logo

टेलिकमद्वारा ह्याप्पी सोसल मिडिया प्याक सुरु

काठमाण्डौं, वैशाख ३
नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । आमाको मुख हेर्ने दिन (मातातीर्थ औंशी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको हो ।
ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिनेछ । उक्त अफर सोमबारदेखि लागू हुने टेलिकमले जनाएको छ । अफर आगामी वैशाख १८ गतेसम्म लिन सकिनेछ । ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत २१ रुपैयाँमा दुई सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । सो प्याक सात दिन अवधिसम्म प्रयोग गर्न सकिनेछ । ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नुपर्ने टेलिकमले बताएको छ ।
विद्यार्थी अफर कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । विद्यार्थी अफर पनि सोमबारदेखि नै लागू हुने टेलिकमले जनाएको छ । विद्यार्थीहरुलाई ५० रुपैयाँको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । सो रकममध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिनेछ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्ने बताइएको छ ।
विद्यार्थीहरुलाई छ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने कम्पनीले बताएको छ । यो सुविधा उपभोग गर्ने समयावधि सात दिनको हुनेछ । त्यसैगरी सो अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा समेत एक वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिनेछ । रिचार्ज गरिसकेपछि यो सुविधा तीन दिनभित्र उपभोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ । अफरअन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरका लागि मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । आगामी तीन महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइनेछ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको छ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ । एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुलाई विद्यार्थी अफरको सिम उपलब्ध गराइनेछ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । साथै नेपाल टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम÷सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भिस्याट प्रविधिमार्फत मुगुमा टेलिकमको जीएसएम मोबाइल सेवा

नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अतिविकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा...

‘निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन’

निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे विद्यार्थी संघ÷संगठनहरुले कडा आन्दोलन गर्ने भएका छन् । संयुक्त...

क्लियर टिभी सेवा दुई सय ५० भन्दा बढी डिजिटल तथा एचडी च्यानलमा

नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले क्लियर टिभी सेवा...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै