logo

आफ्नो उत्पादन र रोजगारीमा कटौती गर्दै जागुअर ल्याण्ड

लण्डन, वैशाख २
बेलायतको सबैभन्दा ठुलो कार निर्माता कम्पनी जागुअर ल्याण्ड कम्पनीले आफ्नो एक हजार रोजगारी तथा उत्पादनमा कटौती गर्ने भएको छ । पछिल्लो समय आफ्नो व्यापारमा आइरहेको गिरावटको अवस्थामा जागुअर ल्याण्डले यस किसिमको योजना ल्याएको हो । साथै बेलायत युरोपियन युनियन (ईयू)बाट बाहिरिने क्रममा रहेको र डिजेलको नीतिको विषयमा देखिएको अनिश्चितताको कारण जगुअर ल्याण्डले यस किसिमको योजना अघि सारेको हो ।
ईयूबाट बाहिरिने क्रममा रहेको बेलायत विभिन्न किसिमका समस्याहरुमा अल्झिरहेको कारण यस विषयमा अनिश्चितता देखिएको हो । यस किसिमको अनिश्चितताको कारण बेलायतको समग्र व्यावसायिक क्षेत्र पनि समस्यामा रहेको देखिएका छन् । यसबाट पार पाउनका लागि जागुअर ल्याण्डले पनि आफ्ना एक हजार एजेन्सी कर्मचारीहरुको रोजगारी कटौती गर्ने भएको हो । यस विषयसँग नजिक रहेको एक स्रोतले दिएको जानकारीअनुसार अहिले कम्पनी आफ्नो नयाँ उत्पादनको योजना बनाउने दिशामा अघि बढिरहेको छ । कारको व्यापारमा पछिल्लो समय आइरहेको केही गिरावटको कारण पनि कम्पनीले आफ्नो उत्पादनमा नयाँ किसिमको योजना ल्याउने निर्णय गरेको हो ।
पछिल्लो समय कम्पनीको कारको उत्पादन पनि निकै महत्वपूर्ण अवस्थामा रहेको र त्यसलाई सन्तुलनमा राख्नका लागि कम्पनीले आफ्नो उत्पादन तथा एजेन्सी कर्मचारीहरुको रोजगारीमा सम्झौता गर्नुपर्ने अवस्था आएको कम्पनीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । यस विषयमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई पनि जानकारी दिइने बताएको छ । गएको जनवरी महिनामा नै कम्पनीले आफ्नो उत्पादनमा अस्थायीरुपमा केही कटौती गरिने बताएको थियो । पछिल्लो समय बेलायत ईयूबाट बाहिरिने क्रममा रहेको र करमा पनि वृद्धि भइरहेको कारण आफ्नो उत्पादनमा कटौती हुनसक्ने बेलायतले बताएको थियो । यद्यपि उसले आफ्नो रोजगारीमा कटौतीको योजनाको विषयमा भने कुनै जानकारी दिएको थिएन ।
यस वर्षको अहिलेसम्मको विवरणमा कम्पनीको व्यापारमा २६ प्रतिशतको गिरावट आइसकेको छ । उसको मागमा पनि २० प्रतिशतको कमी आइसकेको छ । पछिल्लो समय मानिसहरुको आकर्षण नवीकरणीय ऊर्जाका सवारीहरुमा रहेको कारण डिजेलका सवारीहरुमा मानिसहरुको आकर्षण कमजोर बन्न पुगेको हो । पछिल्लो समय व्यापारिक हिसाबमा देखिएको कमजोर नतिजा कम्पनीको लागि चिन्ताको विषय रहेको अधिकारीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै