logo

पुष्प व्यवसायको आर्थिक पक्ष

विश्वनाथ खरेल
फ्लोरि कल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले गत चैत ३० गतेदेखि २०७५ वैशाख तीन गतेसम्म काठमाडौंमा चारदिने पुष्प मेलाको आयोजना गरेको छ । सो आयोजना हुने २१ औं पुष्प प्रदर्शनी तथा व्यापार मेला भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । उक्त मेलामा कुल ८२ वटा स्टल रहने आयोजकले जनाएका छन् । जसमध्ये ६५ वटा स्टल व्यावसायीक पुष्प प्रदर्शनी तथा बिक्रीका लागि हुनेछन् भने प्रतियोगितात्मक प्रदर्शनीका लागि एउटा, अफिसियल स्टलका लागि १० वटा, ल्यान्ड स्केपिङका लागि चार वटा र दुई वटा फुड स्टल रहने मेला संयोजक तथा एसोसिएसनले जनाएको छ । सो मेला अवधिभर ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र ६० देखि ६५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान एसोसिएसनले गरेको छ । सो एसोसिएसनले पुष्प प्रवद्र्धनमा खेलेको महत्वपूर्ण भूमिकाका कारण सरकारले पुष्प प्रवद्र्धनका कार्यक्रमहरु एसोसिएसनको सहकार्यमा गर्दै आएको पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले बताए । हाम्रो देशमा कम्तीमा पाँच सय प्रजातिका फूलको व्यावसायिक खेती हुने गरेको छ । पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरि कल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार वर्षेनी थप प्रजातिका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ । फूलका बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी गर्ने कार्यक्रम तय भएको आयोकले जानकारी दिएको छ । सो मेलाको मूख्य नाराको रुपमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको छ । यो वर्ष उक्त मेला हेर्नको लागि ६५ हजार अवलोकनकर्ता र ७५ लाख बराबरको कारोबार हुने अनुमान सम्बन्धित क्षेत्रले गरेको छ । सोही मेलामा विभिन्न मौसमी फूलका बिरुवा, कृषि औजार, बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ । त्यसैगरी मेला अवलोकन कर्ताले कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरीलगायतका पुष्प तथा पुष्पका बीउबिजन, कृषि औजार, प्याकेजिङ सामग्री, सूक्ष्म थोपा सिँचाइ प्रविधि र विषादीको जानकारी लिने तथा खरिद गर्नसक्ने व्यवस्था पनि मिलाइको जनाइएको छ । फूल प्रकृतिको वरदान हो । प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । फूल पवित्रताको प्रतीक पनि हो । भगवान्को पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ । तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा विस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । भक्तपुर, काभ्रे, धादिङ, ललितपुर, काठमाडौंलगायतका जिल्लामा फूलको व्यावसायिक खेती हुने गरेको छ । पछिल्ला वर्षहरुमा फूलको माग बढेको छ । माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको फूल व्यवसायीहरु बताउँछन् । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा उक्त एक्पो सञ्चालन भएको हो । ’स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ उक्त एक्स्पोको उद्घाटन कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले गरेका थिए ।
सन्दर्भ : २१औं पुष्प मेला -२०७५ :- हाम्रो देशको कुरा गर्दा फूलले घरसजाउन चाहने पारखीहरुका लागि मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पु-याएको आयोजकले दाबी गरेको छ । यसको खेतीको विस्तार पनि क्रमशः बढ्दै गएको छ । पुष्प खेती देशको ४१ जिल्लामा लगभग छ सय ७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ भने एक सय ५३ हेक्टर क्षेत्रफलमा गरिएको अनुमान छ । यसले ४३ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । आव २०७३/७४ मा जम्मा एक अर्बभन्दा बढीको कारोबार गर्न सफल भएको जानकारी फ्लोरि कल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार आव २०७३/७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ । त्यस्तै, पुष्प व्यवसायमार्फत वार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा वार्षिक वृद्धिदर रहेको बताइएको छ । त्यसैगरी यो हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हुँदै आएको छ । अतः सरकारले व्यावसायिक रुपबाट कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले पुष्पको खेती विस्तार गरेमा अर्बाैं रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरुको भनाइ रहेको छ । यसर्थ विश्व बजारमा नेपाली पुष्पको माग दिनप्रतिदिन बढ्दो रुपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रवद्र्धनमा क्रियाशील रहेको पुष्प व्यवसायीहरुको छाता संस्था प्mलोरि कल्चर एशोसिएसन नेपालले पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि निरन्तररुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आइरहेको छ । व्यवसाय प्रवद्र्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यमको रुपमा रहेको छ । नेपाली पुष्पलाई विश्व बजार बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । समय–समयमा हुने पुष्प व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ । दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन । नेपाली पुष्प अरु देशको भन्दा महँगो पर्छ । हाल मुलुकभर छ सयभन्दा बढी पुष्प व्यवसायी छन् र तिनीहरुबाट वार्षिक रुपमा लगभग ६०–६७ करोड रुपियाँको कारोबार हुने गर्दछ । पुष्पको आन्तरिक कारोबार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसको साथ साथै काम गर्ने श्रमिकहरुको हित एवं कल्याणको लागि समेत सरकार चनाखो हुनुपर्छ ।
समग्रमा भन्नुपर्दा फ्लोरि कल्चर एसोसिएसन नेपालले स्थापनाकालदेखि नै आइपरेका विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै सम्भावनालाई खोज्दै पुष्प व्यवसायको समग्र विकास, विस्तार तथा प्रवद्र्धन गर्न लागिपरेको एसोसिएसनका अध्यक्षले उल्लेख गरे । हाम्रो देशमा विसं. २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रीकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापालगायतका सहरहरुमा फैलिँदो स्थितिमा रहेको एकातिर छ भने नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ । अघिल्लो वर्षमा नेपालले दुई करोड रुपियाँ बराबरको पुष्प निर्यात गरेको थियो । यो खेती निरन्तर रुपमा बढ्दै गए पनि पुष्प खेतीको स्थान छनोट र मौसमअनुसारको निर्यातलाई प्रवद्र्धन गर्न सकेमा नेपली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना रहेको छ । त्यस्तै जापान र अमेरिकामा मौसमी पुष्प, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरीलगायतका पुष्प निर्यात हुँदै आएका छन् । देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्प खेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ । गत वर्ष लगभग २६ करोड रुपियाँको पुष्पको व्यापार नेपालभित्र नै भएको सम्बन्धित क्षेत्रको दाबी रहेको छ । अतः देशमा यस वर्ष पुष्प फक्रिने समयमा वर्षा बढेकाले रोग लागेर उत्पादन हुन नसकेपछि कुल मागको करिब एकतिहाइ पुष्प भारतबाट आयात भएको अनुमान छ । फ्लोरि कल्चर एसोसिएसन नेपालका अनुसार गत वर्ष ८० लाख रुपैयाँ बराबरको पुष्प आयात भएको थियो । गत वर्षभन्दा यस वर्ष पुष्पको खपत बढ्न सक्ने अनुमानका आधारमा १५ प्रतिशत बढाएर पुष्प आयात गर्न लागिएको थियो भन्ने सम्बन्धित निकायको दाबी रहेको पाइन्छ । यसमा सरकारले अलिकति प्राथमिकता दिने हो भने हामी आफ्नै उत्पादनबाट स्वदेशी बजारको मागलाई पूरा गर्न सकिन्छ । यसरी १५ वर्षअघि नेपालको फूलको माग पूर्ति गर्न कुल मागको ८० प्रतिशत आयात गर्नुपर्ने अवस्था थियो । तर, अहिले २० प्रतिशत मात्र आयात गरे पुग्ने अवस्था छ, हाल देशमा छिमेकी देश भारत तथा अन्य देशबाट कुल पुष्पको मागको २० प्रतिशत आयात हुने गरेको छ भने हाम्रो देशको उत्पादनले भने ८० प्रतिशतको मागलाई मात्र धानेको छ । गत वर्ष १० करोड बराबरको पुष्प तथा पुष्पजन्य उत्पादन आयात भएको थियो । पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहँदै आएको छ । नेपालमा पाइने लालीगुराँसलगायतका जङ्गली फूलको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययनसमेत भइरहेको एसोसिएसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

बीमाका फाइदा र बढ्दो आकर्षण

मान्छेले जीवन सुरक्षित रहोस् वा कुनै दुर्घटना र भवितव्य परे केही राहत पाइयोस् भनेर जीवनबीमा गर्ने गरेका छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै