बैंकले यसअघि पनि आफ्नो खुद्राको व्यापारमा गरेको अनियमितताको कारण व्यापारिक काण्डको सामना गरिसकेको छ । यस्तोमा अहिले बैंकलाई अर्को ठुलो समस्या देखिएको हो ।
वेल्स फार्गो कम्पनीले आफ्नो व्यापारिक नाफामा पनि वार्षिक हिसाबमा ३० करोड देखि ४० करोड डलरसम्मको कटौती हुनसक्ने बताइएको छ । पछिल्लो समय देखिएको समस्याहरुको बाबजुद बैंकले आफ्नो नाफामा छ प्रतिशतको वृद्धिदरको अनुमान गरेको छ । कम्पनीको सेयरको औसत आम्दानीमा पनि प्रतिसेयर एक दशमलव १२ डलरको वृद्धिदर हासिल भएको देखिएको हो । विश्लेषकहरुले भने यो नतिजा औसतमा एक दशमलव ०६ डलर प्रतिसेयरमा रहनसक्ने बताएका छन् । पछिल्लो समय वेल्स फार्गो कम्पनी आफ्नो खर्चमा कटौतीको लागि पनि अघि बढिरहेको छ । यस्तोमा कम्पनीले सन् २०१९ सम्मको अवधिमा आफ्नो खर्चमा चार अर्ब अमेरिकी डलरसम्मको कटौती गर्ने योजना अघि सारेको छ । जसमा उसले आफ्नो सयौं शाखाहरु बन्द गर्ने निर्णइ गरेको छ भने अन्य केही क्षेत्रहरुको खर्चमा पनि व्यापक कटौती हुनसक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आफ्नो राजस्व तेब्बर बनाउने योजनामा एयरबस

युरोपियन हवाइ निर्माता कम्पनी एयरबसले आफ्नो राजस्वमा व्यापक वृद्धिदर हासिल गर्ने योजना अघि सारेको छ । आगामी १०...

चीनको आर्थिक लक्ष्य हासिल हुने

चीनले सन् २०१८ का लागि आँकलन गरेको आर्थिक वृद्धिदरको नतिजा हासिल गर्ने बताएको छ । चीनले आफ्नो आर्थिक क्षेत्रमा...

राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै