logo

हनुमानढोकादेखि स्वयम्भूसम्मको विश्वसम्पदा पदमार्गमा पदयात्रा

काठमाण्डौं, वैशाख ४
युनेस्को विश्वसम्पदा हनुमानढोकादेखि युनेस्को विश्वसम्पदा स्वयम्भूसम्मको पदमार्गमा पहिलोपटक आधिकारिक पदयात्रा भएको छ ।
उक्त ऐतिहासिक पदयात्रा सदा अविस्मरणीय रहने प्रतिनिधिसभा सांसद् जीवनराम श्रेष्ठले बताए । नयाँ पुस्तालाई जनचेतना दिन साथै संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ सुरु भएको विश्वसम्पदा विद्यार्थी पदयात्रा भव्य रुपमा सम्पन्न भएको छ । विश्वसम्पदा पदमार्गमा पर्ने विभिन्न सम्पदा अवलोकन गराउने उद्देश्यका साथ सांसद् श्रेष्ठको अगुवाइमा विद्यार्थीहरुको पदयात्रा भएको हो । काठमाडौं वडा नं. २० का वडाध्यक्ष राजेन्द्र मानन्धरको संयोजनमा विद्यार्थी पदयात्रा भएको हो ।
वडा नं. १५, १८ र २० का वडाध्यक्षहरु ईश्वरमान डंगोल, न्हुछेकाजी महर्जन र राजेन्द्र मानन्धरले सामूहिक रुपमा रिबन काटेर पदयात्राको उद्घाटन गरेका हुन् । मरु गणेशको दर्शनसँगै सुरु भएको पदयात्रा मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिति, चसान, दमाइ टोल, सुन्तागल्ली, पाछै गल्ली, नरदेवी, ताम्सिपाखा, भुरुङ्गखेल, डल्लु पुल, डल्लु, धिमेंल्वहँ, भगवानपाउ हुँदै भुइखेलमा समापन भएको थियो । उपस्थित माउण्ट ग्लोरी स्कूल र मोडर्न नेवाः इङ्गलिस स्कूललगायत अन्य विद्यार्थीहरुलाई विश्वसम्पदा उत्सव मूल समारोह समितिका सचिव डिल्ली रत्न तुलाधरले स्वागत गरेका थिए । साथै सांसद् श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
विश्वसम्पदा पदमार्ग निर्धारण र व्यवस्थित बनाउन गठित विश्वसम्पदा उत्सव मूल समारोह समितिको आयोजनामा भइरहेको अभियानमा आइतबार सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी मंगलबार साइक्लिङ्ग साथै अन्य खेलकुद दिवसको रुपमा मनाउनलागेको आयोजकले बताएको छ । प्रदेश नं. ३ का भौतिक पुर्वाधार तथा, ५ गते फोटो वाक, ६ गते हुलाक टिकट प्रदर्शनी, ७ गते आर्ट वर्कशप र ८ गते हेरिटेज वाक साथै मुख्य कार्यक्रम हुन गइरहेको बताइएको छ । ८ गतेको हेरिटेज वाकको उद्घाटन हनुमानढोकामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गर्ने र स्वयम्भूमा हुने मूल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै