logo

अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन

काठमाण्डौं, वैशाख ३
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषधलगायतमा संलग्न अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरुले निर्भिक भई निष्ठाका साथ काम गर्नुपर्ने बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
राष्ट्र र नागरिकको अपेक्षाअनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नयाँ वर्षसँगै नयाँ जोश र उमङ्गका साथ काम गरी तत्काल नतिजा देखाउनुपर्ने उल्लेख गरे । संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न उनले निर्देशनसमेत दिएका छन् । महिला तथा बालबालिकासम्बन्धी हुने अपराधको विषयमा थप संवेदनशील भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्ने, घटनाप्रति मुकदर्शक हुन नहुने र दोषीलाई तत्काल कारबाही गरी कानुनको दायरामा ल्याउनुपर्ने बताए । नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा प्रहरी आचरण र व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्ने तथा कमीकमजोरीलाई सुधार्दै जानुपर्नेमा उनले विशेष जोड दिए । राज्यले सुम्पेको गहन जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने चुनौती र बाधा अड्चनको सामना गर्दै संगठनको छवीलाई थप उचाइमा लैजान प्रहरी कर्मचारीहरुमा अझै मिहिनेत र लगनको आवश्यकता रहेको प्रहरी महानिरीक्षक खनालले बताए । प्रहरी संगठनको सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधाप्रति संगठन सदैव संवेदनशील रहेको जानकारी दिँदै उनले प्रहरी कर्मचारीहरु पनि संगठनको हितप्रति पूर्ण बफादार र निष्ठावान् हुनुपर्ने बताए । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरुलगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै