logo
565 x 90 pixel-01.png

सुरक्षित मातृत्व अभियान वर्ष घोषणा

काठमाडौँ, वैशाख ३
स्वास्थ्य मन्त्रालयले २०७५ साल र आगामी वर्षलाई सुरक्षित मातृत्व विशेष अभियान वर्षका रुपमा मनाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पाँचौँ सुरक्षित मातृत्व दिवस २०७५ को अवसरमा अभियान शुरु भएको घोषणा गरेको हो । महाराजगञ्ज शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उनले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियानका साथ देशभर चार चरणमा अघि बढाउने नीति तथा कार्यक्रम अघि सारेको बताए ।
सो अभियानअन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म देशभरका सबै अस्पतालबाट पाठेघरको मुख, स्तन क्यान्सर परीक्षण गरिने गरिनेछ । फिस्टुल र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने छ । साउनदेखि असोजसम्म सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको राज्यमन्त्री अर्यालले बताए । उनले भने, “एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइनेछ, यो कोष आकस्मिक प्रसूति सेवामा उपयोग र प्रयोग गरिने छ ।”
अभियानको तेस्रो चरण कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्वसम्बन्धी किशोर–किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकलासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ भने चौथो चरण पुसदेखि फागुनसम्म सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरी छात्रालाई महिनावारी हुँदा सरसफाइ चेतना अभिवृद्धिका लागि राष्ट्रव्यापी रुपमा स्यानेटरी प्याड वितरण गरिनेछ स्वास्थ्य राज्यमन्त्री अर्यालले जानकारी दिए ।
उनले यो अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग पनि जोडेर काम गरिने बताए । सो अवसरमा स्वास्थ्य राज्यमन्त्री अर्यालले शिक्षण अस्पतालमा महराजगञ्जमा सुत्केरी भएका पाँचजनालाई सम्मान गरे । अस्पतालमा उपचाररत सुत्केरी आमा अनिता श्रेष्ठ, कौशिला दनुवार, विमला थापा, कल्पना न्यौपाने र जानकी पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेको हो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागुऔषध सहित ४ जना पक्राउ

प्रहरीले छुटाछुट्टै घटनामा लागुऔषध सहित ४ जना पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको...

सार्वजनिक स्थानमा हातपात गर्न खोजेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा थाहा नगरपालिका- १०...

नक्कली कागजात बनाउने पक्राउ

सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै