logo

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

काठमाडौँ, वैशाख ३
अन्तर्राष्ट्रिय सम्पदा दिवसका सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा करीब १०० विद्यार्थीलाई आज भ्रमण गराइएको छ । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदा क्षेत्रबारे उनीहरुलाई सिकाउने र संरक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उनीहरुलाई त्यस क्षेत्रको अवलोकन गराइएको छ । कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रबारे अध्ययन गराइएको हो । हनुमानढोका स्वयम्भूनाथसम्मको दूरी २।२ किलोमिटर रहेको त्यस क्षेत्रमा स्थानीय बाजागाजा, ब्यानरसहित उनीहरुलाई घुमाइएको छ ।
विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले मध्यकालदेखिका सम्पदाले भरिएको त्यस क्षेत्रलाई सम्पदामार्गका रूपमा विकास गरेर नयाँ पर्यटकीय गन्तव्यस्थल बनाउन खाँचो रहेको औँल्याए । समितिका सचिव डिल्लीराम तुलाधरले प्राचीन समयमा निर्माण भएका विभिन्न शैलीका नेपाली कलाले तत्कालीन समाजको सभ्यता र सम्पन्नतालाई अनुमान गर्न सकिने बताउँदै अहिलेको पुस्ताले त्यसलाई संरक्षण तथा प्रवद्र्धन गरी आयआर्जन गर्न सकिने बताए ।
काठमाडौँ महानगरपािलका वडा नं १५, १८ र २० का वडाध्यक्ष क्रमशः ईश्वरमान डंगोल, न्हुछे डंगोल र राजेन्द्र महर्जनले आ–आफ्ना क्षेत्रमा रहेका संस्कृति, परम्परा र सम्पदाको मर्मत संरक्षणमा प्रतिबद्ध रहने जनाए । यही वैशाख ५ गते अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइँदैछ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै