logo

२१औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको भीड

काठमाण्डौं, वैशाख ४
काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित २१औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको भीड लागेको छ । एक्स्पोमा करिब ४७ हजारले अवलोकन गरेका छन । पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा तीन दिनमा ५५ लाखभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत ३० गतेदेखि सञ्चालन भइरहेको एक्स्पोमा नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्य रहेको छ ।
मेलामा १० वटा अफिसिल स्टल, एउटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, चारवटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यावसायिक स्टल र दुईवटा फूडस्टल गरी जम्मा ८२ वटा स्टल रहका छन । त्यसैगरी एक्स्पोमा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबीजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा वि.सं. २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापालगायतका क्षेत्रमा विस्तार भइसकेको छ । गत आव २०७३/०७४ सम्म आइपुग्दा ४१ जिल्लामा लगभग छ सय ७८ ठाँउमा एक सय ५३ हेक्टर क्षेत्रफलमा पुष्पखेती भइरहेको छ भने करिब ४३ हजारभन्दा बढीले यस क्षेत्रवाट रोजगारी पाएका छन् । गत वर्षमा मात्र एक अर्बभन्दा बढीको कारोबार गर्न सफल भए पनि आव २०७३/०७४ मा १० करोडबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे देखिन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ योजना

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित भएकाहरुका लागि मोबाइलको रक्षा ‘मेरो सुरक्षा’...

ग्रिल व्यवसायी संघ विशालनगर अध्यक्षमा हाकु श्रेष्ठ

ग्रिल तथा स्टिल व्यवसायी संघ विशालनगरको अधिवेशनबाट हाकुबहादुर श्रेष्ठकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको...

चितवनको नारायणी नमूना विद्यालयलाई वृज सिमेन्टको खेल सामग्री

वृज सिमेन्टले चितवनको नारायणी नमूना विद्यालयमा फुटबल सामग्री वितरण गरेको छ । सिमेन्टले नेपालको नमूना...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै