logo

विश्व बैंकलाई १३ अर्ब डलरको सहयोग गर्दै अमेरिका

वासिड.टन, वैशाख २
अमेरिकाले विश्व बैंकलाई पुँजीगत सुधारको लागि १३ अर्ब अमेरिकी डलरबराबरको सहयोग गर्ने भएको छ । विश्व बैंकसँगको सम्झौतामा आधारित रहेर अमेरिकाले यस किसिमको योजना अघि सारेको बताइएको छ । पछिल्लो समय विश्व बैंक आफ्नो पुनर्संरचनामा रहेको अवस्थामा अमेरिकाको तर्फबाट यस किसिमको योजना आएको हो ।
अहिले विश्व बैंकको ऋणको नियम परिवर्तन भइरहेको र चीनको हिस्सेदारी बढिरहेको अवस्थामा अमेरिकाले यस किसिमको निर्णय गरेको हो । स्रोतले दिएको जानकारीअनुसार अमेरिकाले आगामी साता हुन गइरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको स्प्रिङ बैठकमा आफ्नो यस किसिमको योजना सार्वजनिक गर्ने तयारी गरेको हो । यद्यपि यो सम्झौताको लागि अझै पनि बैंकका सेयरधनीहरुबाट स्वीकृति लिनु जरुरी रहेको छ ।
अहिले देखिएको समस्याहरुको सामाधानको लागि बैंकको पुँजीमा महत्वपूर्ण सुधार गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । जसको कारण पनि अमेरिका बैंकलाई सहयोग गर्दै आफ्नो हिस्सेदारी बढाउने योजनामा देखिएको हो । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बैंकसँगको सहकार्यमा विस्तार गर्दै बैंकको पुँजीमा उल्लेख्य सुधार गर्ने बताएका थिए । अघिल्लो वर्ष ट्रम्पले बहुपक्षीय विकास बैंकहरुको सम्झौतामा व्यापक कटौतीको योजना ल्याएका थिए । बैंकले पनि आफ्नो ऋण दिने योजनामा पनि परिवर्तन गरेको कारण आर्थिक हिसाबमा विश्व बैंक केही कमजोर रहेको देखिएको हो ।
पछिल्लो समय चीनजस्ता उच्च आम्दानी भएका मुलुकहरुको लागि ऋण दिने व्यवस्थामा बैंकले केही परिवर्तन गरेको हो । यस विषयमा आधिकारिक घोषणा भने गरिएको छैन । यद्यपि यस किसिमको योजनाले आगामी दिनमा उच्च आम्दानी भएका मुलुकहरुको लागि ऋण लिँदाको खर्च पनि बढी लाग्नसक्ने बताइएको छ । पछिल्लो समय बैंकमा चीनको हिस्सेदारी बढ्नुले पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको अवस्थालाई उजागर गरेको विश्लेषकहरुले बताएका छन् । यद्यपि विश्लेषकहरुले भने चीनको हिस्सेदारी विश्व बैंकमा बढ्नुमा अमेरिकाको करको नीति प्रमुख कारण रहेको भन्दै अमेरिकी सरकारको आलोचना गरेका छन् ।
यस किसिमको योजनासँगै विश्व बैंकमा चीनको हिस्सेदारी अहिले चार दशमलव ६८ प्रतिशत रहेकोमा आगामी दिनमा पाँच दशमलव ७ प्रतिशतमा पुग्नसक्ने पाइएको छ । बैंकमा चीनको हिस्सा केही विस्तार भए पनि चीन अझै पनि हिस्सेदारीको हिसाबमा अमेरिका र जापानपछि तेस्रो स्थानमा रहनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै