काठमाण्डौं, वैशाख ३
एनसीसी बैंकले २०७५ को क्यालेण्डर सार्वजनिक गरेको छ । विगत वर्षहरु जस्तै २०७५ सालको क्यालेण्डरका तस्बिरहरु पनि पेन्सिल स्केचद्वारा तयार पारिएका छन् । नयाँ वर्ष २०७५ को क्यालेण्डरको थिम नेपाली नृत्यहरु राखिएको छ । उक्त क्यालेण्डरमा नेपालको पूर्वदेखि सुदूरपश्चिम र हिमालदेखि तराई भू–भागका विभिन्न जातजातिहरुको मौलिकता झल्किने नृत्यहरु प्रस्तुत गरिएको बैंकले जानकारी दिएको छ ।