logo

३३ किलो सुन प्रकरण :

छानबिन समिति विराटनगरमा

बिराटनगर, वैशाख ४
अवैध रुपमा आयात गरिएको सुन हराएको घटनाका सम्बन्धमा गृहमन्त्री आफैंले अनुसन्धान गर्ने इच्छा राखेपछि गृह मन्त्रालयको निर्देशनमा मोरङ प्रहरीले सोही आरोपमा भरिया सनम शाक्यको हत्यासँग जोडेर १७ जना आरोपितविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
शाक्यको हत्यापछि खुलेको ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न भनी गृहमन्त्रीकै इच्छाअनुसार गृह मन्त्रालयले गठन गरेको छानबिन समिति र मोरङ प्रहरीको नियन्त्रणमा रहेका १७ जनाविरुद्ध गत चैत २६ गते १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । मोरङ प्रहरीले नियन्त्रणमा लिएका पाँच जनासहित अन्य १२ जनामाथि संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यानमुद्दामा म्याद थप गरिएको प्रहरी उच्चस्रोतले बताएको छ । अवैध रुपमा आयात भएको भनिएको सुन बाटोबाटै हराएपछि खोजीका लागि यातना दिनेक्रममा भरिया सनम शाक्यको मृत्युसँगै यो प्रकरण जटिल बनेको रहस्य पनि अहिले आएर खुलेको छ । अनुसन्धानका लागि गठित समितिले विभिन्न मितिमा पक्राउ गरेका १७ जनालाई म्यादथप गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइरहेको प्रहरी स्रोतले बतायो ।
सुन प्रकरणमा मुछिएकाहरु प्रहरीको नियन्त्रणपछि अनुसन्धानका लागि म्यादथप भएकाहरुमा सुनसरी धरान बस्ने चाचाजी भन्ने महावीर गोल्यान, भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन रहेका छन् । त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे पनि अहिले प्रहरीकै नियन्त्रणमा रहेका छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरिएको थाहा भएको छ । दुवईबाट सुन तस्करी गरी आयात गरेको भनिएका मालिक चूडामणि उप्रेती ‘गोरे’ अहिलेसम्म फरार नै रहेका छन् । उनी फरार हुनुमा प्रहरीभित्रै मिलेमतो रहेको आशंका गर्न थालिएको छ । पक्राउ परेका १७ मध्ये गत फागुन १९ गते मोहन काफ्ले, नरेन्द्र कार्की र चालक टेकराज मल्ल ठकुरीलाई सनम शाक्यको शव राखिएको स्कोर्पियो गाडीबाट नियन्त्रणमा लिइएको थियो । घटनाको अनुसन्धानकै क्रममा झापा चारआलीबाट लाक्पा शेर्पालाई नियन्त्रणमा लिइएपछि माधव भनिने मदनप्रसाद घिमिरे समेत पक्राउ परेको खुल्न पुगेको छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार मोरङ प्रहरीमा रहेका पाँच जनामाथि अनुसन्धान गर्दै जाँदा थप १२ जना संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयका सहसचिव ईश्वर पौड्यालको संयोजकत्वमा छानबिन समिति गठनसँगै नियन्त्रणमा परेका १७ जनालाई अहिले छानबिन समिति र मोरङ प्रहरीले संयुक्त अनुसन्धान गरिरहेको थाहा भएको छ । सुन प्रकरणमा मारिएका शाक्यको शवसँगै फागुन १९ गते पक्राउ परेका मोहन, नरेन्द्र र टेकराज समेत सुन बोक्ने भरिया मात्रै भएको बताइन्छ । हराएको सुनको सूचना लिन तस्करले उनीहरुविरुद्ध पनि यातना दिएका कारण शरीरभरि निलडाम र घाउचोट लागेको रहस्य प्रहरी स्रोतले दिएको छ । अहिले सनम शाक्य हत्यापछि खुलेको ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका अधिकारीहरुको पनि संलग्नता भएको आशंकामा गृहमन्त्रीकै निर्देशनमा गृह मन्त्रालयले अनुसन्धानका लागि सहसचिव ईश्वर पौड्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । उक्त सहसचिवको नेतृत्वमा गठित छानबिन समिति केही दिनयता विराटनगरमै बसेर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै