logo

तेल उद्योगको सुधारमा भेनेजुयला

काराकास, वैशाख ४
भेनेजुयलाले तेल उद्योगको विस्तारको लागि सहयोगको नयाँ योजना अघि सारेको छ । पछिल्लो समय मुलुकमा देखिएको चरम आर्थिक संकटको अवस्थामा भेनेजुयलाले तेलको उद्योगको अधिकार बढाउने निर्णय गरेको हो । राष्ट्रपति निकोलास मादुरोले मुलुकको तेल उद्योगको विस्तारको लागि अधिकार बढाउने बताएका हुन् ।
अहिले कच्चा तेल उत्पादनको क्षेत्रमा समस्याको सामना गरिरहेको मुलुकको लागि तेलको उद्योग विस्तार गर्न अधिकार बढाउने अपरिहार्य रहेको भन्दै थप अधिकार प्रदान गरिएको हो । अहिले भेनेजुयलाको तेल उत्पादनको नतिजा पनि सन् १९५० यताकै सबैभन्दा कमजोर विन्दुमा रहेको कारण पनि भेनेजुयला समस्यामा रहेको पाइएको हो । राजनीतिक हिसाबमा पनि समस्यामा रहेको कारण तेलको उत्पादन कमजोर बन्न पुगेको विश्लेषकहरुको ठम्याइ रहेको छ । राजनीतिक समस्याको कारण अमेरिकाले भेनेजुयलाका सत्तापक्षका केही नेताहरुमाथि प्रतिबन्ध लगाइराखेको छ । जसको कारण पनि भेनेजुयला आर्थिक सुधार गरी अमेरिकाको प्रतिबन्धलाई चुनौती दिने योजनामा रहेको छ ।
चरम आर्थिक गिरावटको सामना गरिरहेको मुलुकको तेल उत्पादनमा सामान्य अवस्थाको तुलनामा १५ लाख ब्यारेल पव्रतिदिनको हिसाबमा गिरावट आइसकेको गत फेब्रुअरी महिनामा सार्वजनिक भएको विवरणले देखाएको थियो । यसले पनि भेनेजुयलालाई आर्थिक हिसाबमा महत्वपूर्ण सुधारको लागि दबाब बढेको थियो । विशेषगरी भेनेजुयलाका राष्ट्रपति मादुरोको हठको कारण यस किसिमको संकटको सामना गर्नुपरेको भन्दै भेनेजुयलाका अधिकारीहरुले असन्तुष्टि पोख्दै आएका छन् । आर्थिक सुधारको लागि भेनेजुयलाले धेरै योजनाहरु ल्याइसकेको भए पनि उक्त योजनाहरुले कुनै काम गर्न नसकेको कारण पनि भेनेजुयलाको समस्या समाधान हुन नसकेको हो ।
भेनेजुयलाको अर्थतन्त्रमा महत्वपूर्ण सुधार गर्ने भन्दै मादुरोले धेरै योजनाहरु ल्याएका भए पनि उक्त योजनाहरु सबै फिका साबित भएका हुन् । मुलुकका ऊर्जा कम्पनीहरुको सम्झौता नवीकरण गर्दै आर्थिक समस्या समाधान गर्नुपर्ने धारणा भेनेजुयलाले राख्दै आएको छ । भेनेजुयलाले अहिले अघि सारेको योजनामा मुलुकको तेल उद्योगको विस्तारको लागि एक संस्थाको स्थापना गरिएको छ र यसल आफ्नो काम आफैं गर्नेछ । जसले प्रशासनको भूमिका केही कम हुनेछ । जसले मानिसको झन्झटहरु पनि पार लागाउने विवरणमा उल्लेख गरिएको छ । तेल उद्योगमा केही दुर्घटनाका समाचारहरु पनि आइरहेको अवस्थामा भेनेजुयलाले यस किसिमको योजना अगाडि ल्याएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो...

दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।...

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने

युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयमा पुनर्विचार गर्न...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै