logo

भूकम्प प्रभावित जिल्लामा नक्कली घरधूरी

निजी आवास निर्माण निराशाजनक

काठमाडौं, वैशाख ३
भूकम्पबाट अतिप्रभावित जिल्लामध्ये छ जिल्लामा घरधूरी संख्या अस्वाभाविक रुपमा वृद्धि भएको देखिएको छ । छ जिल्लामध्ये पनि चार जिल्लामा नक्कली घरधूरी देखाएर पीडित भएको दाबीसहित सरकारी राहत लिनेको संख्या अधिक देखिएको छ ।
भूकम्प अति प्रभावित १४ मध्ये छ जिल्लामा २०६८ सालको जनगणनाभन्दा सर्वेक्षणबाट कायम भएका घरधूरीको संख्या ५२ हजार पाँच सय ५१ वटा बढी देखिएको छ । ती जिल्लामा भूकम्पले सबै घरमा क्षति पु¥याएको पनि छैन भने उक्त जनगणना गर्दा विगत १० वर्षमा औसत २७ प्रतिशतले (प्रतिवर्ष २.७ प्रतिशत) घरधूरी वृद्धि भएकोमा २०६८ देखि २०७२ सम्म चार वर्षमा १० देखि ११ प्रतिशत वृद्धि हुनुपर्नेमा धादिङ र रामेछापबाहेक अन्य जिल्लामा औसत वार्षिक वृद्धि दरभन्दा बढी र दोलखा जिल्लामा ३९ दशमलव शून्य पाँच प्रतिशतले अत्यधिक वृद्धि भएको छ ।
सिन्धुपाल्चोकमा २६ दशमलव ११ प्रतिशत, रसुवामा २० दशमलव ६२ प्रतिशत, नुवाकोटमा १८ दशमलव ३३ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । पछिल्लो समयमा सुविधायुक्त ठाउँमा बसाइसराइ गर्नेको संख्या वृद्धि हुँदा पनि भूकम्प प्रभावित जिल्लामा घरधूरी बढी देखाइनुको मुख्य उद्देश्य नै नक्कली पीडित देखाएर राहत लिनु मात्र हो । चार जिल्लामा घरधूरी संख्या अस्वाभाविक रुपमा वृद्धि भए पनि धादिङमा एक दशमलव ३४ र रामेछापमा चार दशमलव ८९ प्रतिशत देखिएको छ ।
भूकम्प प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७३ को ३ (१) मा २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षतिग्रस्त भएका निजी आवास पुनर्निर्माण एवं प्रबलीकरणका लागि लगत सकलन कार्यक्रमअन्तर्गत केन्द्रीय तथ्यांक विभागबाट संकलित तथ्यांक र छनौट मापदण्डका आधारमा तयार गरेको विश्लेषणबाट एकीन भई कार्यकारी समितिले निर्णय गरेबमोजिम क्षतिग्रस्त निजी घरका घरधनी लाभग्राहीमा पर्ने व्यवस्था छ । सोअनुसार भूकम्पले घर क्षति भएको तथा काठमाडौँ उपत्यकासहित अन्यत्र निजको वा एकाघर परिवारको बसोबासयोग्य घर नभएको व्यक्ति लाभग्राही सूचीमा समावेश हुने देखिन्छ ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा दर्ता भएका दुई लाख पाँच हजार गुनासो २०७३ चैतमा फछ्र्यौट गर्दा थप भएका लाभग्राही ४१ हजारमध्ये छ जिल्लामा मात्र २४ हजार एक सय २२ घर भएको देखिन्छ । २०७४ साउनदेखि कात्तिकसम्म एक लाख ४३ हजार गुनासो प्राप्त भएकोले उक्त गुनासो फछ्र्यौट गर्दा घरधूरी संख्या अझै बढ्ने देखिन्छ । यस्तो अवस्थालाई स्वाभाविक मान्न नसकिने महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदन २०७४ ले किटान गरेको छ । यसबाट सर्वेक्षणमा कमजोरी भएकोले लाभग्राहीमा पर्नुपर्ने छुटेको वा थप सर्भेक्षण गर्दा नपर्नुपर्ने परेको एकीन गरी सम्बद्ध निकायलाई जिम्मेवार र जवाफदेही बनाउन महालेखाले निर्देशन दिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच वर्षमा दुई खर्ब ३० अर्ब ३१ करोड १५ लाखको लागतमा सात लाख ६७ हजार सात सय पाँच निजी आवास पुनर्निर्माण गरिसक्नुपर्ने लक्ष्य निर्धारण गरेअनुसार २०७४ फागुनमसान्तसम्म ६९ अर्ब २२ करोड ७० लाख खर्च गरेको छ । निजी आवास घर निर्माणका लागि तोकेको पूरै अवधि र लागतको ३० प्रतिशत खर्च गर्दा ६० हजार तीन अर्थात् सात दशमलव ८१ प्रतिशत मात्र आवास निर्माण भएको छ । यसलाई महालेखाले निराशाजनक भएको ठहर गरेको छ ।
भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिसम्बन्धी, २०७३ को दफा ५(ग) मा लाभग्राहीले आवास निर्माण गर्न पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाख अनुदान पाउने व्यवस्था छ । साथै पहिलो किस्ता प्राप्त गर्न लाभग्राहीमा नाम समावेश भएको र सम्झौता गरी तोकिएको बैंकमा खोलेको खाता नम्बर उपलब्ध गराएपछि, दोस्रो किस्ता प्लिन्थ तहसम्म निर्माण गरी प्राविधिकबाट प्रमाणीकरण भएपछि र तेस्रो किस्ता छाना छाउनुअघिसम्मको निर्माणकार्य पूरा गरी प्राविधिकबाट प्रमाणीकरण भएपछि उपलब्ध गराउने उल्लेख छ ।
निजी आवास निर्माण गर्नुपर्ने सात लाख ६७ हजार सात सय पाँचमध्ये छ लाख ९७ हजार छ सय ३५ सँग सम्झौता गरी छ लाख ८५ हजार नौ सय ६९ लाई पहिलो किस्ता ३४ अर्ब २९ करोड ८४ लाख भुक्तानी दिएको देखिन्छ । २०७४ फागुन मसान्तसम्म दुई लाख ५९ हजार दुई सय ८२ ले दोस्रो किस्ता २९ अर्ब ८९ करोड भुक्तानी लिएका छन् । पहिलो किस्ता लिने छ लाख ९७ हजार छ सय ३५ मध्ये ६० हजार तीन अर्थात् सात दशमलव ८१ प्रतिशतले मात्र तेस्रो किस्तासम्म १८ अर्ब नौ लाख भुक्तानी लिएका छन् ।
पहिलो किस्ता भुक्तानी लिई वर्षौँसम्म थप काम नगरेकोले पहिलो किस्ताबापतको रकम समेत निरर्थक बन्न गएको महालेखाको ठहर छ । पहिलो किस्ता लिएपछि दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून देखिएकोले भूकम्प प्रभावित जनताले अनुदान प्राप्त गर्ने प्रक्रिया जटिल भएको मान्नुपर्ने स्थिति रहेको महालेखाको ठहर छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै