logo

नेपालको समृद्धि र यसका सम्भावनाहरू

चन्द्रबहादुर नेपाली
समृद्धिको शाब्दिक अर्थ विकास, उन्नति या प्रगति भन्ने हुन्छ । आर्थिक रुपमा सबल हुनु समृद्धि हो । उत्पादन, विनियम, वितरण, पुँजी सङ्ग्रह, लगानी र पुनर्वितरण जस्ता आर्थिक प्रक्रियाहरू चलायमान हुनु समृद्धि हो । युद्ध, क्रान्ति, नाकाबन्दी, दैवीप्रकोप, आर्थिक मन्दीजस्ता घटनाक्रमले अर्थतन्त्रमा गहिरो चोट पु-याए पनि तत्कालै त्यसबाट बिउँतन सक्ने सामथ्र्य राख्नु नै समृद्धिको अवस्था हो । देशको आर्थिक वृद्धि दर बढ्दो क्रममा छ भने त्यसले समृद्धितर्फ डो-याउँछ । नेपालको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थाको लेखाजोखा गर्दा समृद्धिको प्रचुर सम्भावना छ र त्यसलाई अवसरको रुपमा ग्रहण गर्नु आवश्यक छ ।
समृद्धि मापनको सूचक :- आर्थिक उन्नतिले मात्र समृद्धि मापन हुँदैन । समृद्ध राष्ट्र हुनको लागि बेरोजगारी दर कम हुनुपर्दछ । अधिकतम रोजगारीका अवसरहरू सिर्जना भएको हुनुपर्दछ । प्रतिव्यक्ति आय र क्रयशक्ति उच्च हुनुपर्दछ । विश्व बैंकले तोकेबमोजिम न्यूनतम १२ हजार दुई सय ३६ अमेरिकी डलर प्रतिव्यक्ति वार्षिक आय हुनुपर्दछ । हाल नेपालको वार्षिक प्रतिव्यक्ति आय ८२० अमेरिकी डलर छ । संविधानमा देश समाजवादतर्फ उन्मुख भएको उल्लेख गरिएको छ । समाजवादमा त हरेक नागरिकलाई उसको योग्यता र दक्षताअनुसारको काम गर्ने वातावरण राज्यले बनाउनुपर्दछ । नागरिकलाई श्रमअनुसारको मूल्य पुरस्कृत गरिनुपर्छ ।
नेपालको गरिबीको अवस्था :- नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सकेको छैन । संयुक्त राष्ट्र संघीय विकास नीति समितिले नेपालको आर्थिक तथा राजनीतिक चुनौती कायमै रहेको जनाउँदै स्तरोन्नतिका लागि सिफारिस नगर्ने निर्णय गरेको हो । आर्थिक सर्वेक्षणअनुसार नेपालका २५ प्रतिशत जनता गरिबीको रेखामुनि नै छन् । समयमा पूर्ण बजेट आउन नसक्नु, पुँजीगत खर्च हुन नसक्नु, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा बाधा अड्चन आइपर्नु र निजी लगानी पनि यथेष्ट हुन नसक्नुले लक्ष्यअनुसार गरिबी न्यूनीकरणमा असर परेको सर्वेक्षणले देखाएको छ । गरिबी न्यूनीकरण गर्न गरिब घरपरिवार पहिचान गर्ने, तिनको विवरण सङ्कलन गर्ने, परिचय पत्र दिने र राहत दिने कार्य मात्र पर्याप्त हुँदैनन् ।
समृद्ध नेपाल निर्माणको सम्भावना :- कृषि यान्त्रीकरणमार्फत कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यवसायीकरण, पर्यटन तथा सेवा क्षेत्रको विकास एवं विस्तार, जलविद्युत्को उत्पादन एवं प्रयोगबाट औद्योगिकीकरण, जडीबुटी प्रशोधन एवं निर्यात, उपलब्ध जनशक्तिको यथोचित प्रयोग गर्न सकियो भने समृद्ध नेपाल निर्माण सम्भव छ । पूर्वी एसियाका देशहरू जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, सिंगापुरको तीव्र विकासमा जनसांख्यिक लाभको प्रमुख भूमिका रहेको तथ्य प्रमाणित भएको छ । नेपालले पनि यसबाट आर्थिक विकासको अवसरलाई ग्रहण गर्न सक्नुपर्छ । नेपालमा विश्वकै सस्तो श्रम छ जुन दिनप्रतिदिन विदेशिँदै छ । त्यो श्रमलाई स्वदेशमै उत्पादनमूलक रोजगारमा प्रयोग गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु जरुरी छ ।
नेपाललाई चाहिएको विकास :- विकासका प्रमुख तीन प्रकृतिका बहसले विश्वव्यापी मान्यता पाएका छन्– राजनीतिक, प्राज्ञिक र सामाजिक । राजनीतिकस्तरमा हुने विकासको बहस अत्यन्तै महत्वपूर्ण हुन्छ । धेरै विकल्पहरूमध्ये आफ्नो दृष्टिमा उपयुक्त लागेकालाई छनौट गर्ने र निर्वाचनबाट त्यसलाई अनुमोदन गराएर लागू गर्ने अवसर राजनीतिक नेतृत्वलाई प्राप्त हुन्छ । हाम्रा आफ्नै सम्भावनाहरू समेटेर बनाउन सकिने आर्थिक मोडलहरू र विकास नीति के हुने भन्नेबारे अनुसन्धानमा आधारित निष्कर्ष प्राज्ञिक बहसले मात्र निकाल्न सक्छ । विकासको सामाजिक तहमा हुने बहसहरू सूचना, अधिकार वा माग र जनचेतनासँग सम्बन्धित हुन्छन् । विषयकेन्द्रित बहसहरूले विकासका नयाँ मोडलहरू पहिचान गर्न सकारात्मक भूमिका खेल्न सक्छन् ।
जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नु, जनताको जीवनस्तर उठाउनु र उच्चस्तरको आर्थिक समृद्धि हासिल गर्नु विकासले लक्षित गरेका प्रमुख तीन उद्देश्यहरू हुन् । प्राथमिकता र उद्देश्य किटान नगरी हुने लथालिङ्गे विकासलाई सकारात्मक मान्न सकिंदैन । लहडमा केन्द्रित विकासे कार्यक्रमहरू तत्कालका लागि लोकप्रिय भए पनि कालान्तरमा प्रत्युत्पादक सावित हुन्छन् । सकारात्मक परिवर्तन प्राप्तिका लागि नेपालले आफ्नो क्षमताको पहिचान गर्नु र यसको प्रतिस्पर्धात्मक लाभको लेखाजोखा गर्नुको विकल्प छैन । नेपालले आफ्नो मौलिक क्षमताको विकास गरी सबैभन्दा अब्बल वस्तु उत्पादन गर्ने देशको परिचय बनाउनु जरुरी छ ।
सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै विकास हो । विकासको प्रस्थान विन्दु पहिचान भएन भने विकासले गति लिन सक्दैन । नेपाललाई चाहिएको विकास कस्तो हो र त्यो पूरा गर्ने तरिका कुन हो ? यसबारे गम्भीर बहस र छलफल गरिनुपर्छ । नेपालको विकास हुन नसक्नुको प्रमुख कारण यसबारे बहस नै नहुनु हो । आयातीत विकासले देशको सुधार त होला, तर विकास भने हुनै सक्दैन । चौडा सडक, गगनचुम्बी घर र ठूला विमानस्थल मात्रै विकासका मापक होइनन् । आफ्नो आवश्यकता आफ्नै धरातलमा टेकेर खोज्नुपर्ने हुन्छ । हाम्रो मौलिक क्षमता के हो र हामी के मा अरुभन्दा अब्बल बन्न सक्छौँ ? हामीलाई तुलनात्मक रुपमा कुन क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ छ ? हाम्रो मौलिक क्षमता विकास गर्न बढी सजिलो कुन क्षेत्रमा छ ? यी विषयमाथि संयमित र सार्थक बहस गरी तात्विक निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।
सही योजना र व्यवस्थित कार्यान्वयन :- नेपालमा कमजोर योजना र अव्यवस्थित कार्यान्वयनको कारण उपलब्ध स्रोतको पनि व्यवस्थित उपयोग हुन सकेको छैन । उत्पादन, दिगोपन, मौलिक क्षमता विस्तार र आफ्नो प्रतिस्पर्धात्मक लाभका क्षेत्रमा दीर्घकालीन योजना नबनाई विकासको लक्ष्य हासिल हुन सक्दैन । विकासका लागि देशको राजनीतिक स्थिरता, सुशासन, लगानीमैत्री वातावरण, उद्योग व्यापारनीति, मित्रराष्ट्रहरूसँगको सम्बन्ध आदिको अहम् भूमिका रहन्छ । यी पक्षहरू सकारात्मक रहेमा तीव्र गतिमा आर्थिक समृद्धि सम्भव हुन्छ । नेपालको विकासका लागि प्रमुख समस्या पुँजीको अभाव होइन, सही योजना निर्माण गर्ने र व्यवस्थित कार्यान्वयन गर्ने सोचको अभाव हो ।
चुनौती मोल्न सक्ने नेतृत्व :- नेपाललाई समृद्धिको यात्रामा डो-याउन नसक्नु नेतृत्वको असक्षमता पनि हो । चुनौती मोल्न सक्ने, घेराबन्दी तोड्न सक्ने र असाधारण क्षमता प्रदर्शन गर्न सक्ने नेतृत्वको उपस्थिति नेपालमा आवश्यक छ । यथास्थितिमा रमाउने र नयाँपन दिन नसक्ने नेतृत्वको यात्रा गन्तव्यहीन हुन्छ । सम्झौताको दायराबाट बाहिर जान नसक्नेले नयाँ केही पनि गर्न सक्दैन । देशलाई समृद्धिको बाटोमा लैजाने चमत्कारी नेतृत्वको खाँचो सर्वत्र महसुस गरिएकै छ । समाजभित्रकै जटिलता र अन्तरसंघर्षको बीचबाट नयाँ नेतृत्वको खोजी गर्नुपर्ने हुन्छ । नयाँ नेतृत्वको आवश्यकता बोध गर्न जति सजिलो छ, त्यसको निर्माण र प्राप्ति सायद उत्तिकै कठिन पनि छ ।
राजनीतिक स्थायित्व :- देशको समृद्धिका लागि राजनीतिक स्थायित्वको महत्वपूर्ण भूमिका रहन्छ । परिणाम देखाएन भने राम्रो पद्दति छ भनेर त्यसैलाई कुरेर बस्नु उचित हुँदैन । समृद्धिका लागि पुरानोको अन्त्य र नयाँको जन्म अनिवार्य हुन्छ ।यो दुनियाँमा हरेक चीजको विकल्प भएजस्तै राजनीतिक व्यवस्थाको पनि विकल्प छ । निरन्तर फेरबदलले एउटा क्रमिक अवस्था पार गरेपछि क्रमभंग देखा पर्दछ । राजनीतिक स्थायित्वले आर्थिक वृद्धि दर बढ्न मद्दत गर्दछ । यसले गर्दा विदेशी सहायताका साथै निजी क्षेत्रको लगानीमा वृद्धि हुन्छ । न्यून आय भएका मुलुकको आर्थिक वृद्धि दर नौ प्रतिशत पुग्दा नेपालको भने चार प्रतिशतमै सीमित छ । ती मुलुकमा निजी क्षेत्रको लगानीको प्रवाह उच्च भएकोले आर्थिक वृद्धिदर बढ्न सकेको हो । नाइजेरिया र तान्जानिया जस्ता अफ्रिकी मुलुकमा हजारौं मेगावाट विद्युत् निजी लगानीकर्ताले उत्पादन गरिरहेका छन् । राजनीतिक स्थायित्व भएमा राजनीतिक दलहरू संवेदनशील बनेर नीतिगत समस्याहरूलाई निराकरण गर्न सक्छन् र लगानीमैत्री वातावरणको निर्माण हुन्छ । नेपालको औद्योगिकीकरण र आर्थिक समृद्धि हुन नसक्नुको कारणमध्ये राजनीतिक स्थायित्व पनि एउटा मुख्य कारण हो भन्दा अतिशयोक्ति हुँदैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...

‘पहिचानको लडाइँ घातक हुन्छ’

पहिचान भनेको व्यक्ति समाज वा कुनै जात जातीय र वर्ग विशेषले आफू बसेको समाजमा आफ्नो मूल्य स्थापनाको लागि...

वातावरणीय प्रभावको मूल्याङ्कन र सामाजिक असर

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भनेको विकास आयोजनाहरुको बहुपक्षीय विश्लेषण गर्ने विधि हो । जसको मुख्य...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै