logo
565 x 90 pixel-01.png

गुराँस उत्सवमा रमाए पर्यटक

बागलुङ, वैशाख ३
यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए ।
चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको हो । विगत ६ वर्षदेखि केन्द्रले नयाँ वर्षको अवसरमा गुराँस उत्सव गर्दै आएको छ । घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको सन्देश दिन खोजिएको केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए । “यो वर्ष पनि उत्सव सफल भएको छ, हजारौँले उत्सव अवलोकन गरेका छन्”, अध्यक्ष बस्नेतले भने ।
नयाँ वर्षको स्वागतसहित गुराँस उत्सव मनाउन कतिपय पर्यटक नयाँ वर्षको अघिल्लो दिनै घुम्टे उक्लेका थिए । बढीजसो पर्यटक नयाँ वर्षको पहिलो दिन शनिबार बिहान घुम्टे चढेका थिए । उत्सवमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रम भएका थिए । घुम्टेको धुरीमा रहेका सिद्ध र भैरबको मन्दिरमा पूजाआजा गर्ने भक्तजनको पनि उत्तिकै भीड लागेको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य मना केसीले घुम्टेको धुरीमा राष्ट्रिय झण्डा फहराएको थिए । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।
घुम्टेमा रहेको घना जंगलमा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छन् । गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन उत्सव सहयोगी बनेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । विसं २०७० मा घुम्टेमै भएको मैत्रीपूर्ण पर्यटन भेलापछि गुराँस उत्सव गर्न शुरु गरिएको हो । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउन केन्द्र लागिपरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै