logo

सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

काठमाडौँ, वैशाख ३
सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो ।
भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएको सभामुखका सञ्चार विज्ञ डिल्ली मल्लले जानकारी दिए । सभामुख महराले शान्ति प्रक्रियाका धेरै काम सम्पन्न भइसकेको र अब देश आर्थिक समृद्धि तथा विकासतर्फ पूरै केन्द्रित भएको छ भने । “संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा निर्वाह गरेको भूमिकाका लागि राष्ट्रसंघलाई विशेष धन्यवाद दिन चाहन्छु”, उनले भने, “शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु करीब–करीब सम्पन्न भएका छन् । हामी अहिले दिगो शान्ति र देशको समृद्धितर्फ केन्द्रित भएका छौँ ।” तीन चरणका निर्वाचनमार्फत स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको छ भन्दै सभामुख महराले पाँच वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी विकास र समृद्धितर्फ केन्द्रित रहने बताए ।
सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको जानकारी दिंदै नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा र संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकामा खुशी व्यक्त गरे । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले...

“ १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्ती सहित पक्राउ”

मिति २०७५ साउन १ गते प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त हुना साथ...

फरार चोर पक्राउ

विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै