logo

टाँडीमा निर्धन उत्थानको उद्यमशीलता तालिम

काठमाण्डौं, वैशाख ३
काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ चैत २८ गतेदेखि ३० गतेसम्म चितवन जिल्लाको टाँडीमा ‘उद्यमशीलता विकास तालिम’ सम्पन्न गरेको छ । उक्त तालिममा दलदले, चनौली र टाँडी शाखाका २० जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरुमा बैंकका वरिष्ठ व्यवस्थापक पवनकुमार श्रेष्ठ, वरिष्ठ व्यवस्थापक परमेश्वर चौधरी रहेका थिए ।
तालिममा ग्राहक सदस्यहरुले आयआर्जन, स्वरोजगार र व्यवसायबीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाख्रपालन तथा भैंसीपालनसम्बन्धी भिडियो, वित्तीय साक्षरतासम्बन्धी भिडियो, व्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, बृहत् छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमुना स्किमहरु, विभिन्न प्रविधिसम्बन्धी भिडियोहरु, बैंकको सेवाहरु, व्यावसायिक योजना, व्यावसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बजार, बजारीकरण, बजार सञ्जालको महत्वका बारेमा सहभागीहरुले जानकारी लिएको क्षेत्रीय प्रमुख चौधरीले बताए ।
तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट सविता चौधरी, जित कुमारी खोजवार, रिना प्रधानले तालिमको मूल्यांकन गरेका थिए । यस उद्यमशीलता विकास तालिम फाइदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । बैंकले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफ्नो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुसी व्यक्त गरेका थिए । समापन सत्रमा निर्धन उत्थान बैंक टाँडी शाखाका प्रमुख ज्योतिराज रेग्मीले मन्तव्य दिएका थिए । तालिमको समापन बैंकको भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले गरेका थिए । क्षेत्रीय प्रमुख चौधरीले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस बैंकबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख चौधरीले बताएका थिए ।
बैंकले सात वटै प्रदेशका देशभरिका ७७ वटै जिल्लाहरुमा एक सय ७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी एक सय ९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याइरहेको छ । यस निर्धन उत्थान बैंकले आठ हजार ९१ जना ग्राहक सदस्यहरुलाई व्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप छ सय जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप सात सय ५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, सचेतनामूलक तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानीसमेत गर्दै आइरहेको छ ।
यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो राष्ट्रियस्तरको लघुवित्त संस्था हो । बैंकले २०७४ फागुन मसान्तसम्ममा तीन लाख सात हजार नौ घरपरिवारहरुमा सेवा पु¥याइरहेको छ । बैंकले २०७४ फागुन मसान्तसम्ममा लगानीमा रहेको कर्जा १४ अर्ब २५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका सात अर्ब ५९ करोड बचत परिचालन गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटी एक्सप्रेसद्वारा ९० दिने लखपति योजना सार्वजनिक

सिटी एक्सप्रेसले ९० दिने लखपति एक्सप्रेस योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान् चाड दसैँँ, तिहार र...

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार सम्पन्न सभाले आगामी कार्यकालको...

एक दर्जन कम्पनीहरुको चार अर्ब तीन करोडको बोनस सूचीकृत

चालू आर्थिक वर्ष सुरु भएदेखि यता ११ वटा कम्पनीहरुको चार अर्ब तीन करोड ५९ लाख ९० हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै