logo

अछाम दरबार पुनःनिर्माणमा लापरवाही

अछाम, वैशाख ३
माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनःनिर्माणमा लापरवाही देखिएको छ । विसं २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुनःनिर्माणको काम २०६५ मा शुरु भएको हो । ठेकेदारको ढिलासुस्ती र अन्य कारणबाट निर्माण कार्य सात वर्ष अवरुद्ध हुन पुग्यो । गत भदौमा पुनः शुरु भएको निर्माण कार्य यतिबेला फेरि रोकिएको छ ।
अछामको पहिचान बोकेको दरबार निर्माणमा लापरवाही हुँदा स्थानीय आक्रोशित बनेका छन् । “अछाम दरबारसँग हाम्रो पुर्खाको इतिहास जोडिएको छ । स्थानीय दिनेशकुमार स्वाँरले भने, “दरबार बनाउँछौँ भनेर पटकपटक अल्मलाएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै निर्माण कार्यमा भइरहेको ढिलाइका विरुद्ध उत्रने छौँ ।” दरबार निर्माणमा भइरहेको ढिलाइमा जिल्लाका सबै सरोकारवाला संलग्न भएकाले कसैले पनि यसका बारेमा बोल्न नचाहेको स्वाँरको आरोप छ ।
भदौमा सञ्चालन भएको काम किन रोकियो भन्नेबारे कुनै जानकारी नभएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताए । “भदौमा दरबार निर्माणका लागि आवश्यक पर्ने काठ जता पाइन्छ त्यतैबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सञ्चालन भएको हो, उनले भने, “अनेक बहाना बनाएर ठेकेदारले नै लापरवाही गरेको छ ।”
अछाम क्षेत्र नं २ का जनप्रतिनिधिले उम्मेदवार हुँदा दरबार पुनःनिर्माण द्रुत गतिमा लैजाने चुनावी एजेण्डा बनाए तापनि हालसम्म कसैले चासो नदिएको उल्टै ठेकेदारको बचाउ गरेको स्थानीयवासीले आरोप लगाएका छन् । अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद यज्ञ बोगटीले निर्वाचित भएलगत्तै दरबारको काम रोकिएको कारणबारे खोजी गरेको बताए । दरबार निर्माणको ठेक्का रु दुई करोड २५ लाखमा स्वीकृत भएको थियो । पचास प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको दाबी गर्ने ठेकेदार जयबहादुर साउदले काम गरेवापत रु ९० लाख रकम निकासा गरिएको बताए ।
विसं २०६७ मै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताउँदै साउदले काठ अभावका कारण सात वर्ष काम रोकिएको बताए । “दुई वर्ष काम भयो विभिन्न किसिमका समस्या आए,उनले भने अहिले निर्माण सामग्रीको भाउ पहिलेको भन्दा दोब्बर बढ्यो तर त्यो पनि पाइँदैन ।” पटकपटक ठेक्काको म्याद थप्दै २०७५ असारसम्म अन्तिम म्याद थपिएको भए पनि काम शुरु हुनेमा शंका नै रहेको सरोकारवाला बताउँछन् ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायतका महत्वपूर्ण कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । माओवादी आक्रमणमा परी अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिं खत्रीसमेत मारिएका थिए । घटनामा सेनाका क्याप्टनसहित ५३ जना, ५९ प्रहरी, दुई निजामती कर्मचारी र आठ सर्वसाधारण गरी १२२ जनाको ज्यान गएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले...

“ १०० वर्ष पुरानो पुरातात्विक महत्वको मुर्ती सहित पक्राउ”

मिति २०७५ साउन १ गते प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि वितरण हुँदैछ भन्ने विशेष खबर प्राप्त हुना साथ...

फरार चोर पक्राउ

विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै