logo

सिरिया मामिलामा अमेरिकालाई साथ : फ्रान्स

पेरिस, वैशाख ४
फ्रान्सेली राष्ट्रपति एम्यानुअल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताएका छन् । उनले भने, ‘हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो वाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुनअनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ ।’
उनले आवश्यक परेमा लामो समयसम्म पनि सिरियामा अमेरिकासँगै रहेर कामगर्ने गरी गत शनिबार संयुक्त रुपमा आक्रमण गरिएको दाबी पनि गरे । राष्ट्रपति म्याक्रोनले उक्त आक्रमण विधिसम्मत नै रहेको जिकिर पनि गरे । सिरियामा गएका सात वर्षमा धेरै नागरिक मारिएका छन् र यहाँको सरकारले नै घातक हतियारहरुको प्रयोग गरिरहेको छ त्यसैले ती हतियार नष्ट गर्नुपर्ने भएकोले सो आक्रमण वैधानिक रहेको उनको भनाई थियो ।
उनले विश्व समुदायलाई सिरियाको मानवहत्या रोक्ने काममा सघाउन पनि आग्रह गरेका छन् । उनले मानवताका विरुद्धमा यस्ता रासायनिक र घातक हमलाहरु प्रयोग गरेकोमा सिरियाली सरकार कडा कारबाहीको भागिदार बन्नुपर्छ र यसका लागि विश्व समुदायले पनि सहयोग गर्नुपर्ने बताए । अमेरिका, रुस र फ्रान्सको हमला भनेको अरु केही नभएर सिरियाली सरकारले भण्डारण गरेको मानव स्वास्थ्यका लागि घातक मानिएका रासायनिक हतियारहरुको नष्ट गर्नु हो भन्दै हवाई आक्रमणहरु पनि ती बाहेक अन्यत्र कतै नगरिएकोले विश्व समुदायले यसलाई राजनीतिक मुद्धा बनाउन उचित नहुने बताए ।
सिरियामा अमेरिका, बेलायत र फ्रान्सले गएको शनिबार हवाई आक्रमण गरेका थिए । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रमा आक्रमण भएको थियो । विशेषगरी सिरियाली राजधानी दमासकसमा भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको थियो । तर सो आक्रमण शनिबारै अन्त्य भएको घोषणा गरिएको छ । तर पनि आवश्यक परेमा यस्तो आक्रमण फेरि पनि गरिने धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेकोले फेरि पनि आवश्यक परेमा फेरि सिरियामाथि कारबाही हुने जानकारी दिएका छन् । डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला भएको छ । सो कारबाहीका लागि बेलायत र फ्रान्सले पनि साथ दिएको थियो ।
यद्यपि अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै सरकारको विरोध भएको छ । यस आक्रमणको अनुमोदन गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गर्दै उक्त कार्यका विरुद्धमा अमेरिकी नागरिकको हस्ताक्षर समेत संकलन गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि जम्मा भएर हजारौँ अमेरिकीले आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले त्यस अवसरमा राष्ट्रपति ट्रम्पको विरुद्धमा नाराबाजी पनि गरेका छन् ।
प्रदर्शनकारीहरूले पहेँलो ब्यानर लिएर सिरियामा आक्रमण गर्ने काम तत्कालै बन्द गर्न भनेका छन् । उनीहरूले युद्धको बाटो छोडेर शान्तिको मार्ग रोज्न आह्वान गरेका छन् । उता राष्ट्रपति ट्रम्पले भने सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेर हजारौँ नागरिक मारेको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको स्पष्ट
गरेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चीनको भटमास उत्पादनमा सुधार

चीनको भटमासको उत्पादनमा वृद्धि हुनसक्ने एक विवरण सार्वजनिक भएको छ । गएको सन् २०१७ को अक्टोबरदेखि आगामी...

‘नोटबन्दीको निर्णयले भारतमा नक्कली नोट नियन्त्रणमा’

भारतको नोटबन्दीको निर्णयले नक्कली नोटको कारोबारमा निकै कमी आएको विवरण सार्वजनिक भएको छ । यद्यपि अवैध...

‘विकसित मुलुकका ७० करोड कर्मचारीहरु गरिबीमा’

विकसित तथा उच्च गतिको आर्थिक वृद्धिदर हासिल गरिरहेका मुलुकहरुका ७० करोड कर्मचारीहरु गरिबीको रेखामुनि रहेको एक...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै