logo

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

जितपुर, कपिलवस्तु, वैशाख २
कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो । जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन भइरहेको छ  । उत्पादन राम्रो भएकै कारण पछिल्लो समय भारतीय माछाको आयात पनि कमी भएको छ ।
पाँच वर्षअघि ८० प्रतिशतभन्दा बढी माछा आयात भएकामा अहिले ३० प्रतिशतमा झरेको छ  । यहाँको उत्पादनले जिल्लाको ५० प्रतिशत माग धान्छ । कृषि प्राविधिकका अनुसार २० प्रतिशत माछा अन्य जिल्लाबाट आउने गरेको छ । अहिले मुलुकमै बढी माछा उत्पादन गर्ने रूपन्देही र जनकपुरलाई यस जिल्लाले दुई वर्षमा पछि पार्ने जिल्ला कृषि कार्यालयका प्रमुख खुर्सेदअहमद खाँले बताए । जिल्लामा प्राकृतिक जलाशय बढिरहेको र धेरै इँटाभट्टा बन्द रहेकाले त्यसमा माछापालन गर्न पोखरी खन्न नपर्दा कम लगानीमै काम गर्न सकिदा कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।
जग्गा भाडामा लिएर पनि पोखरी खनी माछापालन गर्न पनि कम लगानी हुने हुँदा यसमा कृषकको यसतर्फ आकर्षण बढेको हो  । जोखिम कम आम्दानी बढि हुन्छ कृषिका योजना अधिकृत उमेश श्रेष्ठले भने, “त्यही भएर माछापालनले व्यावसायिकता पाउँदै आएको हो  । जिल्लामा माछापाल्ने छसय कृषकमा एकसय महिला छन् ।”
तीन वर्षअघि चारसय हेक्टरमा माछापालन गर्दा जम्मा आठसय मेट्रिकटन माछा उत्पादन हुन्थ्यो । अहिले माछापालन क्षेत्र पनि बढेर सातसय हेक्टर पुगेको छ, भने उत्पादन पनि वृद्धि भएर एक हजार दुईसय मेट्रिकटन पुगेको छ । चालु वर्षमा थप एक सय हेक्टरमा माछापालन हुने भएकाले अन्य जिल्लाबाट आउने माछा अझै घट्ने प्रमुख खाँको दाबी थियो । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा बढी माछा उत्पादन हुन्छ  । जिल्लामा वार्षिक २४ करोडभन्दा बढी आम्दानी हुन्छ । सिल्भर, ग्रास, बिगहेट, कामन, रोहु, भाकुर र नैनी जातका माछा बढी उत्पादन हुन्छ । ‘तीन वर्षअघि क्षेत्रीय कार्यालय र विभागबाट माछा पोखरी हेर्न कोही आए कहाँ लगेर देखाउने भन्ने हुन्थ्यो,’ प्रमुख खाँले भने,“अहिले सजिलो छ  ।”
गतवर्ष ६६ नयाँ किसानले व्यावसायिक रुपले माछा पोखरी बनाएका थिए । उनीहरूले ६ कट्ठादेखि तीन बिघासम्ममा पोखरी बनाएका छन् । यसवर्ष ४० कृषकले पोखरी खनेर माछा पालनको तयारी गरिरहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामै ठूला पोखरी बनाएर शिवराज नगरपालिका–११ हरहवाका फरहान र फुरकान अकवाल खाँले माछा पालेका छन् । रु दुई करोड ७० लाख लगानी गरेर फर्म सञ्चालन गरेकामा वर्षेनी ६० देखि ७० लाखमात्र आम्दानी गर्न सफल भएको चर्चा गर्दै फरहान अकवाल खाँले भने, “राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ  ।” उनको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ  ।
वाणगंगा नगरपालिका –६ चम्कीपुरका भरतबम कार्कीले पनि दुई वर्षदेखि माछापालन शुरु गरेका छन् । रु २५ लाखभन्दा बढी लगानी गरेर उनले साढे ९ लाख भुरा र ३० हजार माछा पालेको हो । पाँच वर्षअघि तीन बिगाहामा माछापालन थालेका शिवराज नगरपालिका–६ वसन्तपुरका लक्ष्मण भण्डारीले गतवर्ष थप चार बिघामा पोखरी खनेका थिए । राम्रो आम्दानी भएरै उनले अहिले माछापालनमा मात्र ७० लाखभन्दा बढी लगानी गरिसकेका छन् । धान गहुँभन्दा दुईसय प्रतिशत बढी आम्दानी हुने हुँदा केही वर्षयता कृषक यसतर्फ आकर्षित हुन थालेका हुन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन्...

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ...

वडा अध्यक्षले आफैंबाट सुरु गरे कुखुरापालन

खप्तड छान्ना गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले आफैँबाट कुखुरापालन सुरु गरेका...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै