logo

दराजको नेपालीपन योजना सुरु ८१ प्रतिशतसम्म छुट

काठमाण्डौं, वैशाख ३
नेपालको अनलाइन मार्केट प्लेस दराज डटकम डट एनपीले नयाँ वर्षको उपलक्ष्यमा नेपालीपन नामको छुट योजना सुरु गरेको छ । अनलाइनमार्केट प्लेसबाट सामान खरिद गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दराजले नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशत सम्मको छुट दिने योजना ल्याएको हो ।
अनलाइन माध्यमबाट वस्तु तथा उत्पादनको बिक्रीवितरणमा नेपालकै अग्रणी मार्केट प्लेस दराजले ‘स्वदेशी सामानमा रमाऔं, नयाँवर्ष मनाऔं’ भन्ने नाराका साथ पाँच दिने छुट योजना सञ्चालन गरेको हो । वैशाख १ देखि ५ गतेसम्म सञ्चालन हुने छुट योजनाअन्तर्गत दराज डटकम डट एनपीबाट अधिक सस्तो मूल्यमा नेपाली उत्पादन खरिद गर्न पाइनेछ । लत्ता कपडा, व्याग, जुत्ता चप्पललगायतका नेपाली उत्पादनको खरिदमा दराजले ८१ प्रतिशतसम्मको छुट दिनेछ । नेपाली ब्राण्डहरु गोल्ड स्टार, कपास, सोनामगियर, सबा नेपाल, शिखर, क्यालिबर लगायतका नेपाली ब्राण्डका उत्पादनको खरिदमा उल्लिखित छुट उपलब्ध हुने बताइएको छ ।
छुट योजना सुरु भएपछिका पहिलो दुई सय जनाले कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा दुई सय ५० रुपैयाँ थप छुट पाउनेछन् । यसका लागि दराजको अनलाइन मार्केट प्लेसबाट सामान खरिद गर्दा अर्ली दुई ५० भौचर कोड प्रयोग गर्नुपर्ने बताईएको छ । त्यसै गरी वैशाख २ देखि ५ गतेसम्म कम्तीमा दुई हजार रुपैयाँको सामान खरिद गर्नेहरुले नेपाल दुई सय ५० भौचर कोड प्रयोग गरी २५० रुपैयाँ छुट पाउनेछन् । दराजले नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि अनलाइन मार्केट प्लेसमा यस्तो छुट योजना सञ्चालन गरेको हो । यसबाट नेपाली उपभोक्ता नेपाली ब्राण्डको प्रयोगमा अभ्यस्त हुने विश्वास दराजले लिएको बताएको छ ।
नेपालका १९ प्रमुख सहरहरुमा सेवा प्रदान गर्दै आएको दराजले वस्तु तथा सेवाका खरिदकर्ता र बिक्रीकर्ताको भेट गराउने गरेको छ । मार्केट प्लेसबाट खरिद गरेको सामान चित्त नबुझेको खण्डमा एक सातासम्ममा फिर्ता गर्न सकिने व्यवस्था दराजले गरेको छ । पछिल्लो पटकमात्र बनेपा र धनगढीमा पनि आफ्नो सेवा सुरु गरेको दराज डटकम डट एनपीको दराज नामको मोबाइल एप्लिकेसनबाट पनि सामान किन्न सकिने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ योजना

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित भएकाहरुका लागि मोबाइलको रक्षा ‘मेरो सुरक्षा’...

ग्रिल व्यवसायी संघ विशालनगर अध्यक्षमा हाकु श्रेष्ठ

ग्रिल तथा स्टिल व्यवसायी संघ विशालनगरको अधिवेशनबाट हाकुबहादुर श्रेष्ठकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको...

चितवनको नारायणी नमूना विद्यालयलाई वृज सिमेन्टको खेल सामग्री

वृज सिमेन्टले चितवनको नारायणी नमूना विद्यालयमा फुटबल सामग्री वितरण गरेको छ । सिमेन्टले नेपालको नमूना...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै