logo
565 x 90 pixel-01.png

चिप्स निर्माता कम्पनीको सम्झौता पुनरवलोकन गर्दै चीन

बेइजिड., वैशाख ३
चीनले अर्धधातुको क्षेत्रमा काम गरिरहेका दुई कम्पनीहरुको अमेरिकासँगको मर्जर सम्झौताको विषयमा पुनरवलोकन गर्ने भएको छ । पछिल्लो समय अमेरिका र चीनको बीचमा देखिएको व्यापारिक तनावको बीचमा चीनले यस किसिमको योजना अघि सारेको हो । यस विषयसँग सम्बन्धित रहेका एक व्यक्तिले यो कुराको पुष्टि गरेका भए पनि यस विषयमा कुनै आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।
चीनले क्वालकोमको ४४ अर्ब अमेरिकी डलरबराबरको मर्जर सम्झौता र तोसिबाको १९ अर्ब डलरबराबरको सम्झौताको पुनरवलोकन गर्न लागेको हो । यस किसिमको सम्झौताको विषयमा लामो समयदेखि ढिलाइ भइरहेको भए पनि चीनले पछिल्लो समय भने यसमा चासो देखाएको हो । गएको जनवरी महिनामा क्वालकोम कम्पनीको सम्झौताको प्रस्तावको पुनरवलोकनको कार्य दोस्रोपटक लम्ब्याइएको थियो । उनीहरुको लागि अप्रिल २५ सम्ममा आफ्नो सम्झौता पूरा गर्नुपर्ने बाध्यता रहेकोमा यो मिति थप लम्बिनसक्ने अधिकारीहरुको भनाइ रहेको छ ।
चिनियाँ उपराष्ट्रपति वाङ क्वीसनले क्वालकोम कम्पनीका अधिकारीहरुसँग कुरा गर्दै राजनीतिको प्रभाव यस किसिमको पुनरवलोकन नहुने आश्वासन दिएका थिए । यसले क्वालकोमको सम्झौता पारित हुनसक्ने आँकलन गरिएको भए पनि पछिल्लो समय म्याद लगाताररुपमा बढिरहनुले भने यो सम्झौता पारित नगर्ने रणनीति चीनको रहेको हुनसक्ने केहीले बताएका छन् । अहिले सार्वजनिक भएको यस किसिमको समाचारको विषयमा भने तोसिबा तथा क्वालकोम कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन् ।
अमेरिकाले चीनसँगको व्यापारघाटा घटाउनका लागि विभिन्न प्रविधिहरुका समग्रीहरुमा पनि कर बढाउने निर्णय गरेको छ । जसको कारण चीन र अमेरिकाको बीचमा व्यापारिक तनाव बढेको देखिएको छ । चीनले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिइसकेको कारण समस्या बढ्नसक्ने देखिएको हो । चीनले पनि आफ्नो खुला अर्थतन्त्रको अवधारणाबाट पछि नहट्ने बताएसँगै विश्वव्यापीरुपमा त्यसको केही असर देखिएको छ । व्यापारिक हिसाबमा चीन र अमेरिकाको बीचमा लामो समयदेखि नै द्वन्द्व चल्दै आएको थियो । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि भने चीनको विरुद्धमा उनले केही महत्वपूर्ण योजनाहरु अघि सारेका थिए । जसमा चीनसँगको व्यापारघाटा घटाउने कुरालाई प्राथमिकता दिइएको थियो । सोही योजनाअनुसार नै यस किसिमको व्यापारिक द्वन्द्व देखिएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लेबनानको ५० करोड डलर ऋणपत्र कतारले किन्ने

आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र...

विश्वव्यापी वृद्धिदरमा थप कटौती हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

अमेरिका–चीन व्यापार विवाद, बेलायतको युरोपेली संघ (ईयू)बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्यापी...

चीनको अर्थतन्त्रमा २८ वर्षयताकै न्यूनता

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै