logo

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी,

काठमाडौ, बैशाख ३
आमा भन्दै रोए कराए, छटपटिए घरीघरी
निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, 
संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने त्यो आमा । यिनै आमाहरुमा सर्मपित गीत हो, माथिका हरफहरु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सर्घषरत गायक, संगितकार एवं रचनाकार लेखु सहयात्रीले मातातीर्थ औंसी अर्थात आमाको मुुख हेर्ने दिनको अवसर पारेर आफ्नो आधिकारिक युुट्युव च्यानल लेखुु सहयात्री मार्फत यो गीत सार्वजनिक गरेका हुुन । 
सहयात्री कै शब्दमा भन्नुुपर्दा आमा बितेपछि काममा बसे कै बेला यो गीत रचना गरिएको हो । गीत मार्फत मनभित्रको पिडा, आमाप्रतिको सन्तानको माया र आमा गुुमाउँदाको पीडा व्यक्त गरिएको छ । त्यहीकारण पनि यो गीत सम्पुुर्णरुपमा आमाप्रति सर्मपित रहेको छ, उनी भन्छन । यो गीतमा शब्द र स्वर लेखु सहयात्री, संगीत राजन खतिवडा, संगीत संयोजन फडिन्द्र राई, मिक्सिङ श्यामस्वेत रसाईली, भिडियो निर्देशन अर्जुुन अधिकारी, अभिनय भारतको चर्चित रियालिटी शो, डान्स ईण्डिया डान्सका टप फाइभका प्रतिस्पर्धी सुुशान्त खत्री र क्यामरा पर्सन उत्सव दाहाल रहेकाछन । गितमा व्यक्त भएको भावमा खत्रीले नृत्य मार्फत जीवन्त अभिनय गरेकाछन । 
त्यसो त सहयात्रीको यो नै पहिलो गीत भने होईन । ओखलढुंगा सिस्नेरी वडा नम्वर ०९ स्थायी घर भई हाल ललितपुरको कुपण्डोल बस्दै आएका सहयात्रीको वास्तविक नाम भने लेखराज तिम्सिना रहेको छ । सांगीतिक क्षेत्रमा भने लेखुु सहयात्रीको नाउँबाट चर्चित सहयात्रीले हालसम्म झण्डै पाँच सयको हाराहारीमा गीत रचना गरिसकेकाछन । त्यसमध्ये झण्डै एक सय ५० वटा जति गीत रेर्डडिङ भईसकेकाछन । सोे मध्येमा पनि नेपाली चलचित्र किस्मत—२ मा रहेको दिपक शर्माको संगीत, कृष्ण काफले र सहिमा श्रेष्ठको स्वर, सुुमन केसीको संगीत संयोजन र लेखुु सहयात्रीको शव्द रहेको तिम्रो पिक्र्चस हिट बोलको गीत निकै चर्चित रह्यो । यसैगरी हवाल्दर सुुन्तली नामक फिल्मको गीत चि मुुुसी चि पनि चर्चाको शिखरमा रहेको छ । पछिल्लो समय तिमी संग नामक चलचित्रको टाईटल संग तिमीसंग बोलको गीत पनि निकै नै चर्चामा रहेको छ । 
नेपाली सुुगम संगीतमा लागेको चार बर्ष पुरा भएर पाँच बर्षमा लागेको बताउने लेखुुको सांगीतिक गुुरु चण्डि प्रसाद काफ्ले हुुन । सानदेखि गायक बन्छुु भन्ने लक्ष्य लिएर अगाडि बढेकाछन । परिवार, आफन्त र साथीभाईहरुको साथ, सहयोग, हौसला र आफ्नो मेहनतले नै आजको अवस्थासम्म आईपुुगेको बताउने सहयात्री सबै गायक गायिकाहरु उत्तिकै मन पराउँछन । आफुु सबै प्रकारको गीत सुन्ने हुुदा सबै नै नै गायक गायिकाहरु मन पर्छ, उनी भन्छन ।


भिडियो लिंक : https://www.youtube.com/watch?v=On8RAJL4-fo

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै