logo
565 x 90 pixel-01.png

नेपालका लाइफका प्रमुुख कार्यकारी झाको योग्यतामा प्रश्न

प्रमुुख कार्यकारी हुन स्नातकोत्तर उत्तीर्ण हुुनुुपर्नेमा झाको योग्यता स्नातक मात्र

काठमाडौं, बैशाख ३
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत विवेक झाको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ । नेपाल बीमक संघका पूर्वउपाध्यक्ष समेत रहेका झाको शैक्षिक योग्यता कमजोर भएको भन्दै बीमा समितिले डा. फत्त बहादुर केसी अध्यक्षसमेतलाई झामाथि कारबाही गर्न सिफारिस गरेको थियो ।


स्रोतका अनुसार बीमक संघमा उपाध्यक्ष रहकै अवस्थामा झाको शैक्षिक योग्यतामाथि प्रश्न उठेको थियो । त्यति बेलालाई समितिले झालाई प्रमुुख कार्यकारीको लागि शैक्षिक योग्यता नपुुगेको भन्दै योग्यता पूरा गर्न निर्देशन दिएको थियो । समितिको ऐनअनुुसार प्रमुुख कार्यकारी हुुनको लागि एमएसरहको शैक्षिक योग्यता हुुनुुपर्छ । तर झा भने आईए पास गरेपछि सीए पढेर आएका व्यक्ति हुुन् । सीए मात्र गरेको व्यक्तिलाई स्नातक तहसम्मको अध्ययन गरेको मानिने अदालतको नजिर रहेको छ । सोही कारण पनि डा. केसी बीमा समितिको अध्यक्ष रहेको समयमा समितिले झालाई ति दुुई वर्षमा एमए पास गरी योग्यता बढाएर आउन भनेको थियो । बीमा समितिको उक्त निर्देशनपश्चात् झा अध्ययनको लागि भन्दै तलबी विदामा समेत बसेका थिए । पढाइको लागि भन्दै विदा लिए पनि झाले बीमा समितिले तोकेअनुसारको योग्यता पूरा गर्न सकेनन् । सोपश्चात् नीतिगतरुपमा नै प्रमुुख कार्यकारीको योग्यतासम्बन्धी नीतिगत व्यवस्था समायोजन गरी आफूअनकूल बनाउन त्रिवेणी समूहले समितिका तत्कालीन अध्यक्ष डा. केसीलाई निकै ठूलो दबाब दिएको थियो । तर त्यो दबाब डा. केसीले थेग्न सकेनन् ।
बीमा समितिद्वारा जारी गरेको बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७३ अनुसार बीमा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत हुुनको लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुुन, गणितशास्त्र, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच बैँक तथा वित्तीय क्षेत्रमा भए आठ तथा दुुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुुभवसहित कम्तीमा सात वर्षको अनुुभव रहेको हुुनुुपर्ने व्यवस्था रहेको छ । तर स्नातक उत्तीर्ण चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको योग्यता भएको व्यक्तिको हकमा उल्लिखित अनुुभव भएमा उक्त व्यक्ति समेत कार्यकारी प्रमुुखको लागि योग्य भएको मानिने नीतिगत व्यवस्था रहेको छ । यो नीतिगत व्यवस्था त्रिवेणी समूहकै दबाब थेग्न नसकेर आएको स्रोतले भनेको छ ।


यसरी बीमा समितिको प्रमुुख कार्यकारीको नीतिगत व्यवस्था नै उल्ट्याउनुुको प्रमुख कारण नै नेपाल लाइफभित्र भएको आन्तरिक समस्या रहेको दाबी स्रोतले गरेको छ । नेपाल लाइफमा हालसम्म पनि डेपुुटी सीईओ छैन । यो अवस्थामा कम्पनीको व्यवस्थापन समितिमा सर्वेसर्वा भनेका नै प्रमुुख कार्यकारी झा हुुन् । झा नै नहुुँदा कम्पनी चल्न नै नसक्ने देखिएको छ । अहिलेसम्म नेपाल लाइफभित्रको आन्तरिक कुुरा सबै प्रमुुख कार्यकारी झालाई मात्र जानकारी भएको छ र दोस्रो व्यक्तिलाई प्रमुुख कार्यकारीमा ल्याउँदा कम्पनीको आन्तरिक कुराहरु बाहिरका व्यक्तिहरुले थाहा पाउने डर त्रिवेणी ग्रुुपलाई रहेको छ । अहिलेसम्म पनि व्यक्तिगत सम्पत्तिसरह नेपाल लाइफको स्रोत र साधनको दोहन गरिरहेको त्रिवेणी ग्ुुपले प्रमुुख कार्यकारीको रुपमा दोस्रो व्यक्तिलाई ल्याउनुुको साटो सबै शक्ति प्रयोग गरेर झालाई नै प्रमुुख कार्यकारीमा टिकाइराख्नुुको प्रमुुख कारण पनि यही हो, स्रोतले भनेको छ ।
यसअघि कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजार बस्ने राम अवतार अग्रवालले कारबाहीको माग गर्दै बीमा समितिमा गत मंसिर २० गते उजुरी दर्ता गराएका थिए । कारबाहीको माग गर्दै पठाएको पत्रको बोधार्थ अग्रवालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा समेत पठाएका थिए । तर कारबाहीको माग गर्दै पठाएको पत्र विगत तीन महिनादेखि बीमा समितिमा थन्किएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै