logo
565 x 90 pixel-01.png

पर्यटन प्रवद्र्धनका लागि जापानमा प्रचारप्रसार

टोकियो, जापान, वैशाख ३
नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले टोकियो बाहिर फुकुओकामा प्रचार अभियान चलाएको छ । स्थानीय कला संस्कृति र रहनसहनसँगै विश्व सम्पदा सूचीमा सूचीकृतस्थलको प्रचारप्रसारलाई राजधानी टोकियोमा सीमित गरिँदै आएको थियो । यस पटकदेखि टोकियोबाट पश्चिमतर्फ रहेको फुकुओकामा पहिलो पटक दुई दिवसीय नेपाल भेस्टिवल आयोजना गरी यसको शुरुवात गरिएको छ ।
आयोजकका अनुसार जापानी नागरिकलाई नेपालप्रति आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले राजधानी केन्द्रित प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन फुकुओकामा भेस्टिवल आयोजना गरिएको हो । यस पटकदेखि प्रत्येक नयाँ नेपाली वर्षमा फुकुओका क्षेत्रमा नेपाल फेस्टिवल गर्ने निर्णय गरिएको छ । विभिन्न उद्देश्यले विश्वभर छरिएका नेपालीले आफ्नो कला संस्कृतीसँगै विश्वसम्पदा सूचीमा सूचीकृत स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाएको भन्दै जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले फुकुओकावासी नेपालीले गरेको कार्यको प्रशंसा गरिन् । राणाले नेपालमा लगानी भित्र्याउन यस्ता कार्यले मद्दत पुग्ने भन्दै एकजुट भएर गर्न सकिने कामलाई सबै ठाउँबाट प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
प्रचारप्रसारको फाइदा जापानमा भएका नेपालीलाई मात्र नभएर स्वदेशका नेपालीलाई पनि हुने भएकाले हरेक वर्ष नेपाल फेस्टिवल आयोजना गर्ने निर्णय गरिएको फेस्टिवल आयोजक समिति एवं फुकुओका नेपाल सोसाइटीका पूर्वअध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । शनिबार र आइतबार भएको फेस्टिवलको १५ हजारभन्दा बढी जापानी तथा नेपालीले अवलोकन गरेका थिए । त्यहाँ नेपाली खाना, पोशाक, विप्रेषणसहित सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका जन्मदूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवनको सौराहालगायत पर्यटकीय क्षेत्रको प्रचार सामग्रीसहितका कक्ष राखिएका थिए ।
“जापानी नागरिकलाई नेपालबारे जानकारी दिन राजधानी र प्रमुख शहर केन्द्रित प्रचारप्रसार गाउँ र नगरसम्म पु-याएका हौँ,” श्रेष्ठले भने । निकट भविष्यमा नागोयामा पनि नेपाल फेस्टिवल आयोजना गर्ने तयारी भइरहेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै