logo

‘कर्णालीको विकासका लागि आधुनिक ढंगले बस्ती निर्माण गर्नुपर्छ’

सुर्खेत, वैशाख ३
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु-याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए । ‘कर्णाली आर्थिक र मानव विकाश सूचकाङ्कका दृष्टिले पछाडि परेको छ, प्रधानमन्त्री ओलीले भने । तर, सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।’
कर्णाली प्रदेशको सीमाना दक्षिणी छिमेकीसँग नजोडिएकोले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘कर्णाली प्रदेश दक्षिणी राष्ट्रसँग जोडिएको छैन, प्रधानमन्त्री ओलीले भने । त्यसकारण उत्तरी छिमेकीसँगका नाका खोल्नुुपर्छ ।’
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई विषादीमुक्त प्रदेश बनाउन सकिने बताएका छन् । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको उनले बताए । ‘कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने हाम्रो योजना छ’ प्रधानमन्त्री ओलीले भने । कर्णालीलाई यातायात, सञ्चार, स्वास्थ्य र शिक्षाले देशको मूलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताएका हुन् । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहाँको भूगोल, जनजीवन, सम्भावना, चुनौती आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको उनले बताए । ‘समृद्ध कर्णाली बनाउन जनप्रतिनिधिहरुले अगुवाइ गर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, यहाँको कृषि, जडीबुटी, पर्यटन, ऊर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनुपर्दछ ।’ मध्यपश्चिम विश्व विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिएका छन् । कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, विश्वविद्यालका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखे्रल, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद परिवार सरकारी सेवाबाट वञ्चित

२०६२/६३ को दोस्रो जनआन्दोलनका शहीद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । शहीद...

आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले...

निजीको बदला सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै