logo

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

काठमाडौँ, वैशाख ३
नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन् । नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । सहायक सेनानीमा विसं २०६१ सालमा भर्ना भई हाल कल्याणकारी निर्देशनालयमा कार्यरत सेनानी सुलोचनाले सेनाको उक्त प्रतिष्ठित कोर्ष गर्न पाउने पहिलो महिला भइ सैनिकको क्षेत्रमा नौलो इतिहास रचिने भएको छ ।
पच्चिसौँ कमाण्ड एण्ड स्टाफ कोर्षका लागि यस वर्ष सात महिलासहित ३०० सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकामा ४९ जना छनोट भएका थिए । दश वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्षका लागि तीन पटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त कोर्ष सैनिक संगठनमा माथिल्लो तहमा पदोन्नति हुन अनिवार्य मानिन्छ । सहसेनानी र सेनानीले उक्त कोर्षका लागि प्रतिस्पर्धा गर्न पाउने सैनिक ऐनमा व्यवस्था छ ।
एउटै कोर्षमा सुलोचना र परिचित दम्पती :- सुलोचनालाई उक्त कोर्ष आफ्ना पति सेनानी परिचित देउजासँगै एकैसाथ सहभागी हुने अवसरसमेत जुटेको छ । परिचित नेपाली सेनाको ४५औँ समूहमा तथा सुलोचना ४६औँ समूहमा भर्ना भएका अधिकृत हुन् । हामी दुवैले निकै मेहनत गरेर परीक्षा दिएकाले सफल भएका हौँ, निकै खुशी लागेको छ, यो कोर्षका लागि निकै ठूलो प्रतिस्पर्धा हुन्छ, यस पटकदेखि महिलाका लागि पनि ढोका खुल्ला भएको छ, सेनानी सुलोचनाले भनिन् । पछिल्लो समय शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज विश्वका शक्तिशाली मुलुकका सेनाका लागि उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।
उक्त कलेजमा सञ्चालित २५औँ शृङ्खलाको कमाण्ड एण्ड स्टाफ कोर्षमा बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित नौ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजनासहित उक्त कोर्षमा ६२ प्रशिक्षार्थीको सहभागिता छ । सेनानी सुलोचना एक्ली महिला प्रशिक्षार्थी हुन् ।
कलेजमा नेपालसहित १० देशका सेना :- सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिए । अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा रहने आर्मी कमाण्ड एण्ड स्टाफ कलेज आफैँमा एउटा अनुपमस्थल हो । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकामा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ ।
सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवाधिकारको पालनाजस्ता विषयमा अनुभवी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एवं तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिए । शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । उक्त कोर्ष शुभारम्भ गर्दै बलाध्यक्षरथी हेमन्तराज कुँवरले विश्वव्यापी सुरक्षा अवस्था, सुरक्षा चुनौती, नेतृत्व विकास र अनुसन्धानका विषयमा ज्ञान बढाउन कमाण्ड एण्ड स्टाफ कोर्ष निकै फलदायी हुने विश्वास व्यक्त गरे । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद परिवार सरकारी सेवाबाट वञ्चित

२०६२/६३ को दोस्रो जनआन्दोलनका शहीद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । शहीद...

आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले...

निजीको बदला सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै