logo

होटल रेष्टुरेन्टमा किन छापा मारिन्छ सर्वेन्द्र सा’व ?

रोशन कार्की
नेपाली समाजमा एउटा उखान छ, ‘नक्कली जोगीले बढी खरानी घस्छ’ नभन्दै हो रैछ । किनकि जिन्दगीको आधी जीवन जागिरमै बिताइसकेकाहरुले जब माथिल्लो पदमा बढुवा वा जिम्मेवारी दिँदा बढी नै हुँकार हुने गरेको छ देशमा । चाहे त्यो प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश, सुरक्षा निकायलगायत सरकारी निकायमा पद वा जिम्मेवारी पाउँदा यस्तो गर्छु उस्तो गर्छु भन्दै हुँकार गर्नेहरुको लाइन र सूची लामो छ ।
आज यहाँ लेख्न खोजेको चाहिँ सुरक्षा निकायभित्रको हुँकार । अहिले प्रहरीको मुख्यालयमा पनि नयाँ आईजीपीको नियुक्ति भएको छ । केही महिनाअघि काठमाडौं परिसरमा नयाँ प्रहरी प्रमुख सरुवा भएर आए । आईजीपीमा नियुक्ति हुनासाथ उनका आसेपासेले लेखे सर्वेन्द्र खनालसामु चुनौती छ । चुनौती कहाँ छैन ? आफ्नै घरमा त चुनौती हुन्छ भने यो ता देशमा शान्ति सुरक्षा प्रदान गर्ने गराउने निकायको प्रमुख भए । यहाँ खनालभन्दा पनि केही महिना अधि काठमाडौंको शान्ति सुुरक्षा दिन्छु दिलाउँछु भन्दै सपथ खाएर सरुवा भई आएका प्रमुखको बारेमा लेख्न लागेको छ । काठमाडौं प्रहरीका प्रमुख जब कुर्सीमा बसे र पहिलो निशाना होटल र गेष्टहाउस नै भयो । काठमाडौं प्रहरी परिसरमा सरुवा भएर आएका प्रमुख एसएसपी विश्वराज पोखरेलले पनि ६४ वटा होटल तथा गेष्टहाउसमा छापा हानी ५० जनालाई पक्राउ गरे । तर, उनीहरुलाई विभिन्न आरोपमा पक्राउ त गरियो । तर, के कारबाही भयो ? पक्राउ परेको होटल र रेष्टुरेन्टमा के भएर समाएको हो भन्ने चाहिँ गोप्य राखियो ।
साना होटल र गेष्टहाउसमा छापा हानेर खाना खाइरहेका र सुतिरहेका जोडीलाई पक्राउ गर्ने प्रहरीले ठूला र तारे होटलहरुमा युवतीसहित जानेहरुलाई पक्राउ गर्दैन । गेष्टहाउसमा जाने र स्टार होटलमा जाने मानिस नै हुन् । तर, प्रहरीले गेष्टहाउसमा जाने श्रीमान् श्रीमती नै भए पनि बुझ्दै नबुझी जघन्य अपराधीलाई झैं पक्राउ गर्दछ । तर, स्टार होटलमा जाने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गर्न किन सक्दैन ? ठूला होटलमा गएर यौनसम्पर्क गर्नु कानुन सम्मत छ र आईजीपी साव ?
साना होटल र गेष्टहाउसमा यौनसम्पर्क गर्नु अपराध हो ? यो प्रश्न होटल व्यवसाय गर्ने हरेकले गर्न थालेका छन् । सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ति प्रहरीले होटल रेष्टुरेन्टमा छापा हानेको घटनाले पुष्टि गरेको छ ।
नयाँ प्रहरी प्रमुखले आउनासाथ आर्थिक लाभ लिनकै लागि छापा हान्ने गरेको आरोप पनि रहेको छ । केही गेष्टहाउस र होटलमा छापा हानेर अरु सबै व्यवसायीहरु तर्साउने र असुली गर्ने यो काइदा नयाँ आउने सबै हाकिमले प्रयोग गर्दैआएका छन् ।
नयाँ आएका एसएसपी पोखरेल र गत साता अवकाश भएका महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द दुवैले आर्थिक स्रोत जुटाउनका लागि होटल र रेष्टुरेन्टमा छापा हानेको आरोप लागेको छ । निर्वतमान एआइजी चन्द २०७४ चैत २८ मा अवकाश भए । आइजीपी हुनका लागि शेरबहादुर देउवालाई ठूलो रकम बुझाएको आरोप लागेका एआइजी चन्द त्यो उठाउनका लागि जाँदाजाँदै होटल र गेष्टहाउसबाट घूस उठाउन तल्लीन भएर लागेको अरोप लाग्यो । १२ दिनमात्र जागिर अवधिमा एआइजी चन्दले सबैभन्दा बढी आपराधिक गतिविधि हुने नयाँबसपार्क, पुरानो बसपार्क र कलंकी क्षेत्रका होटलबाट आर्थिक सङ्कलन गरेको अरोप लागेको छ । यो होटल सञ्चालकहरुको आरोप हो ।
सत्य के हो त्यसको छानबिन प्रहरी विभागबाटै होला । सुन्धारा र कोटेश्वरका प्रहरी वृत्तका प्रमुखले एआइजी चन्दले भनेअनुसारको आर्थिक व्यवस्थापन नगरेपछि उनीहरुको क्षेत्रमा छापा हान्न निर्देशन दिएको भन्ने आरोप पनि लाग्यो । तर, नयाँबसपार्क प्रभागका इन्चार्ज प्रताप पौडेल, सिंहदरवार वृत्तका अपिल बोहरा र कलंकी प्रभागका उद्धव पोखरेल एआइजी चन्दकै निकट भएकाले ती स्थानमा छापा नहानिएको आरोप पनि छ । एआइजी चन्दले छापा हान्नका लागि नगर प्रहरीको टोली परिचालन गरेका थिए । होटल र रेष्टुरेन्टमा खाना खाइरहेका केटाकेटीलाई अपराधीलाई झैं पक्राउ गर्नु मानव अधिकारको हनन हो ।
विदेशबाट आएका साथीसँगै अध्ययन गरेकी महिलासँग होटल वा रेष्टुरेन्टमा बसेर खाजा खानु अपराध हो र ? साथी, आफन्तसँग बसेर होटलको एउटै टेवलमा बसेर खाजा खानु, खाना खानु पनि अपराध हो र ? साथीसँग होटलमा महिला पुरुष बसेरसँग लामो समयपछि भेटपछि टेबुलमा बसी कुराकानी गर्दैै खाजा खाना खाँदा ह्वारह्वार्ती प्रहरी आएर पक्राउ गरी लैजानु प्रहरी प्रशासनको कुन दफामा उल्लेख छ आईजीपी साब ? खाना खाइरहेका युवायुवतीलाई पक्राउ गरे के सन्देश दिन खोजिएको छ । हो अवैध क्रियाकलापमा संलग्नलाई पक्राउ गर्नु कानुनी कारबाही गर्नुपर्छ । तर, होटल या रेष्टुरेन्टमा बसेर खाना खाएकै भरमा महिला पुरुषसँगै टेबुलमा बसेकै भरमा पक्राउ गर्नु नेपालको कानुनको कुन दफामा उल्लेख छ ।
कुनै कुरा नसोधी पुरुष र महिलालाई अपराधीलाई झैं प्रहरीले पक्राउ गरी भ्यानमा कोचेर लगिन्छ आखिर के का लागि गरिन्छ त्यो कार्य ? प्रायः यस्ता दृश्य देखेपछि प्रहरी जनताको साथी भन्ने नाराले नै कुरीकुरी गरेको छैन र आइजीपी साब ? प्रहरीले पक्राउ गरेपछि कुनै कुरा सुन्दैनन् एकोहोरो कठालो समाए भ्यानमा कोचिन्छ र आरोप लगाइन्छ अवैध यौनसम्र्पक गर्दैगर्दा पक्राउ परेको ।
व्यक्तिगत गोपनीयताको हक सुरक्षित रहेको हाम्रो संविधान प्रहरी प्रमुखहरुले बेवास्ता गरिएको छ । नेपालको प्रहरीले होटल र रेष्टुरेन्टमा खान जाने ग्राहकलाई पनि यौन गतिविधि गर्न लागेको भन्दै पक्राउ गर्छ भन्ने यो एक उदाहरण हो ।
शान्तिसुरक्षा कायम गर्ने र अपराध नियन्त्रणभन्दा पनि पहिला होटल गेष्टहाउसमा गएका जोडीलाई पक्राउ गरी बहादुरी प्रदर्शन गर्ने कार्यमा प्रहरी लाग्दै आएको छ । पहिला होटल रेष्टुरेन्टमा खान वा बस्न गएका युवायुवतीहरुलाई पक्राउ गरी विगतकै परम्परालाई निरन्तरता विश्व पोखरेलले पनि दिएका छन् । ती होटल तथा रेष्टुरेन्टमा गएका जोडीलाई प्रहरीले अपराधी जसरी पक्राउ गर्नुलाई मानवअधिकारसँग पनि जोडेर हेर्ने गरिएको छ ।
काठमाडौं परिसरमा आउने नयाँ प्रमुखले सरुवा हुनासाथ होटल तथा गेष्टहाउसमा छापा हानेर तर्साउने र सेटिङ मिलाउने गरेका छन् । सेटिङ मिलेपछि ती होटल तथा गेष्टहाउसमा जेजे गर्दा पनि बेवास्ता गर्ने क्रम विगत लामो समयदेखि चल्दै आएको छ ।
आउनासाथ होटल रेष्टुरेन्टमा छापा हान्ने प्रहरी प्रमुख कार्यकालभरि फेरि कहिल्यै पनि त्यतातिर हेर्दैनन् । होटल तथा गेष्टहाउसमा आपराधिक गतिविधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले पत्रकार सम्मेलन गरेर बताए । तर, आपराधिक गतिविधि बढी हुने नयाँबसपार्क र कलंकीमा छापा हानिँदैन ।
यौन गतिविधि साना होटलमा मात्र होइन, ठूला होटलमा पनि हुन्छन ठूला तारे होटलमा प्रहरीले किन छापा हान्दैन । तर, प्रहरी भने क्रिमिनल एक्टिभिटी हुने ठाउँमा प्रहरी कारबाही हुँदा व्यक्तिगत गोपनीयताको कुरा भन्न मिल्दैन भन्दै धम्कीपूर्ण भाषामा उत्तर दिने गरेको छ ।
समाजलाई सव्य बनाउने भन्दै प्रहरी प्रमुखहरुको सरुवा बढुवा हुनासाथ किन होटल, रेष्टुरेन्ट र चिया पसलमा समेत छापा मारिन्छ । सँगै युवा युवती बसेर खाँदै गरेका र कुरा गरेको अवस्थामा यौनक्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरिन्छ । अपराधीझँै भ्यानमा कोचिन्छ , हातमा उस्तै परे हातकडी नै लगाएर लगिन्छ । अनि प्रहरी कार्यालय लगेर विभिन्न आरोप लगाउँदै दुःख दिइन्छ । पक्राउमा परेकाले कुनै कुरा भन्न नै दिइँदैन बोलेमा कुटिन्छ, लछारपछर गरिन्छ । केही दिन राखेर यातना दिएर छोड्ने गरेको छ ।
विभिन्न स्थानमा छापा मारेर दुःख दिने अनि व्यवसाय सञ्चालकसँग बार्गेनिङ गर्दै महिनाबरी असुली गर्ने लाइन मिलाउनकै लागि गरिएको हो छ छापा सर्वेन्द्र साव ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...

‘पहिचानको लडाइँ घातक हुन्छ’

पहिचान भनेको व्यक्ति समाज वा कुनै जात जातीय र वर्ग विशेषले आफू बसेको समाजमा आफ्नो मूल्य स्थापनाको लागि...

वातावरणीय प्रभावको मूल्याङ्कन र सामाजिक असर

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भनेको विकास आयोजनाहरुको बहुपक्षीय विश्लेषण गर्ने विधि हो । जसको मुख्य...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै