logo

आधा दर्जन कम्पनीहरुको चार अर्ब ९३ करोड रुपैयाँको हकप्रद पाइपलाइनमा

काठमाडौं, वैशाख ४
नेपाल धितोपत्र बोर्डसमक्ष आधा दर्जन कम्पनीहरुले हकप्रद सेयर निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डका अनुसार लघुवित्त, वाणिज्य बैंक, बीमासहितका सातवटा कम्पनीहरुले यही चैत १६ गतेसम्म चार अर्ब ९३ करोड ८० लाख ६९ हजार पाँच सय ९५ रुपैयाँबराबरको चार करोड ९३ लाख ८० हजार छ सय ९५ दशमलव ९५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेका हुुन् ।
पछिल्लोपटक अर्थात् यही चैत १६ गते स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एकबराबर एकको अनुपातमा १२ करोड २४ लाख ९७ हजार सात सात सय ६० रुपैयाँबराबरको १२ लाख २४ हजार नौ सय ७७ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि आवेदन दिएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । यसैगरी आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि यही चैत १२ गते १० बराबर आठको अनुपातमा ४३ करोड २० लाख रुपैयाँबराबरको ४३ लाख २० हजार कित्ता सेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार कमपनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी स्वदेशी लघुवित्त वित्तीय संस्थाले पनि हाल कायम रहेको चुक्ता पुँजीबाट एकबराबर एकको अनुपातमा ११ करोड ५० लाख रुपैयाँबराबरको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि बोर्डसमक्ष अनुुमति माग गरेको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार मिर्मिरे माइक्रोफाइनान्सले पनि एकबराबर एकको अनुुपातमा चार करोड ४५ लाख रुपैयाँबराबरको चार लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि आवेदन दिएको छ । संस्थाको सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यीबाहेक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि अझै दुुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँबराबरको हकप्रद सेयर पाइपलाइनमै रहेको छ । बैैंकले गत मंसिर २० गते बोर्डसमक्ष चुक्ता पुँजीको दुुईबराबर एकको अनुुपातमा दुुई करोड ३३ लाख ९५ हजार दुुई सय ९१ कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुुमति माग गरेकोमा सेयर निष्काशनको बारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ९९ करोड ३६ लाख ४७ हजार सात सय ५४ रुपैयाँ र श्री राम सुगर मिलको ८९ करोड तीन लाख ९४ हजार नौ सय ८१ रुपैयाँबराबरको हकप्रद सेयर पनि अझै पाइपलाइनमै रहेको छ ।


पाइपलाइनमा रहेका कम्पनीको हकप्रद सेयर (रुपैयाँमा)
क्र.सं.     कम्पनीको नाम                   अनुुपात         रकम                       बिक्री प्रबन्धक
१       स्वरोजगार लघुवित्त संस्था           १ः१          १२२४९७६०        एनएमबी क्यापिटल लिमिटेड
२       आईएमई जनरल इन्स्योरेन्स         १०ः८         ४३२००००००      ग्लोबल आईएमई क्यापिटल
३       स्वदेशी लघुवित्त वित्तीय संस्था     १ः१           ११५००००००      एनआईसी एसिया क्यापिटल
४       मिर्मिरे माइक्रोफाइनान्स              १ः१           ४५०००००         एनआईबीएल एस क्यापिटल
५       एनसीसी बैैंक                          २ः१           २३३९५२९१००     सनराइज क्यापिटल लिमिटेड
६       नेशनल लाइफ इन्स्योरेन्स            १०ः६         ९९३६४७७५४      एनआईबीएल एस क्यापिटल
७       श्रीराम सुुगर मिल                      १ः३          ८९०३९४९८१      सिद्धार्थ क्यापिटल लिमिटेड
(स्रोत ः नेपाल धितोपत्र बोर्ड)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै